प्रभुले भित्र्यायो थप दुई हेलिकप्टर, १०/१५ मिनेटको सस्तो प्याकेजमा सेवा प्रदान गर्ने
काठमाडाैं २६, असार । नेपालको हवाई सेवामा एकपछि अर्को गर्दै विमान तथा हेलिकप्टरको संख्या बढिरहेको छ ।
त्यस्तै, निजी क्षेत्रको हेलिकप्टर सेवा प्रदायक कम्पनी प्रभु अन्तरगतको प्रभु हेलिकप्टरले दुईवटा नयाँ हेलिकप्टर रविन्सन आर ६६’ थप गरेको छ ।
एउटा हेलिकप्टरबाट सेवा सुरु गरेको प्रभु समुहसंग नयाँ थपिएका सहित हेलिकप्टरको संख्या पाँच पुगेको छ ।
अमेरिकी कम्पनी रविन्सनले बनाएको हेलिकप्टरमा पाँच पाइलट र एक चालक गरेर जम्मा छ सिट क्षमताका हेलिकप्टर प्रभुले भित्र्याएको हो ।
दुई साताअघि भित्रिएका दुईवटा नयाँ हेलिकप्टरले सोमबार पोखरमा परीक्षण उडान भरेको छ। यसअघि पनि प्रभु हेलिकप्टरले रविन्सन कम्पनीमै निर्मित ३ हेलिकप्टरबाट सेवा दिँदै आएको थियो। करिब २४ करोडको लागतमा दुई वटा हेलिकप्टर ल्याएको कम्पनीका अप्रेसन म्यानेजर रानेश डंगोलले जानकारी दिए ।
हवाई सेवाको निमयनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण ( क्यान)ले नयाँ हेलिकप्टरलाई ९एन–एएलयू र ९एन–एएलएक्स कलसाइन दिएको छ।
प्रभुका एक व्यवस्थापक विनोद थकालीका अनुसार कम्पनीसँग यसअघि तीनवटा हेलिकप्टर थिए । ती सबै रोबिन्सनमा बनेका हुन् । सन् २०१५ देखि एउटा हेलिकप्टरबाट सेवा दिन थालेको प्रभुले तीन वर्षको अवधिमा संख्या बढाएर पाँच पुर्याएको थकालीले बताए ।
प्राधिकरणले पोखरालाई आधार बनाएर उडान गर्नका लागि प्रभुलाई अनुमति दिएको थियो । अहिले प्रभुका पाँचवटै हेलिकप्टर पोखरा विमानस्थलको ह्यांगरमा राखिएको छ । पोखरालाई आधार बनाएर उडान अनुमति दिए पनि काठमाडौंमा दुईवटा हेलिकप्टर राखेर सेवा दिने तयारी प्रभुको छ । ‘पाँचवटै पोखरा राख्दा अन्यत्र सेवा दिन कठिन हुन्छ । त्यही भएर दुईवटालाई सब–बेसको रुपमा काठमाडौंमा राखेर पूर्वी क्षेत्रमा सेवा दिने हो,’ थकालीले भने।
प्रभु हेलिकप्टरको लक्ष्य तथा सेवा
अपरेसन म्यानेजर रानेश ढंगोलका अनुसार जेट इन्जिनयुक्त यी हेलिकप्टर तीन सय हर्षपावर क्षमताका छन् । १४ हजार फिट उचाइसम्म उडान गर्न सक्ने क्षमता हेलिकप्टरसँग छ । तीनघण्टा नियमित उडान गर्न सक्ने हेलिकप्टरबाट प्रभुले अहिले पोखराबाट मुक्तिनाथ र अन्नपूर्ण आधारशिरिव ९ एबिसी–४१३० मिटर सम्म नियमित सेवा दिइरहेको उनले बताए ।
पछिल्लो समय हेलिकप्टर चढेर मुक्तिनाथ पुग्ने भारतीय पाहुनाको संख्या पनि निकै नै बढेको डंगोलले बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि मुक्तिनाथ दर्शनका लागि पनि धेरै भारतीय आएको र उनीहरुले हेलिकप्टर नै खोजेको पनि उनीहरुको भनाइ छ ।
प्रभुले अरुको तुलनामा सस्तोमा सेवा दिने पनि बताएको छ । ‘हामी थोरै नाफामा काम गर्न आएका हौं । अप्ठेरो परेको बखत धेरै रकम लिएर सेवा असहज बनाउने नीति छैन,’ उनले भने, ‘थोरै नाफामा पनि सेवा दिन सकिन्छ ।’ प्रभुले काठमाडौंबाट पूर्व र पोखराबाट पश्चिम क्षेत्रमा उडान गर्ने योजना बनाएको छ ।
प्रभुका पोखरास्थित स्टेसन म्यानेजनर दिनेश महर्जनले पोखरा आसपासका क्षेत्रमा घुम्न जाने पाहुनालाई सहज हुने गरि प्याकेज बनाएको बताए । १५ र ३० मिनेटसम्मको प्याकेज बनाएको उनको भनाइ छ । पोखराबाट नजिकको धम्पुस, घान्द्रुक, पञ्चासे, पुनहिल क्षेत्रमा अवतरण गरेर पाहुना घुमाउनेसम्मको प्याकेज बनाएको महर्जनले बताए । ‘हामीसँग छोटो दूरीको अवतरणको प्याकेज पनि छ । त्यसैले पोखरा आसपासका क्षेत्रमा समेत उडान गर्न मिल्छ,’ उनले भने, ‘सस्तो प्याकेजमा हामीले सेवा दिने हो ।’ दुई साताअघि पोखरा भित्रिएका हेलिकप्टरको सोमबार वैदिक विधिद्वारा पूरा गरिएको थियो।
प्रभुका हेलिकप्टर उडाका केहि दृष्यहरु:
Comments
अरु समाचार
-
पहिरोका कारण मुग्लिन–नारायणगढ सडक, बीपी राजमार्ग र पृथ्वी राजमार्ग अवरुद्ध
काठमाण्डौ । धादिङको कृष्णभीर, परेवाभीर, ज्यामिरेघाट लगायतका ठाउँमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम भैरहेको,...
-
कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
काठमाडौं । धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । गएराति ढुंगासहितको पहिरो खसेकाले राजमार्ग अवरुद्ध भएको हो...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












