डा. केसीलाई बार्ताको लागि काठमाण्डाैँ ल्याउने तयारि: मन्त्रि पोखरेल
काठमाडौँ२९,असार।‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ रुपन्देहीमा कार्यरत पत्रकार कृष्ण मल्ललाई पुरस्कृत गरिएको छ ।
नेपाल पत्रकार महासंघमा आज आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ‘बुटवल टुडे’ र ‘शिक्षक मासिक’मा कार्यरत पत्रकार मल्ललाई रु ५१ हजार राशिको पुरस्कार प्रदान गरे ।
उनले पत्रकारले शिक्षाका क्षेत्रमा देखापरेका बढीभन्दा बढी विकृति विसंगति उठाउनुपर्नेमा जोड दिँदै यस्ता विसंगति हटाउन आफू लागिपर्ने धारणा व्यक्त गरे ।
मन्त्री पोखरेलले डा गोविन्द केसीका मागका सम्बन्धमा संसद्मा दर्ता भएको चिकित्सा शिक्षा विधेयकमा उल्लेखित चिकित्सा आयोगबाट सम्बोधन गरिने भएकाले उनलाई काठमाडौँमा ल्याएर वार्ता गर्ने तयारी भइरहेको समेत जानकारी गराए ।
डा. केसीको स्वास्थ्य अवस्थाबारे सरकार चिन्तित रहेकाले उनलाई काठमाडौँ ल्याउनका लागि टोली पठाउन लागिएको छ भन्दै उनले स्वास्थ्य संस्थाजस्तो संवेदनशील निकाय नै बन्द गरेर आन्दोलनमा उत्रिनु जायज नभएको बताए ।
शिक्षा मन्त्रालयका सचिव खगराज बरालले मन्त्रालय पत्रकारसँग मिलेर शिक्षाका समस्या समाधान गर्न अग्रसर भएकाले त्यस्ता समस्या उजागर गर्न आग्रह गरे।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले मल्लले पत्रकारिताको माध्यमबाट शिक्षा क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर गर्दै उनलाई सो पुरस्कार प्रदान गरिएको बताए ।
कार्यक्रममा मन्त्री पोखरेलले रु २० हजार राशिको ‘प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ आठ पत्रकारलाई प्रदान गरे । सो पुरस्कार पाउनेमा प्रदेश नं १ बाट निरोज कोइराला ‘रेडियो नेपाल÷हिमालय टाइम्स’ (भोजपुर), प्रदेश नं २ बाट कृष्ण सिग्देल ‘राजधानी दैनिक÷अनलाइन खबर’ (बारा), प्रदेश नं ३ बाट चमारसिंह लामा ‘सामुदायिक सूचना नेटवर्क’ (काभ्रेपलाञ्चोक) हुन ।
यसैगरी गण्डकी प्रदेशबाट पवन पौडेल ‘दमौली एफएम’ (तनहुँ), प्रदेश नं ५ बाट पार्वती पाण्डे ‘बुद्धदर्पण दैनिक’ (कपिलवस्तु),कर्णाली प्रदेशबाट मेघराज खड्का ‘कारोवार दैनिक’ (रुकुम), प्रदेश नं ७ बाट गोकर्ण दयाल ‘गोरखापत्र दैनिक’ (बैतडी) तथा उपत्यका प्रदेशबाट चन्द्र बानियाँ ‘रेडियो नेपाल’ (काठमाडौँ) पनि सो पुरस्कार प्राप्त गरेका थिए ।
प्रत्येक प्रदेशबाट दुईजना पत्रकारले ‘प्रादेशिक शिक्षा लेखनवृत्ति–२०७४’ प्राप्त गरेका छन छ । रु १५ हजार राशिको उक्त लेखनवृत्ति प्रदेश नं १ बाट रमेशचन्द्र अधिकारी ‘कान्तिपुर दैनिक’ (धनकुटा) र नारायणभक्त राई ‘ब्लाष्ट टाइम्स दैनिक’ (सुनसरी), प्रदेश नं २ बाट नगेन्द्रकुमार कर्ण ‘गोरखापत्र दैनिक’ (महोत्तरी) र दीपेन्द्रप्रसाद सिंह ‘जनकपुर टुडे’ (धनुषा), प्रदेश नं ३ बाट मन्दिरा थापा ‘नेपाल टेलिभिजन’ (दोलखा) र मनोज थापा ‘अर्थ नेपाल डटकम’ (नुवाकोट), गण्डकी प्रदेशबाट शान्ता कमली ‘नयाँपत्रिका दैनिक’ (लमजुङ) र छविलाल तिवारी ‘नागरिक दैनिक’ (पर्वत), प्रदेश नं ५ बाट केशर रोका ‘अन्नपूर्ण पोष्ट दैनिक’ (प्यूठान) र तेजेन्द्र केसी ‘दैनिकपत्र दैनिक’ (रुपन्देही)ले पाएका छन ।
यसैगरी, कर्णाली प्रदेशबाट नरजन तामाङ ‘नयाँपत्रिका दैनिक’ (हुम्ला) र गणेश विक ‘नागरिक दैनिक’ (रुकुम), प्रदेश नं ७ बाट गगन ऐडी ‘नयाँपत्रिका दैनिक’ (बाजुरा) र जगदीश रोकाय ‘अन्नपूर्ण पोष्ट दैनिक’ (बझाङ) र उपत्यका प्रदेशबाट संयुक्तरूपमा नीता सापकोटा ‘नेपाल टेलिभिजन’ (काठमाडौँ), केशव भुल ‘सिआइएन’ (काठमाडौँ) र रामु सापकोटा ‘हिमाल खबर पत्रिका’ (ललितपुर) लाई सो लेखनवृत्ति प्राप्त गरे।
यस्तै रु २० हजार राशिका ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ प्रदेश नं १ बाट ‘सामुदायिक रेडियो सोलु एफएम’ (सोलुखुम्बु), प्रदेश नं २ बाट ‘रेडियो निजगढ’ (बारा), प्रदेश नं ३ बाट ‘रेडियो तिनलाल’ (रामेछाप), गण्डकी प्रदेशबाट ‘मनास्लु एफएम’ (गोरखा), प्रदेश नं ५ बाट ‘रेडियो कृपालु’ (प्यूठान), कर्णाली प्रदेशबाट ‘चंखेली एफएम रेडियो’ (कालीकोट), प्रदेश नं ७ बाट ‘सेती सामुदायिक एफएम’ (बझाङ) र उपत्यका प्रदेशबाट ‘रेडियो राजधानी’ (काठमाडौँ) लाई प्रदान गरिएको थियो ।
राष्ट्रियस्तरका पत्रपत्रिका र टेलिभिजनलाई प्रदान गरिने रु २५ हजार राशिको ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७४’ पत्रपत्रिकातर्फ ‘नागरिक दैनिक’ (काठमाडौँ) र टेलिभिजनतर्फ ‘इमेज टेलिभिजन’ (काठमाडौँ) लाई प्रदान गरिएको थियो भने अनलाइनतर्फको संस्थागत शिक्षा पत्रकारिता पुरस्कार ‘एजुकेशन न्यूज नेपाल डटकम’लाई प्रदान गरिएको थियो ।
प्रत्येक वर्ष महासंघ र शिक्षा विभागले शिक्षा क्षेत्रको विकासका लागि समाचार, सूचना र विचार प्रवाह गर्ने पत्रकार, एफएम रेडियो, पत्रपत्रिका र टेलिभिजनलाई प्रतिष्पर्धाका आधारमा पुरस्कार प्रदान गर्दै आएको हो ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












