चिनियाँहरु नेपालमा लगानी गर्न उत्सुक छन्: ज्योत्सना श्रेष्ठ कार्यकारिणी सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ
श्रेष्ठ उद्योग बाणिज्य महासंघको विगत दुई कार्यकाल देखि कार्यकारिणी सदस्य रहदै आउनु भएको छ । हाल उहाँ महासंघको पर्यटन तथा ट्रान्सपोटेशन समितिको सभापति हुनुहुन्छ । जेम्स एण्ड ज्वेलर्स एसोसियसनको अध्यक्ष, नेपाल ट्रेड वल्डको सदस्य, सर्वोच्च अदालत मेलमिलाप आयोगको सदस्य, सार्क चेम्बरको कार्यकारिणी सदस्य, नेपाल-चाइना ननगभरमेन्ट कर्पोरेसन फोरमको सदस्य, विभिन्न देशको चेम्बर अफ कमर्शको सदस्य, महासंघको उधम समिति, महिला समितिमा सदस्य रहिसक्नु भएकी श्रेष्ठ जेम्स एण्ड ज्वेलर्स एसोसियसनमा लामो समय देखि नेतृत्वमा रहनुभएको थियो । विगत २५ वर्षदेखि सुनचाँदी, हिरा, ज्वाहरत व्यवसाय गर्दै आउनुभएकी श्रेष्ठ हालै प्रधानमन्त्रिको चीन भ्रमणमा नेपाल उद्योग बाणिज्य महासंघका तर्फबाट प्रतिनिधि मण्डलमा सहभागी हुनुभएको थियो ।
प्रधानमन्त्री केपी शर्मा आेलीको पहिले प्रधानमन्त्रीत्वकालका बेला दुई वर्ष अगाडी पनि उहाँ प्रधानमन्त्रीको भारत र चीन भ्रमण टोलीमा सहभागी भइ नेपाल-भारत र चीन व्यापार विस्तार र सहजीकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो ।
अहिले पनि प्रधानमन्त्री आेलीको चीन भ्रमणमा सहभागी भएर चिनियाँ निजी क्षेत्रबाट नेपालमा ९ सय मेगावाटका ६-७ वटा जलविद्युत आयोजना र अन्य उद्योगमा चिनियाँ निजी क्षेत्रको लगानी ल्याउने गरि सम्झाैता गर्न सफल हुनु भएको छ ।
कृषि, जलविद्युत, पर्यटन, पूर्वाधार क्षेत्र लगायत ट्रेडिङ व्यापारमा तत्काल लगानी गर्न उत्सुक देखिएका छन् । यो उत्सुकताले नेपाल र चीन लगानी गर्न उत्सुक देखिएका छन् । यो उत्सुकताले नेपाल र चीन दुवै देशका लागि फाइदा पु¥याउँछ भन्ने हाम्रो विश्वास छ ।
उहाँको न्युरोड र दरवारमार्गमा दुईवटा मेरिगोल्ड ज्वेलर्स रहेका छन् । श्रेष्ठ ति दुईवटै मेरिगोल्ड ज्वेलर्सको प्रबन्ध निर्देशक रहदै आउनु भएको छ । मेरिगोल्ड ज्वेलर्स नेपालको सबैभन्दा ठूलो, गुणस्तरिय प्रतिष्ठित र लोकप्रिय सुनचाँदी पसल मानिन्छ । मेरिगोल्ड ज्वेलर्समा नेपाली मोडेलका साथै विदेशी मोडलेलका गरगहनाहरु पाइन्छन्। नेपाली मोडेलका गरगहना भारत, चीन, श्रीलंका, पाकिस्तान, यूरोप, अमेरिका, अष्ट्रेलिया, जापान जस्ता देशहरुमा निकासी गर्ने ठूलो संभावना रहेको श्रेष्ठ बताउनुहुन्छ ।
प्रधानमन्त्री आेलीसँग चीन भ्रमणमा गएर फर्किनुभएकी महासंघकी सदस्य श्रेष्ठसँग न्युज-नेपालका सम्पादक सजिव कालाखेतीले गर्नुभएको छोटो कुराकानी:
तपाई प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण टोलीमा उद्योग व्यवसाय क्षेत्रको प्रतिनिधित्व गर्दै जानु भएको थियो । प्रधानमन्त्री ओलीको चीन भ्रमणको उपलब्धी कस्तो रह्यो ?
