उपकुलपति कोइरालाले पत्रकार सम्मेलन गरेर भने: प्रधानमन्त्री ज्यु तपाईँ सामन्ती हुनुहुँदो रहेछ
प्राज्ञिक क्षेत्र हवल्दारी पाराले चलाउन खोज्नु मुर्खता बाहेको अरु केहि होइन
काठमाडाैं २४, असार । संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा कूलप्रसाद कोइरालाले आफूलाई अपराधीको शैलीमा पक्राउ गरेर सरकारले अलोकतान्त्रीक व्यवहार देखाएको बताएका छन् । उनले घाँटी छिनालेर र गोली ठोकेर सरकारमा पुगेकाहरुले सर्वसत्तावाद लाद्न खोजेको आरोप समेत लगाए ।
क्यानडाको भ्यानकुभर सहरमा आयोजना हुन लागेको १७ औं विश्व संस्कृत सम्मेलनमा भाग लिन जाने क्रममा हिजो शनिबार सरकारले त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको भोलिपल्ट आज आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर कोइरालाले यस्तो आरोप लगाएका हुन् ।
‘म विनम्र अनुरोध गर्न चाहन्छु, ओलीज्यू हामीले पनि लोकतन्त्र र गणतन्त्रको लागि भूमिका खेलेका छौं, हवल्दारी पाराले प्राज्ञिक क्षेत्रलाई तहसनहस पार्न खोज्नु मुर्खता हो उनले भने मलाई यो किसिमको अपहरण किन गरियो ? मैले के अपराध गरेको थिएँ ? विश्व संस्कृत सम्मेलनमा भाग लिन जाँदा के भत्किने थियो ? तपाईले चालेको कदम अधिकानायवादको पूर्व संकेत हो, नेपालको लागि अधिनायकवाद कल्पनाभन्दा बाहिरको कुरा हो, सरकारका रवैयाहरुले राम्रो संकेत दिइरहेका छैनन् ।’
उनले अघि थपे, “यो पटक मैले विधि र प्रकिया अपनाएर बिदाको निवेदन दिएको हो, शिक्षा मन्त्रालयमा ७३३ नम्बरमा दर्ता छ, तर किन रोकियो ? मेरो बिदाको निवेदनको फाइल किन लुकाइयो ?” उनले उक्त घटनालाई आफूले सामान्य रुपमा नलिएको बताउँदै अन्तर्राष्ट्रिय फोरममा समेत यो विषयले नेपालको बेइज्जती भएको दाबी गरे ।
कोइरालाले भने, सरकारले आफ्नो अपमान नगरेर नेपालको प्राज्ञिक क्षेत्रको अपमान गरेको जनाए । उनी आफू पिकनिक जान लागेको नभइ नेपालको प्रतिनिधित्व गर्दै क्यानडा जान लागेको कुरा कसैले भुल्न नहुने तर्क समेत गरे ।
नपढेको मान्छेले ज्ञानको गहिराइ पवित्रता बुझ्ने भए पनि प्रधानमन्त्री ओलीले संगत हुर्काइ र संस्कारले ज्ञानको गहिराइ नबुझेर आफूलाई पक्राउ गरेको आरोप लगाए। भने, ‘१४ वर्ष जेल परेको मान्छे प्रजातान्त्रिक हुनुहुन्छ होला भन्ने सोचेको थिएँ, तर उहाँ त सामन्ती हुनुहुँदोरहेछ।’
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले १० वटै विश्वविद्यालयका उपकुलपतिलाई बोलाएर पद छोड्नुपर्यो भनेको भन्द्र कोइरालाले आफूहरुले नियम र प्रक्रिया अनुसार नै छोड्ने जवाफ दिएको पनि बताए ।
सम्बन्धित समाचार:
संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि भएको व्यवहार अलोकतान्त्रिक: कांग्रेस
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












