एनएसी डुवाउन सक्रिय भद्रपुर स्टेशन प्रमुख निमकान्त लम्साल विराटनगर स्टेशन आउन शक्तिकेन्द्र धाउँदै
काठमाडौं २४, असार । नेपाल वायु सेवा निगम (एनएसी) का भद्रपुर स्टेशन प्रमुख निमकान्त लम्सालले भद्रपुर–काठमाडौंको हवाई उडानमा निगमलाई करोडौं घाटामा पार्दै आएकाले निगमको भद्रपुर उडान रद्द हुने स्थितिमा पुगेको छ ।
२१ महिना अगाडि विराटनगर स्टेशनबाट भद्रपुर सरुवा भएका लम्सालका कारण निगमका धेरै स्टेशन बन्द हुँदै आएका छन् । पश्चिम नेपालको बझाङ लगायतका स्टेशनमा लम्साल प्रमुख रहँदा बढी पैसामा टिकट बिक्री गर्न सुरुमा हवाई टिकट बिक्री नगरी लुकाउने र अन्तिममा जहाज खाली उडाउने गर्नाले निगमले हवाई उडाननै बन्द गरेका धेरै उदाहरणहरु छन् । लम्साल खोटाङको थामखर्क स्टेशनमा ४ महिना बस्दा बिराटनगर–थामखर्क उडान नै बन्द गराएर विराटनगर सरुवा भएका थिए ।
निगमनका विराटनगर स्टेशन प्रमुख हिमालचन्द्र गौतमको आगामी साउन १४ गते अनिवार्य अवकास हुन लागेको छ । गौतमको अवकास भएपछि असक्षम र भ्रष्ट प्रवृत्तिका लम्साल विराटनगर स्टेशन प्रमुख भएर आउन शक्ति केन्द्रको चलखेलमा लागेका छन् । मौसम अनुसार राजनीतिक रंग फेर्दै आएका लम्साल अहिले नेकपाका कट्टर समर्थक भएका छन् । काँग्रेस निकट रहेका लम्साल आफ्ना स्टाफसँग मिलेर काम गर्न नचाहने व्यक्ति हुन् । जहाँ बसे पनि उनको अन्य स्टाफसँग राम्रो सम्बन्ध भएको रेकर्ड पाइएको छैन् ।

छैठौं तहका लम्सालले आठौँ तहका प्रमुख रहने विराटनगर स्टेशनको कामु प्रमुख हुन मोटो थैली बोकेर हिँडेका मात्र छैनन् । निगमका कमर्सियल विभाग प्रमुख कृष्ण गोपाल जोशीलाई खुसी तुल्याएर विराटनगर प्रमुख हुन चलखेल गरिरहेको बुझिएको छ । लम्साल भद्रपुर सरुवा हुनासाथ उनीसँग काम गर्न नसकेर ५ औ तहका सन्तोष निरौला काठमाडौं सरुवा भएका थिए ।
विराटनगर स्टेशनमा आउन भोजपुर स्टेशनका प्रमुख नारायण पुरीले पनि इच्छा राखेका छन् । भोजपुरमा जहाज नउडेपछि अहिले उनी विनाकाम भोजपुरमा बसिरहेका छन् । निगमले उनलाई विराटनगर पठाउन चाहे पनि उनी भने अन्तर्राष्ट्रिय उडानतर्फ सरुवा हुन खोजी रहेका छन् । विराटनगर स्टेशनमा सातौँ तहको पोष्ट खाली छ । छैठौँ तहमा बिना दाहाल कार्यरत छिन् । उनले कामु पाउने सम्भावना छैन । यो अवस्था बुझेरै भद्रपुर स्टेशनलाई नोक्सानमा पु¥याएर डुवाएका लम्साल अब विराटनगर सरुवा भएर कामु प्रमुख हुन खोजिरहेका छन् । भद्रपुरमा निगमको सातामा ३ उडान मात्र छ । पहिला दैनिक उडान हुन्थ्यो । महँगोमा टिकट बेच्न पहिला टिकट छैन भन्ने, पछि टिकट बिक्री नहुने र निजी विमान कम्पनीसँग कमिशन खाएर खाली खाली निगमका जहाज उडाएर धराशायी बनाउने भष्माशुर प्रवृत्तिमा लम्साल चल्दै आएका छन् ।
