शून्य समय : डा गोविन्द केसीको अनशन
काठमाडौँ, १८ असार । प्रतिनिसभाका सदस्यहरुले डा गोविन्द केसीको अनशन, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा विद्युत्को अनियमित आपूर्ति, विदेशीलाई नागरिकता प्रदानलगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिँदै सांसद तेजुलाल चौधरीले सप्तरीमा विदेशीलाई नेपाली नागरिकताको प्रमाणपत्र दिएको चर्चा गर्दै नागरिकता दिलाउन सिफारिस गर्ने, लिने र दिने व्यक्तिलाई कारवाही गर्न माग गरे।
सांसद दिलेन्द्रप्रसाद बडू र पुष्पा भुसालले अघिल्लो सरकारले अघि बढाएको चिकित्सा शिक्षासम्बन्धी विधेयक नै प्रस्तुत गरेर डा गोविन्द केसीको अनशन तत्काल अन्त्य गर्ने वातावरण बनाउन सुझाव दिए ।
सांसद दिव्यराज भण्डारीले स्थानीयवासीलाई वितरण गर्ने भनिएको माथिल्लो तामाकोशीको शेयर आवेदनको समय एक महिना बढाउन माग गरे । शेयर यही असार २४ देखि साउन ९ गतेसम्मका लागि खुल्ला गरिएकामा वर्षायाममा किसान खेतीपातीमा व्यस्त हुने भएकाले आवेदनको समयावधि बढाउनुपर्ने उनको सुझाव थियो ।
सांसद धु्रवकुमार शाहीले सुर्खेत जिल्लामा वर्षौंदेखि बसोबास गर्दै आएका जनताले जग्गाको लालपूर्जा नपाएर झन्झट व्यहोर्नुपरेकाले तत्काल समस्या समाधान गर्न माग गरे ।
सांसद देवप्रसाद गुरुङले पीडित जनताको भावनाअनुरुप पुनःनिर्माणको काममा राष्ट्रिय भूकम्प पुनःनिर्माण प्राधिकरणले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
सांसद नमिताकुमारी चौधरीले सप्तरी जिल्ला गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा विद्युत्को नियमित आपूर्तिको व्यवस्था मिलाउन माग गरे ।
सांसद निरु पालले २०३० मा प्रयोगमा ल्याइएको महेन्द्रनगरस्थित विमानस्थलको अवस्था निकै नाजुक भएकाले त्यसलाई तत्कालै सुधार गरियोस् भने ।
सांसद पवित्रा निरौलाले झापा र इलाम जोड्ने सडक तत्काल पुनःनिर्माण गर्न माग गरे । सांसद प्रकाश रसाइलीले मुलुकमा व्याप्त भ्रष्टाचार न्यूनीकरणका लागि अनुगमन गर्न संसद् मातहत शक्तिशाली समिति गठन गर्नुपर्ने आवश्यकता औल्याए ।
सांसद प्रेम सुवालले सरकारले पछिल्लो समय आन्दोलन र प्रदर्शनलाई रोक्न कतिपय स्थानमा निषेधित क्षेत्र घोषणा गरेकामा असहमति जनाउँदै प्रतिपक्षले गर्ने विरोधका कार्यक्रमले सत्तापक्ष सच्चिने र लोकतन्त्रको अभ्यासका लागि सहज वातावरण सिर्जना गर्ने भएकाले त्यससम्बन्धी निर्णय फिर्ता लिनुपर्नेमा जोड दिए ।
सांसद पूर्णाकुमारी सुवेदी र पार्वतीकुमारी विशंखेले आमाको नामबाट सन्तानले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने व्यवस्था भए पनि कतिपय स्थानमा त्यसको अभ्यासलाई जटिल बनाइएकले सहज बनाउन निर्देशन दिन माग गरे ।
सांसद प्रमिला राई प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रचारप्रसारका क्रममा विस्फोटनमा परेर घाइते भएका नारायण कार्कीको स्वास्थ्य अवस्थाबारे सदनलाई जानकारी गराउँदै त्यस्ता घटनामा परेका घाइतेको निःशुल्क उपचार र क्षति भएको सवारी साधनको पूर्तिको व्यवस्था गर्न सुझाव दिए ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












