प्रदेश ३ मा राजधानी अध्ययन समितिको म्याद थपियो
१५ असार, हेटौंडा । प्रदेश राजधानी अध्ययनका लागि प्रदेशसभा ३ ले गठन गरेको सम्भाव्यता अध्ययन समितिको म्याद थप भएको छ ।
शुक्रबार बसेको प्रदेशसभा बैठकले एक महिनाको समसीमा तोकेर अध्ययन थालेको समितिको अध्ययन समय र प्रतिवेदनका लागि १५ दिन म्याद थपेको हो ।
प्रदेशका १० जिल्लामा राजधानीमाग गरिएपछि अध्ययन समितिले सम्भाव्यता अध्ययन गरेको थियो । राजधानी माग गर्दै प्रदेशसभामा निवेदन दर्ता गरेका काभ्रे, भक्तपुर, नुवाकोट, चितवन, ललितपुर, रसुवा, सिन्धुपाल्चोक, रामेछापको अध्ययन सकिसेकेको समितिले अहिले अस्थायी राजधानी रहेको मकवानपुरको अध्ययन गरिरहेको छ । मकवानपुरको अध्ययन सकेर प्रतिवेदन बुझाउनका लागि थप समय आवश्य भएको समितिका सभापति दीपक निरौंलाले बताए ।
समितिले अध्ययनपूर्व प्रदेशका सबै जिल्ला समन्वय समितिमार्फत सम्भावनाको आधार माग गरेर १ सय २१ बुँदाका प्रश्नावली पठाइएको थियो ।
प्रश्नावलीको उत्तर पठाएका जिल्लामा समितिले अध्ययन थालेको हो ।
अध्ययन टोलीले सम्भावना रहेका जिल्लामा रहेका भौतिक पूर्वाधारको अवस्था, खाली रहेका जमिन, तत्काल राजधानी सञ्चालनका लागि तयार हुन सक्ने भौतिक संरचना, सुरक्षा, राजनीतिक प्रभाव, भौगोलिक अवस्थाको बारेमा अध्ययन गरेको सभापति निरौलाले जानकारी दिए ।
‘हामीले सबै कुराको मुल्याङकन गर्दै सम्भाव्यता अध्ययन गरेको छौं अब अहिले राजधानी रहेको जिल्ला मकवानपुरको अध्ययन पश्चात प्रतिवेदन बुझाउछौं’ उनले भने ।
अध्ययन समिति सदस्यमा सरस्वती बस्नेत, छिरङ दोर्जे लामा, जगतबहादुर सिंखडा, प्रभात तामाङ, विराजभक्त श्रेष्ठ, डा. रामकुमार अधिकारी, रिता माझी, रिना गुरुङ, बसन्त मानन्धर, विजय सुवेदी, बिशाल खड्का, सुरेन्द्रराज गोसाई रहेका छन् ।
शुक्रबार बसेको प्रदेशसभा बैठकले आर्थिक मामिला मन्त्री कैलाश ढुङगेलले संसदमा पेश गरेको ‘प्रदेश वित्तीय हस्तान्तरण व्यवस्थापन विधेयक’ पास गरेको छ ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












