नेपाल तुइनमुक्त हुन्छ, झोलुङ्गे पुल बन्न नसक्ने ठाँउमा केबुलकार: प्रधानमन्त्री
काठमाडाैं २५, असार । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा छलफलमा रहेको विनियोजन विधेयकमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिदै मुलुकलाई तुइनमुक्त बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले विगतको आफ्नो प्रधानमन्त्रीकालमा तुइन निर्माण गर्न भन्दै ३० करोड रकम बिनियोजन गरेको स्मरण गर्दै भने अहिले मैले नै तुइन निर्माणमा निषेधको निती लिएको छु ।
तुइनको ठाँउमा झोलुङ्गे पुल निर्माण प्राथमिकतामा परेको भन्दै उनले अव कुनै नेपाली तुइनबाट खसेर, झुण्डेर मर्न नपर्ने ठोकुवा गरे ।
तुइन युगको समाप्त गर्ने भन्दै उनले झोलुङ्गे पुल निर्माण गर्ने हुदै नभए केबुलकार निर्माण गर्ने जनाए । उनले व्यंग्य गर्दै भने, ‘तुइनको फोटो खिचेर मलाई उडाउने काम समेत भयो तर मैले नै भनेको हुँ तुइनको फोटो खिचेर राख्नु पछिल्लो पिढिलाई इतिहासका रुपमा देखाउन पर्छ ।’ यसैमा थप्दै उनले भने, मैले नै भनेको थिए पोहोर साल प्रधानमन्त्री हुँदा बाँकी रहेका तुइनका फोटा खिचिएका हुन सक्छन या पोहोर परारका फोटा हुन सक्छन ।’ तर अब त्यो एउटा इतिहास बन्ने छ ।
प्राविधिक कारण नेपालका कतिपय ठाउँमा झोलुङ्गे पुल बन्नै नसक्ने भएपनी तुइन विस्थापन गरेरै छोड्ने बाँचाका साथ हुदै नहुने ठाँउमा केबुलकार निर्माण गरेरै भएपनि प्रतिबद्वता पुरा गरिने उनले जनाए ।
उनले सवै सांसदलाई खुसी हुन आग्रह समेत गरे । खुसी हुने कारण भने भ्रष्टाचार विरोधि प्रधानमन्त्री, सुशासनको पक्षपाती, लोकतन्त्रका लागि लडेको प्रधानमन्त्री लगायतका सकारात्मक कुराले भरिपूर्ण प्रधानमन्त्री हुनु नै भएको उल्लेख गरे ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












