एनएसी डुवाउन सक्रिय भद्रपुर स्टेशन प्रमुख निमकान्त लम्साल विराटनगर स्टेशन आउन शक्तिकेन्द्र धाउँदै
काठमाडौं २४, असार । नेपाल वायु सेवा निगम (एनएसी) का भद्रपुर स्टेशन प्रमुख निमकान्त लम्सालले भद्रपुर–काठमाडौंको हवाई उडानमा निगमलाई करोडौं घाटामा पार्दै आएकाले निगमको भद्रपुर उडान रद्द हुने स्थितिमा पुगेको छ ।
२१ महिना अगाडि विराटनगर स्टेशनबाट भद्रपुर सरुवा भएका लम्सालका कारण निगमका धेरै स्टेशन बन्द हुँदै आएका छन् । पश्चिम नेपालको बझाङ लगायतका स्टेशनमा लम्साल प्रमुख रहँदा बढी पैसामा टिकट बिक्री गर्न सुरुमा हवाई टिकट बिक्री नगरी लुकाउने र अन्तिममा जहाज खाली उडाउने गर्नाले निगमले हवाई उडाननै बन्द गरेका धेरै उदाहरणहरु छन् । लम्साल खोटाङको थामखर्क स्टेशनमा ४ महिना बस्दा बिराटनगर–थामखर्क उडान नै बन्द गराएर विराटनगर सरुवा भएका थिए ।
निगमनका विराटनगर स्टेशन प्रमुख हिमालचन्द्र गौतमको आगामी साउन १४ गते अनिवार्य अवकास हुन लागेको छ । गौतमको अवकास भएपछि असक्षम र भ्रष्ट प्रवृत्तिका लम्साल विराटनगर स्टेशन प्रमुख भएर आउन शक्ति केन्द्रको चलखेलमा लागेका छन् । मौसम अनुसार राजनीतिक रंग फेर्दै आएका लम्साल अहिले नेकपाका कट्टर समर्थक भएका छन् । काँग्रेस निकट रहेका लम्साल आफ्ना स्टाफसँग मिलेर काम गर्न नचाहने व्यक्ति हुन् । जहाँ बसे पनि उनको अन्य स्टाफसँग राम्रो सम्बन्ध भएको रेकर्ड पाइएको छैन् ।

छैठौं तहका लम्सालले आठौँ तहका प्रमुख रहने विराटनगर स्टेशनको कामु प्रमुख हुन मोटो थैली बोकेर हिँडेका मात्र छैनन् । निगमका कमर्सियल विभाग प्रमुख कृष्ण गोपाल जोशीलाई खुसी तुल्याएर विराटनगर प्रमुख हुन चलखेल गरिरहेको बुझिएको छ । लम्साल भद्रपुर सरुवा हुनासाथ उनीसँग काम गर्न नसकेर ५ औ तहका सन्तोष निरौला काठमाडौं सरुवा भएका थिए ।
विराटनगर स्टेशनमा आउन भोजपुर स्टेशनका प्रमुख नारायण पुरीले पनि इच्छा राखेका छन् । भोजपुरमा जहाज नउडेपछि अहिले उनी विनाकाम भोजपुरमा बसिरहेका छन् । निगमले उनलाई विराटनगर पठाउन चाहे पनि उनी भने अन्तर्राष्ट्रिय उडानतर्फ सरुवा हुन खोजी रहेका छन् । विराटनगर स्टेशनमा सातौँ तहको पोष्ट खाली छ । छैठौँ तहमा बिना दाहाल कार्यरत छिन् । उनले कामु पाउने सम्भावना छैन । यो अवस्था बुझेरै भद्रपुर स्टेशनलाई नोक्सानमा पु¥याएर डुवाएका लम्साल अब विराटनगर सरुवा भएर कामु प्रमुख हुन खोजिरहेका छन् । भद्रपुरमा निगमको सातामा ३ उडान मात्र छ । पहिला दैनिक उडान हुन्थ्यो । महँगोमा टिकट बेच्न पहिला टिकट छैन भन्ने, पछि टिकट बिक्री नहुने र निजी विमान कम्पनीसँग कमिशन खाएर खाली खाली निगमका जहाज उडाएर धराशायी बनाउने भष्माशुर प्रवृत्तिमा लम्साल चल्दै आएका छन् ।
