उपकुलपति कोइरालाले पत्रकार सम्मेलन गरेर भने: प्रधानमन्त्री ज्यु तपाईँ सामन्ती हुनुहुँदो रहेछ
प्राज्ञिक क्षेत्र हवल्दारी पाराले चलाउन खोज्नु मुर्खता बाहेको अरु केहि होइन
काठमाडाैं २४, असार । संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा कूलप्रसाद कोइरालाले आफूलाई अपराधीको शैलीमा पक्राउ गरेर सरकारले अलोकतान्त्रीक व्यवहार देखाएको बताएका छन् । उनले घाँटी छिनालेर र गोली ठोकेर सरकारमा पुगेकाहरुले सर्वसत्तावाद लाद्न खोजेको आरोप समेत लगाए ।
क्यानडाको भ्यानकुभर सहरमा आयोजना हुन लागेको १७ औं विश्व संस्कृत सम्मेलनमा भाग लिन जाने क्रममा हिजो शनिबार सरकारले त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको भोलिपल्ट आज आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर कोइरालाले यस्तो आरोप लगाएका हुन् ।
‘म विनम्र अनुरोध गर्न चाहन्छु, ओलीज्यू हामीले पनि लोकतन्त्र र गणतन्त्रको लागि भूमिका खेलेका छौं, हवल्दारी पाराले प्राज्ञिक क्षेत्रलाई तहसनहस पार्न खोज्नु मुर्खता हो उनले भने मलाई यो किसिमको अपहरण किन गरियो ? मैले के अपराध गरेको थिएँ ? विश्व संस्कृत सम्मेलनमा भाग लिन जाँदा के भत्किने थियो ? तपाईले चालेको कदम अधिकानायवादको पूर्व संकेत हो, नेपालको लागि अधिनायकवाद कल्पनाभन्दा बाहिरको कुरा हो, सरकारका रवैयाहरुले राम्रो संकेत दिइरहेका छैनन् ।’
उनले अघि थपे, “यो पटक मैले विधि र प्रकिया अपनाएर बिदाको निवेदन दिएको हो, शिक्षा मन्त्रालयमा ७३३ नम्बरमा दर्ता छ, तर किन रोकियो ? मेरो बिदाको निवेदनको फाइल किन लुकाइयो ?” उनले उक्त घटनालाई आफूले सामान्य रुपमा नलिएको बताउँदै अन्तर्राष्ट्रिय फोरममा समेत यो विषयले नेपालको बेइज्जती भएको दाबी गरे ।
कोइरालाले भने, सरकारले आफ्नो अपमान नगरेर नेपालको प्राज्ञिक क्षेत्रको अपमान गरेको जनाए । उनी आफू पिकनिक जान लागेको नभइ नेपालको प्रतिनिधित्व गर्दै क्यानडा जान लागेको कुरा कसैले भुल्न नहुने तर्क समेत गरे ।
नपढेको मान्छेले ज्ञानको गहिराइ पवित्रता बुझ्ने भए पनि प्रधानमन्त्री ओलीले संगत हुर्काइ र संस्कारले ज्ञानको गहिराइ नबुझेर आफूलाई पक्राउ गरेको आरोप लगाए। भने, ‘१४ वर्ष जेल परेको मान्छे प्रजातान्त्रिक हुनुहुन्छ होला भन्ने सोचेको थिएँ, तर उहाँ त सामन्ती हुनुहुँदोरहेछ।’
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले १० वटै विश्वविद्यालयका उपकुलपतिलाई बोलाएर पद छोड्नुपर्यो भनेको भन्द्र कोइरालाले आफूहरुले नियम र प्रक्रिया अनुसार नै छोड्ने जवाफ दिएको पनि बताए ।
सम्बन्धित समाचार:
संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि भएको व्यवहार अलोकतान्त्रिक: कांग्रेस
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