प्रधानमन्त्री केपी शर्माको चीन भ्रमण निकै सार्थक एंव उपलब्धि मूलक रह्यो । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य भएको नाताले उद्योग व्यवसाय श्रेत्रका प्रतिनिधिका रुपमा म सहभागी थिएँ । तुरुन्तै प्रतिफल देख्न नसकिने भएपनि यो भ्रमणले दूरगामी रुपमा अत्यन्त सकारात्मक परिणाम ल्याउने कुरामा हामी बिश्वस्त छौँ । दुई देश बीचको लामो सम्बन्धलाई यस भ्रमणले अझ प्रगाढ बनाएको छ । द्विपक्षीय हित र नेपालको विकासका लागि चीनले पहिले भन्दा बढी सहयोग गर्ने भएको छ । स्वभाविक रुपमा यो उद्योग व्यवसाय क्षेत्रका लागि पनि उपलब्धिमूलक नै रहेको मान्नुपर्छ ।
निजी क्षेत्रबाट पनि लगानी ल्याउने सम्झौतामा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले हस्ताक्षर गर्नु भएको थियो । के कस्ता क्षेत्रमा चिनियाँ लगानी भित्रिदै छ?
हो, नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले निजी क्षेत्रबाट लगानी ल्याउने सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । चिनिया उद्यमीहरु नेपालमा सबैजसो क्षेत्रमा लगानी गर्न इच्छुक रहेका छन्। मूलतः कृषि, जलविद्युत, पर्यटन, पूर्वाधार क्षेत्र लगायत टे«डिंग व्यापारमा तत्काल लगानी गर्न उत्सुक देखिएका छन् । यो उत्सुकताले नेपाल र चीन लगानी गर्न उत्सुक देखिएका छन् । यो उत्सुकताले नेपाल र चीन दुवै देशका लागि फाइदा पु¥याउँछ भन्ने हाम्रो विश्वास छ ।
चिनियाँ उद्योग व्यवसायीहरुको नेपालमा लगानी गर्ने धारणा कस्तो पाउनु भयो । उनीहरु नेपालमा कुन क्षेत्रमा लगानी गर्न इच्छुक भएको पाउनु भयो ?
चिनियाँ उद्यमीहरु अर्थात लगानीकर्ताहरु नेपालमा सबै क्षेत्रमा लगानी गर्नुपर्छ भन्ने धारणा राख्छन् तर लगानीको प्रतिफल प्राप्तिमा उनीहरु ग्यारेण्टी खोजिरहेका छन् । यो ग्यारेण्टी राज्यले नै गर्न सक्छ । लगानीकर्ताहरुबाट उचित प्रतिफल र त्यसको प्रत्याभूतिलाई दुनियाँमा जहाँसुकै पनि अत्यन्त स्वभाविक रुपमा हेर्नुपर्छ । प्रतिफलको ग्यारेण्टी हुनासाथ निर्धक्क र तुरुन्त लगानी गर्न इच्छुक रहेको धारणा उनीहरुको छ ।
नेपालबाट चीनमा के कस्ता वस्तुहरुको निर्यातका सम्भावनाहरु देख्नु भयो ?
हुनत चीन उत्पादनका दृष्टिले चौतर्फी उन्नति गरिरहेको राष्ट्र हो तथापि नेपालबाट चीनमा निर्यात गर्न सकिने वस्तुहरुमा नेपालको संस्कृति झल्कने हस्तकलाका सामानहरु, थाङ्का, गलैँचा, जडिबुटी, पश्मिना, खाद्यान्न आदि हुन् । यसतर्फ उद्योगी व्यवसायीहरुको ध्यान आकर्षित भएको छ ।
नेपालबाट हस्तकला, गलैँचा, सुनचाँदीका गरगहना तथा क्युरियोका सामाग्रीहरुको निर्यातको सम्भावना कस्तो रहेको छ ?
