परम्परागत विकासलाई रोक्नुपर्ने
काठमाडौँ ३२, असार । समयमा काम पूरा नगरेर बजेट सक्नका लागि आर्थिक वर्षको अन्त्यमा गरिने परम्परागत विकास निर्माणलाई रोक्नुपर्ने सहभागीले बताएका छन् ।
सञ्चार नेपालले आज यहाँ आयोजना गरेको ‘आर्थिक वर्षको अन्त्यमा थालिने विकास निर्माण र यसका प्रवाह’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले आवको अन्त्यमा गरिने विकास निर्माणले मुलुकको हितका लागि नभई बजेट सकाउनमात्र भएकाले त्यसलाई रोक्नुपर्ने बताए ।
कार्यक्रममा सांसद महेश बस्नेतले आवमा गरिने काम बजेट सक्नका लागिमात्र भएको बताए। उनले नीतिगत रुपमा नै आवको महिना परिवर्तन आवश्यक रहेको बताए ।
“हाम्रो आर्थिक वर्ष असार मसान्तमा सकिन्छ । असार मसान्तको केही दिनमा गरिने कार्यले विकास निर्माण राम्रोसँग गर्न सकिदैन”, उनले भने, “त्यसैले आर्थिक वर्षको महिना नै परिवर्तन गरेर वैशाख मसान्तलाई आर्थिक वर्षको अन्तिम महिना मान्नुपर्छ ।”
सांसद बस्नेतले विकास निर्माण राम्रोसँग नभएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अनुगमनलाई कडाइका साथ लागू गरिने बताए। उनले अहिलेको सरकारले शुरु गरेको समृद्ध नेपालको अभियानलाई सार्थकता दिनका लागि विकास निर्माणको बाधकका रुपमा रहेका वातावरण र वनसम्बन्धी कानूनलाई संशोधन गर्न आवश्यक रहेको धारणा राखे ।
“कुनै ठाउँको विकास निर्माण गर्न थाल्यो भने वातावरण र वनसम्बन्धी कानूनले काम गर्न दिँदैन”, उनले भने, “त्यस्ता कानूनलाई संशोधन गरेर विकास निर्माण सहज किसिमले गर्न पाउने वातावरण निर्माण गर्नुपर्यो ।”
उनले सर्वोच्च अदालतले दिने आदेशले पनि विकास निर्माणको काममा ढिलासुस्ती भएको भन्दै शक्तिशाली विकास निर्माण आयोग बनाएर काम गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले असार मसान्तसम्म ७७ प्रतिशतमात्र विकासतर्फ पूँजीगत खर्च भएकाले पर्याप्त मात्रामा खर्च हुन नसकेको बताए ।
उहाँले विकास आयोजनालाई नतिजामुखी बनाउन र समयमा पूरा गरे÷नगरेको चाँडै अनुगमनमाथि अनुगमन गर्न थालिएको बताए ।
कतिपय काम अन्तिम समयमा गर्नाले विकास निर्माणमा राम्रोसँग हुन नसकेकाले अब त्यसो गर्नेलाई निरुत्साहित गरिने उनले बताए ।
कार्यक्रममा महालेखा परीक्षक कार्यालयका पूर्व परीक्षक सुकदेव भट्टराईले नेपालमा समयमै आयोजना सम्पन्न गर्नमा समस्या भएकाले सुधार गर्नुपर्ने बताए । उनले समयमा आयोजना सम्पन्न नहुँदा राज्यलाई खर्बाैंको नोक्सान भएकाले निरन्तर अनुगमन गरेर समयमा नै आयोजना सम्पन्न गराउनुपर्ने बताए ।
कार्यक्रममा अलि अस्गर मिकरानीले असार मसान्तमा काम परम्परालाई बन्द गर्नुपर्ने बताए । प्रशासनिक पत्रकार मञ्चका अध्यक्ष सागर पण्डितले एक हप्तामा रु ५० अर्बको विकास निर्माण हुने भन्दै यसलाई रोक्नुपर्ने बताए। उनले समृद्ध नेपाल बनाउनका लागि विकास निर्माणको काम आर्थिक वर्ष शुरु हुँदा नै गर्नुपर्ने धारणा राखे।
प्रेस काउन्सिल नेपालका सदस्य गोविन्द चौलागाईं र उपभोक्ता मञ्च नेपालका रञ्जन खनालले विकास निर्माण गर्दा नियमित अनुगमन हुनुपर्नेमा जोड दिए
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











