अन्तराष्ट्रिय गुणस्तरको स्वदेशी उत्पादन ‘पासपोर्ट’ मदिरा नेपाली बजारमा
काठमाडाैं ३०, असार । मोरङको चण्डिका डिस्टिलरी प्रा.लि.ले विगत एक महिना देखि अन्तराष्ट्रिय स्तरको गुणस्तरीय मदिरा ४० यूपिको ‘पासपोर्ट’ मदिरा नेपाली बजारमा ल्याएको छ ।
महंगो मूल्यको मदिरा मात्र गुणस्तरिय हुन्छ, सस्तो मूल्यको मदिरा राम्रो हुँदैन भन्ने मदिरा पारखीहरुको मनोविज्ञानलाई तोड्न चण्डिका डिस्टिलरीले फ्रान्सबाट स्ट्रिप र स्कटल्याण्डमा बनेको गुणस्तरीय माल्टको प्रयोग गरि स्वदेशमै ‘पासपोर्ट’ व्हीस्की उत्पादन गरेर नेपाली बजारमा ल्याएको छ । यो मदिरा विगत एक महिना देखि देशव्यापी रुपमा विक्रि वितरण भैरहेको छ ।
वर्ल्ड दरवार, ब्ल्याक चिम्नि, ८८४८, रेड लेवल, ब्ल्याक लेवल सरहको अन्तराष्ट्रिय गुणस्तरको मदिरा स्वदेशी उत्पादन कम्पनीकै खान पाउने भएका छन् ।
पासपोर्ट व्हीस्कीको क्वाटर अर्थात १८० मिलिलिटरको रु १८१, हाप वोतलको ३६२ र फूल वोतलको ७२४ रुपैयाँ पर्ने चण्डिका डिस्टिलरीका प्रबन्ध निर्देशक रवी केसीले बताएका छन् । यो मदिरा पिउने उपभोक्ताले भरपुर आनन्दको महसुस गर्ने, तिर्खा नलाग्ने, धेरै पानी प्रयोग नगरि पिउन सक्ने, टाउको नदुख्ने र विहान ह्याङ नहुने पासपोर्ट ह्विस्कीका पारखीले बताएका छन् ।
मदिरा उत्पादनमा नेपाल सरकारले वर्षेनी अन्तशूल्क वृद्वि गर्दै आएकाले मदिराको मूल्य वर्षेनी बृद्वि हुने भएकाले मध्यमस्तरीय उपभोक्ताले महंगो मूल्यमा उच्च गुणस्तरका मदिरा पिउन नसक्ने वर्तमान परिस्थितिलाई ध्यानमा राखि कम्पनीले फ्रान्समा निर्माण भएको धेरै पुरानो गुणस्तरीय कच्चा पदार्थ माल्ट आयात गरि उच्च गुणस्तरको पासपोर्ट व्हीस्की उत्पादन गरि नेपाली उपभोक्ता र मदिरा पारखीहरुलाई कम मूनाफा राखी विक्रि वितरण गरेर बजार प्रबन्ध गरिरहेको कम्पनीले दावी गरेको छ ।
पासपोर्ट व्हीस्की कम्पनीले दावी गरेजस्तै राम्रो स्वाद, स्मोथली, टाउको नदु:ख्ने, विहान ह्याङ नहुने, थोरै सितनमा पनि खान सकिने र सस्तो मूल्यमा पाइने भएकाले मध्यम आयस्तर भएका मदिरा प्रेमीवीच व्यापक लोकप्रिय भएको, आम उपभोक्ताहरुले रुचाएको पाइएको छ ।
यो रक्सीको स्वाद रेड लेवल, वर्ल्ड दरवार, ब्ल्याक चिम्नी जस्तै रहेको छ ।
Comments
अरु समाचार
-
पहिरोका कारण मुग्लिन–नारायणगढ सडक, बीपी राजमार्ग र पृथ्वी राजमार्ग अवरुद्ध
काठमाण्डौ । धादिङको कृष्णभीर, परेवाभीर, ज्यामिरेघाट लगायतका ठाउँमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम भैरहेको,...
-
कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
काठमाडौं । धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । गएराति ढुंगासहितको पहिरो खसेकाले राजमार्ग अवरुद्ध भएको हो...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












