जहाँ जहाँ ज्येष्ठ नागरिक त्यहीँ महानगर विशेष भत्ता
काठमाडौं २२, असार । काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिकलाई घरघर र अस्पतालमानै पुगेर ज्येष्ठ नागरिक महानगर विशेष भत्ता वितरण गरेको छ ।
अस्पतालमा उपचार गराई राखेकी वडा नम्बर ७ का ८६ वर्षीया सीता डंगोल र ८५ वर्षीय मीनप्रसाद उपाध्यायलाई महानगरको टोलीले अस्पतालमा नै पुगेर बिहीबार ज्येष्ठ नागरिक विशेष भत्ता वितरण गर्यो ।
वडा नम्बर ७ कै सिफल पनेकु मार्गमा आफ्नो घरमा बस्दै आएका ८६ वर्षीय जुजुभाइ महर्जन र ७६ वर्षीया नानीमाया महर्जनलाई पनि घरमा नै पुगेर विशेष भत्ता प्रदान गरिएको छ ।
लामो समयको अन्तरालमा गत वर्ष स्थानीय तहमा जनप्रतिनिधि आएपछि कामपाले यस वर्षदेखि ज्येष्ठ नागरिकलाई महानगर विशेष भत्ता वितरण गर्न शुरु गरेको हो । कामपाका ३२ वडामध्ये अहिले वडा नम्बर ७ र २६ वडाका ज्येष्ठ नागरिकलाई यस किसिमको सुविधा प्रदान गरिसकेको छ ।
वडा नं २६ मा ७५ वर्ष उमेर पूरा हुनुभएका महिलाको संख्या ११२ र ८० वर्ष उमेर पूरा हुनुभएका पुरुषको संख्या ४२ रहेको छ । त्यस्तै, ४११ जना एकल महिला, ८५३ जना ज्येष्ठ नागरिक, १५ जना पूर्ण अपांगता भएका र २३ जना आंशिक अपांग छन् ।
त्यसैगरी, वडा नं ७ मा सामाजिक सुरक्षा भत्ता लिने ज्येष्ठ नागरिकको संख्या ११४०, एकल महिला ५०४, पूर्ण अपांग २४ र आंशिक अपांग १३ जना छन् ।
भत्तासँगै उनीहरुको स्वास्थ्य अवस्था बुझ्नका लागि स्वास्थ्यकर्मी पनि परिचालन गरिएको छ, जसमा एकजना डाक्टरसहित चारजना रहेका छन् । बिहान १० बजेदेखि दिउँसो ५ बजेसम्म निःशुल्क सेवा उपलब्ध गराइने छ भने ल्याबको सुविधा, निःशुल्क औषधिलगायतको सेवा हुनेछन् ।
७५ वर्ष उमेर पूरा भएका महिला, ८० वर्ष उमेर पूरा भएका पुरुषका लागि जनही वार्षिक रु १२ हजार सहित फलफूल, पोषिलो खानेकुरासहित सम्मान प्रदान गरिएको छ ।
ज्येष्ठ नागरिकको सम्मान र उहाँहरुले देखाएको बाटोमा हिँड्ने र महानगरलाई समृद्ध बनाउनु सबैको दायित्व रहेको कामपाका प्रमुख विद्यासुन्दर शाक्य बताउँछन् ।
प्रमुख शाक्यका अनुसार हाल महानगरमा करीब छ हजार ९२२ जना उक्त उमेर समूहका नागरिक रहेको प्रारम्भिक अनुमान गरिएको छ । सामान्यतया कामपाले यसका लागि वडाका नागरिकलाई वडा कार्यालय तोके पनि तोकिएको स्थानमा आउन नसक्ने नागरिकलाई जहाँ जहाँ ज्येष्ठ नागरिक सोही स्थानमा गएर कामपाका प्रतिनिधिले उक्त सुविधा प्रदान गरिरहेका छन् ।
त्यसैगरी, कामपाको जनस्वाथ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठ भन्छन्, महानगरले दिएको वार्षिक रु १२ हजार ज्येष्ठ नागरिकलाई दैनिक जीवनयापन गर्न खासै अर्थ नराखे पनि स्थानीय सरकार रहेको छ भन्ने आभाष पक्कै नै भएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












