प्रदेश ३ मा राजधानी अध्ययन समितिको म्याद थपियो
१५ असार, हेटौंडा । प्रदेश राजधानी अध्ययनका लागि प्रदेशसभा ३ ले गठन गरेको सम्भाव्यता अध्ययन समितिको म्याद थप भएको छ ।
शुक्रबार बसेको प्रदेशसभा बैठकले एक महिनाको समसीमा तोकेर अध्ययन थालेको समितिको अध्ययन समय र प्रतिवेदनका लागि १५ दिन म्याद थपेको हो ।
प्रदेशका १० जिल्लामा राजधानीमाग गरिएपछि अध्ययन समितिले सम्भाव्यता अध्ययन गरेको थियो । राजधानी माग गर्दै प्रदेशसभामा निवेदन दर्ता गरेका काभ्रे, भक्तपुर, नुवाकोट, चितवन, ललितपुर, रसुवा, सिन्धुपाल्चोक, रामेछापको अध्ययन सकिसेकेको समितिले अहिले अस्थायी राजधानी रहेको मकवानपुरको अध्ययन गरिरहेको छ । मकवानपुरको अध्ययन सकेर प्रतिवेदन बुझाउनका लागि थप समय आवश्य भएको समितिका सभापति दीपक निरौंलाले बताए ।
समितिले अध्ययनपूर्व प्रदेशका सबै जिल्ला समन्वय समितिमार्फत सम्भावनाको आधार माग गरेर १ सय २१ बुँदाका प्रश्नावली पठाइएको थियो ।
प्रश्नावलीको उत्तर पठाएका जिल्लामा समितिले अध्ययन थालेको हो ।
अध्ययन टोलीले सम्भावना रहेका जिल्लामा रहेका भौतिक पूर्वाधारको अवस्था, खाली रहेका जमिन, तत्काल राजधानी सञ्चालनका लागि तयार हुन सक्ने भौतिक संरचना, सुरक्षा, राजनीतिक प्रभाव, भौगोलिक अवस्थाको बारेमा अध्ययन गरेको सभापति निरौलाले जानकारी दिए ।
‘हामीले सबै कुराको मुल्याङकन गर्दै सम्भाव्यता अध्ययन गरेको छौं अब अहिले राजधानी रहेको जिल्ला मकवानपुरको अध्ययन पश्चात प्रतिवेदन बुझाउछौं’ उनले भने ।
अध्ययन समिति सदस्यमा सरस्वती बस्नेत, छिरङ दोर्जे लामा, जगतबहादुर सिंखडा, प्रभात तामाङ, विराजभक्त श्रेष्ठ, डा. रामकुमार अधिकारी, रिता माझी, रिना गुरुङ, बसन्त मानन्धर, विजय सुवेदी, बिशाल खड्का, सुरेन्द्रराज गोसाई रहेका छन् ।
शुक्रबार बसेको प्रदेशसभा बैठकले आर्थिक मामिला मन्त्री कैलाश ढुङगेलले संसदमा पेश गरेको ‘प्रदेश वित्तीय हस्तान्तरण व्यवस्थापन विधेयक’ पास गरेको छ ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












