प्रभुले भित्र्यायो थप दुई हेलिकप्टर, १०/१५ मिनेटको सस्तो प्याकेजमा सेवा प्रदान गर्ने
काठमाडाैं २६, असार । नेपालको हवाई सेवामा एकपछि अर्को गर्दै विमान तथा हेलिकप्टरको संख्या बढिरहेको छ ।
त्यस्तै, निजी क्षेत्रको हेलिकप्टर सेवा प्रदायक कम्पनी प्रभु अन्तरगतको प्रभु हेलिकप्टरले दुईवटा नयाँ हेलिकप्टर रविन्सन आर ६६’ थप गरेको छ ।
एउटा हेलिकप्टरबाट सेवा सुरु गरेको प्रभु समुहसंग नयाँ थपिएका सहित हेलिकप्टरको संख्या पाँच पुगेको छ ।
अमेरिकी कम्पनी रविन्सनले बनाएको हेलिकप्टरमा पाँच पाइलट र एक चालक गरेर जम्मा छ सिट क्षमताका हेलिकप्टर प्रभुले भित्र्याएको हो ।
दुई साताअघि भित्रिएका दुईवटा नयाँ हेलिकप्टरले सोमबार पोखरमा परीक्षण उडान भरेको छ। यसअघि पनि प्रभु हेलिकप्टरले रविन्सन कम्पनीमै निर्मित ३ हेलिकप्टरबाट सेवा दिँदै आएको थियो। करिब २४ करोडको लागतमा दुई वटा हेलिकप्टर ल्याएको कम्पनीका अप्रेसन म्यानेजर रानेश डंगोलले जानकारी दिए ।
हवाई सेवाको निमयनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण ( क्यान)ले नयाँ हेलिकप्टरलाई ९एन–एएलयू र ९एन–एएलएक्स कलसाइन दिएको छ।
प्रभुका एक व्यवस्थापक विनोद थकालीका अनुसार कम्पनीसँग यसअघि तीनवटा हेलिकप्टर थिए । ती सबै रोबिन्सनमा बनेका हुन् । सन् २०१५ देखि एउटा हेलिकप्टरबाट सेवा दिन थालेको प्रभुले तीन वर्षको अवधिमा संख्या बढाएर पाँच पुर्याएको थकालीले बताए ।
प्राधिकरणले पोखरालाई आधार बनाएर उडान गर्नका लागि प्रभुलाई अनुमति दिएको थियो । अहिले प्रभुका पाँचवटै हेलिकप्टर पोखरा विमानस्थलको ह्यांगरमा राखिएको छ । पोखरालाई आधार बनाएर उडान अनुमति दिए पनि काठमाडौंमा दुईवटा हेलिकप्टर राखेर सेवा दिने तयारी प्रभुको छ । ‘पाँचवटै पोखरा राख्दा अन्यत्र सेवा दिन कठिन हुन्छ । त्यही भएर दुईवटालाई सब–बेसको रुपमा काठमाडौंमा राखेर पूर्वी क्षेत्रमा सेवा दिने हो,’ थकालीले भने।
प्रभु हेलिकप्टरको लक्ष्य तथा सेवा
अपरेसन म्यानेजर रानेश ढंगोलका अनुसार जेट इन्जिनयुक्त यी हेलिकप्टर तीन सय हर्षपावर क्षमताका छन् । १४ हजार फिट उचाइसम्म उडान गर्न सक्ने क्षमता हेलिकप्टरसँग छ । तीनघण्टा नियमित उडान गर्न सक्ने हेलिकप्टरबाट प्रभुले अहिले पोखराबाट मुक्तिनाथ र अन्नपूर्ण आधारशिरिव ९ एबिसी–४१३० मिटर सम्म नियमित सेवा दिइरहेको उनले बताए ।
पछिल्लो समय हेलिकप्टर चढेर मुक्तिनाथ पुग्ने भारतीय पाहुनाको संख्या पनि निकै नै बढेको डंगोलले बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि मुक्तिनाथ दर्शनका लागि पनि धेरै भारतीय आएको र उनीहरुले हेलिकप्टर नै खोजेको पनि उनीहरुको भनाइ छ ।
प्रभुले अरुको तुलनामा सस्तोमा सेवा दिने पनि बताएको छ । ‘हामी थोरै नाफामा काम गर्न आएका हौं । अप्ठेरो परेको बखत धेरै रकम लिएर सेवा असहज बनाउने नीति छैन,’ उनले भने, ‘थोरै नाफामा पनि सेवा दिन सकिन्छ ।’ प्रभुले काठमाडौंबाट पूर्व र पोखराबाट पश्चिम क्षेत्रमा उडान गर्ने योजना बनाएको छ ।
प्रभुका पोखरास्थित स्टेसन म्यानेजनर दिनेश महर्जनले पोखरा आसपासका क्षेत्रमा घुम्न जाने पाहुनालाई सहज हुने गरि प्याकेज बनाएको बताए । १५ र ३० मिनेटसम्मको प्याकेज बनाएको उनको भनाइ छ । पोखराबाट नजिकको धम्पुस, घान्द्रुक, पञ्चासे, पुनहिल क्षेत्रमा अवतरण गरेर पाहुना घुमाउनेसम्मको प्याकेज बनाएको महर्जनले बताए । ‘हामीसँग छोटो दूरीको अवतरणको प्याकेज पनि छ । त्यसैले पोखरा आसपासका क्षेत्रमा समेत उडान गर्न मिल्छ,’ उनले भने, ‘सस्तो प्याकेजमा हामीले सेवा दिने हो ।’ दुई साताअघि पोखरा भित्रिएका हेलिकप्टरको सोमबार वैदिक विधिद्वारा पूरा गरिएको थियो।
प्रभुका हेलिकप्टर उडाका केहि दृष्यहरु:
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











