मेक्सिकोमा छ महिनामा आठ पत्रकारको हत्या
मेक्सिको सिटि, १७ असार । मेक्सिकोमा यसवर्ष कम्तीमा पनि आठजना पत्रकारको हत्या भएको छ । यसरी हत्या भएका आठौँ पत्रकारमा जोसे गुडालुपे चान पर्नुभएको मेक्सिकोबाट प्राप्त समाचाराम जनाइएको छ ।
मेक्सिकोको पूर्वी प्रदेश क्विन्टानारुमा रहेको एक रेष्टुरेन्टमा ती पत्रकारको हत्या भएको स्थानीय अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।
प्रदेशको अभियोक्ताको कार्यालयले दिएको जानकारी अनुसार चानलाई शुक्रबार बेलुकी रेष्टुरेन्टमा खाना खाइरहेका बेला अज्ञात व्यक्तिले पटक पटक गोली प्रहार गरेको जनाइएको छ ।
कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा फेलिप कारिल्लो पुएर्टोमा रहेको एउटा रेष्टुरेन्टमा उनीमाथि गोली प्रहार भएको उल्लेख गरिएको छ ।
घटनाका बारेमा अनुसन्धान सुरु शुरु भएको र उनको हत्याको बारेमा यथार्थ भने पत्ता नलागेको पनि सरकारी अधिकारीहरुले बताएका छन् ।
हत्या गरिएका चान एक स्थानीय अनलाइन पोर्टलमा कार्यरत थिए । प्रदेशका सरकारी अधिकारीहरुले उहाँको हत्यागर्ने अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याइछाड्ने दावी गरेका छन् ।
स्थानीय केही प्रत्यक्षदर्शीहरुले दिएको जानकारीअनुसार केही शंकास्पद व्यक्तिहरु रेष्टुरेन्टभित्र पसेर ती पत्रकारमाथि गोली प्रहार गरेका थिए ।
मानवअधिकार रक्षक र पत्रकारहरुको एक केन्द्रीय संयन्त्रले सन् २००१ देखि अहिलेसम्म मेक्सिकोमा १३९ जना पत्रकारको हत्या भएको छ । तीमध्ये अधिकांश पछिल्लो दशकमा मारिएका हुन् ।
मेक्सिको विश्वमै पत्रकारहरुका लागि अत्यन्त खतरा र जोखिम रहेको देशमा पर्दछ । घटना भएको थाहा पाएपछि शनिबार बिहान पत्रकारले विरोध प्रदर्शन गरेका थिए ।
उनीहरुले पत्रकार चानको हत्यामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन् । उनीहरुले प्रदर्शन गरेको व्यानरमा लेखिएको छ, “पत्रकारलाई मार्दैमा सत्य डग्दैन ।”
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












