विश्वका १०देशलाइ नेपालद्वारा २६ गैँडा उपहार
चितवन २८,असार। नेपालले लिने मात्रै होइन दिन पनि जानेको छ भन्ने कुरा पटकपटक विभिन्न राष्ट्रलाई दिइएको दुर्लभ वन्यजन्तुको उपहारले प्रस्ट पार्छ ।
नेपाल जैविक विविधताले धनी देश हो । नेपालले अहिलेसम्म १० देशलाई वन्यजन्तु उपहार दिइसकेको छ । सबै गैंडा चितवन राष्ट्रिय निकुञ्जबाटै गएका छन् । यहाँबाट विभिन्न देशमा २६ गैंडा उपहार दिइसकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज थप दुई गैँडा चीनलाई उपहार स्वरुप हस्तान्तरण गरे।
“नेपालले लिन मात्रै होइन दिन पनि जानेको छ भन्ने प्रस्ट छ, यस्ता उपहारले दुई देश बीच सम्बन्ध विस्तारसँगै वन्यजन्तुको संरक्षणमा योगदान पनि दिन्छ,” प्रमुख संरक्षण अधिकृत ढकालले भने ।
विश्वमै दुर्लभ मानिएको एकसिंगे गैंडाको संख्याका हिसाबले चितवन राष्ट्रिय निकुञ्ज विश्वकै दोस्रो संरक्षित क्षेत्र हो । आज मात्रै नेपाल सरकारले जनवादी गणतन्त्र चीनलाई झण्डै २ वर्षका ‘रुपसी र भद्र’ नामका एक जोडी गैंडालाई उपहार दिएको हो । निर्णय भएको दुई वर्ष दुई दिनपछि यसरी गैंडा उपहार दिइएको हो ।
नेपाल सरकारले एकसिंगे गैंडाको बाह्य बासस्थान संरक्षणको सिद्धान्तअनुसार विभिन्न मित्रराष्ट्रलाई समयसमयमा गैंडा उपहार दिँदै आएको छ । यसअघि मित्रराष्ट्र भारतलाई सन् १९८४ मा ४ तथा १९८७ र १९९० मा दुईचोटि गरेर अमेरिकालाई ६ वटा गैंडा उपहार दिइएको थियो । सन् १९९० देखि २००६ सम्म जर्मनी, बंगलादेश, बेलायत, जापान र अष्ट्रियामा दुई–दुई वटाका दरले १० गैंडा उपहार दिइएको थियो । थाइल्याण्ड, बर्मा र पाकिस्तानलाई पनि दुई–दुई वटाका दरले ६ गैंडा पठाइएको चितवन निकुञ्जको तथ्याँक छ ।
यस्तै, अन्य कतिपय देशलाई गोहीसमेत दिइएको थियो । गैंडा उपहारले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुनाका साथै वन र वन्यजन्तु संरक्षणका लागि कोशेढुंगा साबित भएको चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेको भनाइ छ । डा गैरे प्राकृतिक रुपमा नेपाल धनी रहेको कुरा उपहारले प्रस्ट पार्ने बताउछन् । “यसलाई कायम राख्न यहाँका संरक्षित क्षेत्रको दिगो संरक्षण र व्यवस्थापनको खाँचो छ,” उनले थप्छन ।
चितवन रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन यसरी आफूसँग भएको महत्वपूर्ण चीज अन्य देशलाई उपहार दिनु सकारात्मक भएको बताए। “हामी पनि त केही दिन सक्दा रहेछौँ नि, उपहार आदानप्रदानले समृद्धिको आधार पनि खडा गर्छ,” नगरप्रमुख वनले भने।
परिवारका एक सदस्यले जस्तै गरी संरक्षण गरिएको गैँडाले पनि दौत्य सम्बन्ध थप मजबुत पार्ने विश्वास लिइएको छ । घरको छोरीलाई बेहुली बनाएर पठाए जस्तै महसुश भएको बताउँदै वनले भने, “रुपसी–भद्रको सम्बन्ध पनि राम्रो बनोस् र रमाउने वातावरण चीनमा होस् ।”
“प्राकृतिक स्रोत साधनमा धनी हामी दिनसक्ने भएका छौँ,” चितवनका संरक्षणकर्मी एवं चराविज्ञ टीका गिरी भने – “साख जोगाउन उपहार पाएका देशको समेत दायित्व बढेको हुन्छ ।”
चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले उपहार दिइएको गैंडालाई जतनसँग सम्हालेर राख्न चीनलाई अनुरोध गरे। यसले नेपालको दिगो संरक्षणमा योगदान दिने आशा उनको छ ।
चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्ल घरपरिवार र आफन्त गुमाएर संरक्षण गरिएको गैंडालाई मन कुँड्याएर उपहार दिएकाले संरक्षणमा योगदान दिने विश्वास व्यक्त गरे
राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्याल दुई देशका संरक्षण अधिकारीहरुबाट उपयुक्त स्थान पहिचान भएपछि गैंडा उपहार दिइएकाले गैंडा हुर्कने विश्वास दिलाए । अन्य देशमा उपहार दिइएका गैंडाको संख्या वृद्धि भएको उनको भनाइ छ ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











