नेपाल ल क्याम्पसमा सबै विद्यार्थीले पढ्न पाउने
काठमाडाैं १६, असार । नेपाल ल क्याम्पसमा तीन वर्षे एलएलबी कानुन बिषयको पढाई सवैका लागि खुल्ला गरिएको छ ।
यसअघि ल क्याम्पसमा कोटा निर्धारण गरेर ८ सय जना बिद्यार्थी भर्ना गर्न भन्दै प्रशासनले प्रवेश परिक्षा लिइएको थियो । तर, ८ सय जनाका लागि क्याम्पसले लिएको प्रवेश परीक्षामा ४ हजार ८ सय विद्यार्थीहरु सहभागी भएका थिए ।
तर संयुक्त विद्यार्थी संगठनको दबावमा कोटा निर्धारण नगर्ने र प्रक्रिया पुर्याएर सबै विद्यार्थीहरुलाई भर्ना लिन क्याम्पस प्रशासन सहमत भएको छ । एलएसबी पढ्न इच्छुक विद्यार्थीहरु २१ गतेदेखि भर्ना हुन सक्ने छन् ।
अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले भने, ‘कानुनको अध्ययन गर्न पाउने हक सबैलाई छ । संघीयता कार्यान्वयन भएपछि कानुन अध्ययन गरेको जनशक्ति झन् धेरै आवश्यक छ । त्यसैले कोटा तोकिनु गलत छ भनेर हामीले विरोध गर्दै आएका थियौं । अब कलेज पनि पढ्न इच्छुक सबैलाई भर्ना लिन सहमत भएको छ ।’
कुनै पनि विषयमा स्नातक उत्तिर्ण विद्यार्थीहरुले एलएलबी स्नातक तह अध्ययन गर्न पाउँछन् । एलएलबी अध्ययनका लागि प्रमुख आकर्षणको कलेज त्रिभुवन विश्विद्यालयको नेपाल ल क्याम्पस हो । यस कलेजले सीमित संख्यामा मात्र विद्यार्थी भर्ना लिने निर्णय गर्दा बाँकी विद्यार्थीहरुलाई निजी कलेजमा महंगो शुल्क बुझाएर भर्ना हुनुपर्ने बाध्यता थियो ।
‘विगतमा डिन कार्यालयसँग पनि हाम्रो सिट सीमित नगर्ने सहमति भएको थियो । अहिले ल क्याम्पसमा तीन वर्षे एलएलबीको सवालमा पनि कोटा नतोक्ने सहमति भएको छ । यसलाई संयुक्त विद्यार्थी आन्दोलनको थप उपलब्धिको रुपमा लिएका छौं,’ तामाङले भने ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