हामीले अघिल्लो जिज्ञासामा नै छलफल ग¥यौँ कि नेपालबाट सबै सामाग्रीहरु निर्यात हुने वा बढ्ने प्रबल संभावना छ । सुनचाँदीका गहना, नेपाली जेम्स स्टोन, क्युरियोका सामानहरु पनि पर्याप्त निर्यात हुन सक्छन् । यस सन्दर्भमा हालै चीनले गरेको एउटा निर्णय स्मरण गराउन चाहन्छु कि ज्वेलरीलाई दैनिक उपयोग हुने बस्तु भएकोले त्यसमा लाग्ने कर आदिलाई घटाएर सर्वसुलभ बनाएको छ । समयको माग र बदलिदो परिस्थिति अनुसार दैनिक उपभोगका वस्तुहरुको करलाई सर्वसुलभ र कम गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता छ । चीनले कतिपय ज्वेलरीलाई विलासिताको सामानबाट दैनिक उपभोगका सामानमा वर्गिकरण गरेको छ ।
नेपालमा चीनले केरुङ नाका मार्फत रेल्वे लाइन ल्याई काठमाडौं जोड्ने सम्भावना कतिको छ ?
यो भन्दा पहिलाको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाँदा नै यसको सम्झौता भएको हो । विविध कारणवश कार्यान्वयनमा आउन सकेको थिएन । यो भ्रमणले कार्यान्वयनको प्रारम्भ भएको छ । अबिलम्ब सर्भे गर्ने कुरा छ । अलिक समय लाग्ने भएतापनि यसको संभावना छ ।
सरकारले ल्याएको बजेट प्रति सुनचादिँ व्यवसायीहरुको धारणा के छ ?
निजी क्षेत्रबाट ठूलो लगानी गरिएको व्यवसायका लागि उद्योगको रुपमा मान्यता दिनुपर्छ भन्ने हाम्रो चाहना वा मागलाई यथोचित सम्बोधन गरिएको छैन । निर्यात गर्नका लागि प्रोत्साहित गर्ने र सो अनुसारको सुविधा बढाउनु पर्ने जस्ता आवश्यक बुँदाहरु पनि यो बजेटमा समावेश गरिएको छैन । आशा एवं बिश्वास छ कि आगामी दिनमा यस विषयमा उचित सम्बोधन हुनेछ ।
सरकारले विदेशबाट आउने कामदारलाई १०० ग्रामको काँचो सुन ल्याउन दिने घोषणा गरेको छ । यो बजेटले सुनचाँदी व्यवसायमा कस्तो प्रभाव पारेको छ ?
यो बजेटमा सरकारले विदेशबाट आउने कामदारलाई १०० ग्रामको काँचो सुन ल्याउन दिने प्रावधान राखेको छ । यो राम्रो पक्ष हो । यसले बजारको कच्चा पदार्थको अभावलाई कम गर्नेछ । तर यो १०० ग्रामको राजस्व बैँकहरुले आयात गर्दा लाग्ने राजस्व भन्दा बढी तोकिएको छ । बैँकहरुले तिरेको राजस्व सरह नै कायम गरिएमा अझ उपयुक्त हुनेछ भन्ने हाम्रो माग छ ।
सुनचाँदी व्यवसायको प्रवर्द्वन गर्न सरकारले के गर्नु पर्ला र कस्तो कर नीति, सुनचाँदी नीति र बजेट ल्याउनु पर्दछ ?
सुनचाँदी व्यवसायको प्रवर्द्वन लागि स्पष्ट नीति तय गर्न जरुरी छ । निजी क्षेत्रको सहभागितामा सुनचाँदी आयात गर्ने व्यवस्था गर्नुपर्छ । आयात गर्ने पारदर्शी र वैधाानिक नीति तर्जुमा अबिलम्ब गरेमा यो क्षेत्रले रोजगारको अवसरको वृद्धि, व्यापार घाटा न्यून गर्न मद्दत गर्नेछ ।
अन्त्यमा प्रधानमन्त्री ओलीको चीन भ्रमणको समग्र उपलब्धी के पाउनु भयो ?
समग्रमा यो भ्रमण फलदायी नै रह्यो । कार्यान्वयन पक्ष समयमा नै हुनुपर्छ । यो भ्रमणमा निजी क्षेत्रको प्रतिनिधिका रुपमा सहभागी हुन पाउँदा अनुभव पनि वृद्धि हुनुका अतिरिक्त बहुराष्ट्रिय हितका पक्षको सान र चिनियाँ नीति निर्माण र व्यवसायीहरुसंग सान्निध्यता हुने अवसर प्राप्त भयो । नेपालको समृद्धिको योजनाहरु प्रारम्भ हुनुलाई ठूलो उपलब्धिका रुपमा लिनुपर्छ भन्ने मेरो मान्यता छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