लम्साल गएदेखि नै निगमको भद्रपुर उडानमा नोक्सान सुरु भएको निगम स्रोतले बताएको छ । उता विराटनगरमा पनि निगमको उडान घट्दै गएको छ । विराटनगर–ताप्लेजुङ, विराटनगर–खाँदवारी, विराटनगर–भोजपुर, विराटनगर–खोटाङ, विराटनगर–लामिडाँडा जस्ता सबै उडान गत फागुनदेखि बन्द छन् । विराटनगर–भद्रपुर उडान पनि लम्सालकै भ्रष्ट र असक्षम व्यवस्थापनका कारण यात्रु नपाएर बन्द छ ।
निगमको अहिले विराटनगर–काठमाडौं सातामा पाँच उडान हुँदै आएका छन् । आइतबारदेखि बिहीबारसम्म दैनिक एक–एक उडान हुने गर्दै आएको छ र निगमको राम्रो आम्दानीको स्रोत हुने काठमाडौं–विराटनगर, भद्रपुर उडानमा समेत राम्रो व्यवस्थापन नहुँदा घाटामा सञ्चालन हुँदै आएको छ । जबकी निजी क्षेत्रका हवाई कम्पनी बुद्ध, यतिले दैनिक २–३ उडान गर्दा पनि प्रसस्त यात्रु पाई राम्रो मुनाफा गरिरहेका छन् । अन्य निजी हवाई कम्पनी भन्दा निगमको टिकट ५ सय देखि २ हजार रुपैयाँ सम्म सस्तो, उडान सुरक्षित र आरामदायी भए पनि कमिशनखोर प्रवृत्ति र व्यवस्थापनको असक्षमताले निगमको उडान घाटामा सञ्चालन हुँदै आएको छ । लम्साल जस्ता असक्षम, भ्रष्ट, स्टाफसँग मिल्न नसक्ने प्रवृत्तिका व्यक्तिलाई निगम व्यवस्थापनले विराटनगर स्टेशनमा कामु प्रमुख बनायो भने निगमको विराटनगर उडान १५ दिनभित्र बन्द हुने निगमका कर्मचारीहरु बताउँछन् । लम्साल ५ लाख सम्म खर्च गरेर विराटनगरको कामु प्रमुख हुन व्रिफकेश बोकेर पर्यटन मन्त्री, सचिव, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार र कमर्शियल मेनेजर कृष्ण गोपाल जोशीका दैलो र टेबुल चहार्दै हिँडेका छन् ।
निगमको विराटनगर स्टेशनमा कसलाई सरुवा गर्दै हुनुहुन्छ भनेर महाप्रबन्धक कंसाकारसँग सोध्न बारम्बार उनको मोवाइलमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन, कंसाकारले फोन नै उठाएनन् । निगमका प्रवक्ता रविन्द्र श्रेष्ठसँग बुझ्दा उनले सक्षम, इमान्दार, योग्य व्यक्तिलाई पठाइन्छ । असक्षम र तल्लो तहको व्यक्तिलाई सरुवा हुँदैन भनेर ठोकेरै बताए । यद्यपि सरुवाको निर्णय मानव संशाधन विभागले गर्ने भएकोले पद रिक्त भएपछि निर्णय हुने जानकारी दिएका छन् । निगमका कर्मचारीहरुले भने लम्साललाई विराटनगर सरुवा गरिए निमगको व्यापार चौपट्ट हुने सुझाव व्यवस्थापनलाई दिएको बुझिएको छ ।
Comments
अरु समाचार
-
पहिरोका कारण मुग्लिन–नारायणगढ सडक, बीपी राजमार्ग र पृथ्वी राजमार्ग अवरुद्ध
काठमाण्डौ । धादिङको कृष्णभीर, परेवाभीर, ज्यामिरेघाट लगायतका ठाउँमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम भैरहेको,...
-
कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
काठमाडौं । धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । गएराति ढुंगासहितको पहिरो खसेकाले राजमार्ग अवरुद्ध भएको हो...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












