शून्य समय : डा गोविन्द केसीको अनशन
काठमाडौँ, १८ असार । प्रतिनिसभाका सदस्यहरुले डा गोविन्द केसीको अनशन, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा विद्युत्को अनियमित आपूर्ति, विदेशीलाई नागरिकता प्रदानलगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिँदै सांसद तेजुलाल चौधरीले सप्तरीमा विदेशीलाई नेपाली नागरिकताको प्रमाणपत्र दिएको चर्चा गर्दै नागरिकता दिलाउन सिफारिस गर्ने, लिने र दिने व्यक्तिलाई कारवाही गर्न माग गरे।
सांसद दिलेन्द्रप्रसाद बडू र पुष्पा भुसालले अघिल्लो सरकारले अघि बढाएको चिकित्सा शिक्षासम्बन्धी विधेयक नै प्रस्तुत गरेर डा गोविन्द केसीको अनशन तत्काल अन्त्य गर्ने वातावरण बनाउन सुझाव दिए ।
सांसद दिव्यराज भण्डारीले स्थानीयवासीलाई वितरण गर्ने भनिएको माथिल्लो तामाकोशीको शेयर आवेदनको समय एक महिना बढाउन माग गरे । शेयर यही असार २४ देखि साउन ९ गतेसम्मका लागि खुल्ला गरिएकामा वर्षायाममा किसान खेतीपातीमा व्यस्त हुने भएकाले आवेदनको समयावधि बढाउनुपर्ने उनको सुझाव थियो ।
सांसद धु्रवकुमार शाहीले सुर्खेत जिल्लामा वर्षौंदेखि बसोबास गर्दै आएका जनताले जग्गाको लालपूर्जा नपाएर झन्झट व्यहोर्नुपरेकाले तत्काल समस्या समाधान गर्न माग गरे ।
सांसद देवप्रसाद गुरुङले पीडित जनताको भावनाअनुरुप पुनःनिर्माणको काममा राष्ट्रिय भूकम्प पुनःनिर्माण प्राधिकरणले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
सांसद नमिताकुमारी चौधरीले सप्तरी जिल्ला गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा विद्युत्को नियमित आपूर्तिको व्यवस्था मिलाउन माग गरे ।
सांसद निरु पालले २०३० मा प्रयोगमा ल्याइएको महेन्द्रनगरस्थित विमानस्थलको अवस्था निकै नाजुक भएकाले त्यसलाई तत्कालै सुधार गरियोस् भने ।
सांसद पवित्रा निरौलाले झापा र इलाम जोड्ने सडक तत्काल पुनःनिर्माण गर्न माग गरे । सांसद प्रकाश रसाइलीले मुलुकमा व्याप्त भ्रष्टाचार न्यूनीकरणका लागि अनुगमन गर्न संसद् मातहत शक्तिशाली समिति गठन गर्नुपर्ने आवश्यकता औल्याए ।
सांसद प्रेम सुवालले सरकारले पछिल्लो समय आन्दोलन र प्रदर्शनलाई रोक्न कतिपय स्थानमा निषेधित क्षेत्र घोषणा गरेकामा असहमति जनाउँदै प्रतिपक्षले गर्ने विरोधका कार्यक्रमले सत्तापक्ष सच्चिने र लोकतन्त्रको अभ्यासका लागि सहज वातावरण सिर्जना गर्ने भएकाले त्यससम्बन्धी निर्णय फिर्ता लिनुपर्नेमा जोड दिए ।
सांसद पूर्णाकुमारी सुवेदी र पार्वतीकुमारी विशंखेले आमाको नामबाट सन्तानले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने व्यवस्था भए पनि कतिपय स्थानमा त्यसको अभ्यासलाई जटिल बनाइएकले सहज बनाउन निर्देशन दिन माग गरे ।
सांसद प्रमिला राई प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रचारप्रसारका क्रममा विस्फोटनमा परेर घाइते भएका नारायण कार्कीको स्वास्थ्य अवस्थाबारे सदनलाई जानकारी गराउँदै त्यस्ता घटनामा परेका घाइतेको निःशुल्क उपचार र क्षति भएको सवारी साधनको पूर्तिको व्यवस्था गर्न सुझाव दिए ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












