विश्वका १०देशलाइ नेपालद्वारा २६ गैँडा उपहार
चितवन २८,असार। नेपालले लिने मात्रै होइन दिन पनि जानेको छ भन्ने कुरा पटकपटक विभिन्न राष्ट्रलाई दिइएको दुर्लभ वन्यजन्तुको उपहारले प्रस्ट पार्छ ।
नेपाल जैविक विविधताले धनी देश हो । नेपालले अहिलेसम्म १० देशलाई वन्यजन्तु उपहार दिइसकेको छ । सबै गैंडा चितवन राष्ट्रिय निकुञ्जबाटै गएका छन् । यहाँबाट विभिन्न देशमा २६ गैंडा उपहार दिइसकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज थप दुई गैँडा चीनलाई उपहार स्वरुप हस्तान्तरण गरे।
“नेपालले लिन मात्रै होइन दिन पनि जानेको छ भन्ने प्रस्ट छ, यस्ता उपहारले दुई देश बीच सम्बन्ध विस्तारसँगै वन्यजन्तुको संरक्षणमा योगदान पनि दिन्छ,” प्रमुख संरक्षण अधिकृत ढकालले भने ।
विश्वमै दुर्लभ मानिएको एकसिंगे गैंडाको संख्याका हिसाबले चितवन राष्ट्रिय निकुञ्ज विश्वकै दोस्रो संरक्षित क्षेत्र हो । आज मात्रै नेपाल सरकारले जनवादी गणतन्त्र चीनलाई झण्डै २ वर्षका ‘रुपसी र भद्र’ नामका एक जोडी गैंडालाई उपहार दिएको हो । निर्णय भएको दुई वर्ष दुई दिनपछि यसरी गैंडा उपहार दिइएको हो ।
नेपाल सरकारले एकसिंगे गैंडाको बाह्य बासस्थान संरक्षणको सिद्धान्तअनुसार विभिन्न मित्रराष्ट्रलाई समयसमयमा गैंडा उपहार दिँदै आएको छ । यसअघि मित्रराष्ट्र भारतलाई सन् १९८४ मा ४ तथा १९८७ र १९९० मा दुईचोटि गरेर अमेरिकालाई ६ वटा गैंडा उपहार दिइएको थियो । सन् १९९० देखि २००६ सम्म जर्मनी, बंगलादेश, बेलायत, जापान र अष्ट्रियामा दुई–दुई वटाका दरले १० गैंडा उपहार दिइएको थियो । थाइल्याण्ड, बर्मा र पाकिस्तानलाई पनि दुई–दुई वटाका दरले ६ गैंडा पठाइएको चितवन निकुञ्जको तथ्याँक छ ।
यस्तै, अन्य कतिपय देशलाई गोहीसमेत दिइएको थियो । गैंडा उपहारले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुनाका साथै वन र वन्यजन्तु संरक्षणका लागि कोशेढुंगा साबित भएको चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेको भनाइ छ । डा गैरे प्राकृतिक रुपमा नेपाल धनी रहेको कुरा उपहारले प्रस्ट पार्ने बताउछन् । “यसलाई कायम राख्न यहाँका संरक्षित क्षेत्रको दिगो संरक्षण र व्यवस्थापनको खाँचो छ,” उनले थप्छन ।
चितवन रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन यसरी आफूसँग भएको महत्वपूर्ण चीज अन्य देशलाई उपहार दिनु सकारात्मक भएको बताए। “हामी पनि त केही दिन सक्दा रहेछौँ नि, उपहार आदानप्रदानले समृद्धिको आधार पनि खडा गर्छ,” नगरप्रमुख वनले भने।
परिवारका एक सदस्यले जस्तै गरी संरक्षण गरिएको गैँडाले पनि दौत्य सम्बन्ध थप मजबुत पार्ने विश्वास लिइएको छ । घरको छोरीलाई बेहुली बनाएर पठाए जस्तै महसुश भएको बताउँदै वनले भने, “रुपसी–भद्रको सम्बन्ध पनि राम्रो बनोस् र रमाउने वातावरण चीनमा होस् ।”
“प्राकृतिक स्रोत साधनमा धनी हामी दिनसक्ने भएका छौँ,” चितवनका संरक्षणकर्मी एवं चराविज्ञ टीका गिरी भने – “साख जोगाउन उपहार पाएका देशको समेत दायित्व बढेको हुन्छ ।”
चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले उपहार दिइएको गैंडालाई जतनसँग सम्हालेर राख्न चीनलाई अनुरोध गरे। यसले नेपालको दिगो संरक्षणमा योगदान दिने आशा उनको छ ।
चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्ल घरपरिवार र आफन्त गुमाएर संरक्षण गरिएको गैंडालाई मन कुँड्याएर उपहार दिएकाले संरक्षणमा योगदान दिने विश्वास व्यक्त गरे
राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्याल दुई देशका संरक्षण अधिकारीहरुबाट उपयुक्त स्थान पहिचान भएपछि गैंडा उपहार दिइएकाले गैंडा हुर्कने विश्वास दिलाए । अन्य देशमा उपहार दिइएका गैंडाको संख्या वृद्धि भएको उनको भनाइ छ ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