लम्साल गएदेखि नै निगमको भद्रपुर उडानमा नोक्सान सुरु भएको निगम स्रोतले बताएको छ । उता विराटनगरमा पनि निगमको उडान घट्दै गएको छ । विराटनगर–ताप्लेजुङ, विराटनगर–खाँदवारी, विराटनगर–भोजपुर, विराटनगर–खोटाङ, विराटनगर–लामिडाँडा जस्ता सबै उडान गत फागुनदेखि बन्द छन् । विराटनगर–भद्रपुर उडान पनि लम्सालकै भ्रष्ट र असक्षम व्यवस्थापनका कारण यात्रु नपाएर बन्द छ ।
निगमको अहिले विराटनगर–काठमाडौं सातामा पाँच उडान हुँदै आएका छन् । आइतबारदेखि बिहीबारसम्म दैनिक एक–एक उडान हुने गर्दै आएको छ र निगमको राम्रो आम्दानीको स्रोत हुने काठमाडौं–विराटनगर, भद्रपुर उडानमा समेत राम्रो व्यवस्थापन नहुँदा घाटामा सञ्चालन हुँदै आएको छ । जबकी निजी क्षेत्रका हवाई कम्पनी बुद्ध, यतिले दैनिक २–३ उडान गर्दा पनि प्रसस्त यात्रु पाई राम्रो मुनाफा गरिरहेका छन् । अन्य निजी हवाई कम्पनी भन्दा निगमको टिकट ५ सय देखि २ हजार रुपैयाँ सम्म सस्तो, उडान सुरक्षित र आरामदायी भए पनि कमिशनखोर प्रवृत्ति र व्यवस्थापनको असक्षमताले निगमको उडान घाटामा सञ्चालन हुँदै आएको छ । लम्साल जस्ता असक्षम, भ्रष्ट, स्टाफसँग मिल्न नसक्ने प्रवृत्तिका व्यक्तिलाई निगम व्यवस्थापनले विराटनगर स्टेशनमा कामु प्रमुख बनायो भने निगमको विराटनगर उडान १५ दिनभित्र बन्द हुने निगमका कर्मचारीहरु बताउँछन् । लम्साल ५ लाख सम्म खर्च गरेर विराटनगरको कामु प्रमुख हुन व्रिफकेश बोकेर पर्यटन मन्त्री, सचिव, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार र कमर्शियल मेनेजर कृष्ण गोपाल जोशीका दैलो र टेबुल चहार्दै हिँडेका छन् ।
निगमको विराटनगर स्टेशनमा कसलाई सरुवा गर्दै हुनुहुन्छ भनेर महाप्रबन्धक कंसाकारसँग सोध्न बारम्बार उनको मोवाइलमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन, कंसाकारले फोन नै उठाएनन् । निगमका प्रवक्ता रविन्द्र श्रेष्ठसँग बुझ्दा उनले सक्षम, इमान्दार, योग्य व्यक्तिलाई पठाइन्छ । असक्षम र तल्लो तहको व्यक्तिलाई सरुवा हुँदैन भनेर ठोकेरै बताए । यद्यपि सरुवाको निर्णय मानव संशाधन विभागले गर्ने भएकोले पद रिक्त भएपछि निर्णय हुने जानकारी दिएका छन् । निगमका कर्मचारीहरुले भने लम्साललाई विराटनगर सरुवा गरिए निमगको व्यापार चौपट्ट हुने सुझाव व्यवस्थापनलाई दिएको बुझिएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












