डा. केसीलाई बार्ताको लागि काठमाण्डाैँ ल्याउने तयारि: मन्त्रि पोखरेल
काठमाडौँ२९,असार।‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ रुपन्देहीमा कार्यरत पत्रकार कृष्ण मल्ललाई पुरस्कृत गरिएको छ ।
नेपाल पत्रकार महासंघमा आज आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ‘बुटवल टुडे’ र ‘शिक्षक मासिक’मा कार्यरत पत्रकार मल्ललाई रु ५१ हजार राशिको पुरस्कार प्रदान गरे ।
उनले पत्रकारले शिक्षाका क्षेत्रमा देखापरेका बढीभन्दा बढी विकृति विसंगति उठाउनुपर्नेमा जोड दिँदै यस्ता विसंगति हटाउन आफू लागिपर्ने धारणा व्यक्त गरे ।
मन्त्री पोखरेलले डा गोविन्द केसीका मागका सम्बन्धमा संसद्मा दर्ता भएको चिकित्सा शिक्षा विधेयकमा उल्लेखित चिकित्सा आयोगबाट सम्बोधन गरिने भएकाले उनलाई काठमाडौँमा ल्याएर वार्ता गर्ने तयारी भइरहेको समेत जानकारी गराए ।
डा. केसीको स्वास्थ्य अवस्थाबारे सरकार चिन्तित रहेकाले उनलाई काठमाडौँ ल्याउनका लागि टोली पठाउन लागिएको छ भन्दै उनले स्वास्थ्य संस्थाजस्तो संवेदनशील निकाय नै बन्द गरेर आन्दोलनमा उत्रिनु जायज नभएको बताए ।
शिक्षा मन्त्रालयका सचिव खगराज बरालले मन्त्रालय पत्रकारसँग मिलेर शिक्षाका समस्या समाधान गर्न अग्रसर भएकाले त्यस्ता समस्या उजागर गर्न आग्रह गरे।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले मल्लले पत्रकारिताको माध्यमबाट शिक्षा क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर गर्दै उनलाई सो पुरस्कार प्रदान गरिएको बताए ।
कार्यक्रममा मन्त्री पोखरेलले रु २० हजार राशिको ‘प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ आठ पत्रकारलाई प्रदान गरे । सो पुरस्कार पाउनेमा प्रदेश नं १ बाट निरोज कोइराला ‘रेडियो नेपाल÷हिमालय टाइम्स’ (भोजपुर), प्रदेश नं २ बाट कृष्ण सिग्देल ‘राजधानी दैनिक÷अनलाइन खबर’ (बारा), प्रदेश नं ३ बाट चमारसिंह लामा ‘सामुदायिक सूचना नेटवर्क’ (काभ्रेपलाञ्चोक) हुन ।
यसैगरी गण्डकी प्रदेशबाट पवन पौडेल ‘दमौली एफएम’ (तनहुँ), प्रदेश नं ५ बाट पार्वती पाण्डे ‘बुद्धदर्पण दैनिक’ (कपिलवस्तु),कर्णाली प्रदेशबाट मेघराज खड्का ‘कारोवार दैनिक’ (रुकुम), प्रदेश नं ७ बाट गोकर्ण दयाल ‘गोरखापत्र दैनिक’ (बैतडी) तथा उपत्यका प्रदेशबाट चन्द्र बानियाँ ‘रेडियो नेपाल’ (काठमाडौँ) पनि सो पुरस्कार प्राप्त गरेका थिए ।
प्रत्येक प्रदेशबाट दुईजना पत्रकारले ‘प्रादेशिक शिक्षा लेखनवृत्ति–२०७४’ प्राप्त गरेका छन छ । रु १५ हजार राशिको उक्त लेखनवृत्ति प्रदेश नं १ बाट रमेशचन्द्र अधिकारी ‘कान्तिपुर दैनिक’ (धनकुटा) र नारायणभक्त राई ‘ब्लाष्ट टाइम्स दैनिक’ (सुनसरी), प्रदेश नं २ बाट नगेन्द्रकुमार कर्ण ‘गोरखापत्र दैनिक’ (महोत्तरी) र दीपेन्द्रप्रसाद सिंह ‘जनकपुर टुडे’ (धनुषा), प्रदेश नं ३ बाट मन्दिरा थापा ‘नेपाल टेलिभिजन’ (दोलखा) र मनोज थापा ‘अर्थ नेपाल डटकम’ (नुवाकोट), गण्डकी प्रदेशबाट शान्ता कमली ‘नयाँपत्रिका दैनिक’ (लमजुङ) र छविलाल तिवारी ‘नागरिक दैनिक’ (पर्वत), प्रदेश नं ५ बाट केशर रोका ‘अन्नपूर्ण पोष्ट दैनिक’ (प्यूठान) र तेजेन्द्र केसी ‘दैनिकपत्र दैनिक’ (रुपन्देही)ले पाएका छन ।
यसैगरी, कर्णाली प्रदेशबाट नरजन तामाङ ‘नयाँपत्रिका दैनिक’ (हुम्ला) र गणेश विक ‘नागरिक दैनिक’ (रुकुम), प्रदेश नं ७ बाट गगन ऐडी ‘नयाँपत्रिका दैनिक’ (बाजुरा) र जगदीश रोकाय ‘अन्नपूर्ण पोष्ट दैनिक’ (बझाङ) र उपत्यका प्रदेशबाट संयुक्तरूपमा नीता सापकोटा ‘नेपाल टेलिभिजन’ (काठमाडौँ), केशव भुल ‘सिआइएन’ (काठमाडौँ) र रामु सापकोटा ‘हिमाल खबर पत्रिका’ (ललितपुर) लाई सो लेखनवृत्ति प्राप्त गरे।
यस्तै रु २० हजार राशिका ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ प्रदेश नं १ बाट ‘सामुदायिक रेडियो सोलु एफएम’ (सोलुखुम्बु), प्रदेश नं २ बाट ‘रेडियो निजगढ’ (बारा), प्रदेश नं ३ बाट ‘रेडियो तिनलाल’ (रामेछाप), गण्डकी प्रदेशबाट ‘मनास्लु एफएम’ (गोरखा), प्रदेश नं ५ बाट ‘रेडियो कृपालु’ (प्यूठान), कर्णाली प्रदेशबाट ‘चंखेली एफएम रेडियो’ (कालीकोट), प्रदेश नं ७ बाट ‘सेती सामुदायिक एफएम’ (बझाङ) र उपत्यका प्रदेशबाट ‘रेडियो राजधानी’ (काठमाडौँ) लाई प्रदान गरिएको थियो ।
राष्ट्रियस्तरका पत्रपत्रिका र टेलिभिजनलाई प्रदान गरिने रु २५ हजार राशिको ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ पत्रपत्रिकातर्फ ‘नागरिक दैनिक’ (काठमाडौँ) र टेलिभिजनतर्फ ‘इमेज टेलिभिजन’ (काठमाडौँ) लाई प्रदान गरिएको थियो भने अनलाइनतर्फको संस्थागत शिक्षा पत्रकारिता पुरस्कार ‘एजुकेशन न्यूज नेपाल डटकम’लाई प्रदान गरिएको थियो ।
प्रत्येक वर्ष महासंघ र शिक्षा विभागले शिक्षा क्षेत्रको विकासका लागि समाचार, सूचना र विचार प्रवाह गर्ने पत्रकार, एफएम रेडियो, पत्रपत्रिका र टेलिभिजनलाई प्रतिष्पर्धाका आधारमा पुरस्कार प्रदान गर्दै आएको हो ।
Comments
अरु समाचार
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...












