मानसरोबरमा १६ सय भारतीय नागरिकअलपत्र, उद्वार गरिदिन स्वराजद्वारा अपिल
काठमाडौं । कैलाश मानसरोबर यात्रामा गएका झण्डै १६ सय भारतीय तीर्थयात्री अलपत्र परेका छन् । अविरल वर्षाका कारण सडक अवरुद्ध हुँदा करिव ५०० तिब्बती क्षेत्रमा र बाँकी सिमिकोट तथा हिल्सामा रोकिएका हुन् ।
काठमाडौंस्थित भारतीय दूतावासका अनुसार ५२५ तीर्थयात्री सिमिकोट र ५५० हिल्सामा रोकिएका छन् ।
यस्तै, भारतीय विदेश मन्त्री सुष्मा स्वराजले वर्षाका कारण अलपत्र परेका भारतीय तीर्थयात्रीलाई उद्धारका लागि नेपाली सेनालाई हेलिकप्टरबाट उद्धार गर्न आग्रह गरेकी छिन् ।
We have requested Government of Nepal for army helicopters to evacuate stranded Indian nationals. /4 #IndiansStrandedInNepal
— Sushma Swaraj (@SushmaSwaraj) July 3, 2018
सिमिकोटमा स्वास्थ्य जाँचको व्यवस्था समेत गरिएको छ । त्यसका साथै हिल्साका प्रहरी अधिकारीलाई समेत सहयोगका लागि उनले आग्रह गरेकी छिन् ।
साथै ती तीर्थयात्रीहरुको बारेमा जानकारी दिनका लागि तामिल, तलेगु, कनाडा, मलयालम भाषामा हटलाइनको समेत व्यवस्था गरिएको छ । मन्त्री स्वराजले ती हटलाइनका लागि ८ वटा नेपाली नम्बर पनि सावर्जनिक गरेकी छिन् ।
उनले आफ्ना नागरिकलाई उद्वार तथा समस्याको बारेमा जानकारी गराउन व्यवस्था गरिएका हटलाईन नम्बरहरु:
Pl RT
Pranav Ganesh First Secy +977-9851107006
Tashi Khampa +977-98511550077
Tarun Raheja +977 9851107021
Rajesh Jha +977 9818832398
Yogananda +977 9823672371 (Kannada)
Pindi Naresh +977 9808082292 (Telugu)
R Murugan +977 98085006 (Tamil)
Ranjith +977 9808500644 (Malayalam)— Sushma Swaraj (@SushmaSwaraj) July 3, 2018
भारी वर्षाका कारण अहिले नेपालगञ्जबाट जुम्ला, हुम्ला, डोल्पा र मुगुका लागि उडान हुन नसकेका कारण तिर्थयात्रीहरु होटेलमा अलपत्र परेका हुन् ।
हुम्लाका लागि उडान नहुँदा ५०० भन्दा बढी भारतीय तीर्थयात्री यहाँका विभिन्न होटलमा अलपत्र परेका छन् ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












