परम्परागत विकासलाई रोक्नुपर्ने
काठमाडौँ ३२, असार । समयमा काम पूरा नगरेर बजेट सक्नका लागि आर्थिक वर्षको अन्त्यमा गरिने परम्परागत विकास निर्माणलाई रोक्नुपर्ने सहभागीले बताएका छन् ।
सञ्चार नेपालले आज यहाँ आयोजना गरेको ‘आर्थिक वर्षको अन्त्यमा थालिने विकास निर्माण र यसका प्रवाह’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले आवको अन्त्यमा गरिने विकास निर्माणले मुलुकको हितका लागि नभई बजेट सकाउनमात्र भएकाले त्यसलाई रोक्नुपर्ने बताए ।
कार्यक्रममा सांसद महेश बस्नेतले आवमा गरिने काम बजेट सक्नका लागिमात्र भएको बताए। उनले नीतिगत रुपमा नै आवको महिना परिवर्तन आवश्यक रहेको बताए ।
“हाम्रो आर्थिक वर्ष असार मसान्तमा सकिन्छ । असार मसान्तको केही दिनमा गरिने कार्यले विकास निर्माण राम्रोसँग गर्न सकिदैन”, उनले भने, “त्यसैले आर्थिक वर्षको महिना नै परिवर्तन गरेर वैशाख मसान्तलाई आर्थिक वर्षको अन्तिम महिना मान्नुपर्छ ।”
सांसद बस्नेतले विकास निर्माण राम्रोसँग नभएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अनुगमनलाई कडाइका साथ लागू गरिने बताए। उनले अहिलेको सरकारले शुरु गरेको समृद्ध नेपालको अभियानलाई सार्थकता दिनका लागि विकास निर्माणको बाधकका रुपमा रहेका वातावरण र वनसम्बन्धी कानूनलाई संशोधन गर्न आवश्यक रहेको धारणा राखे ।
“कुनै ठाउँको विकास निर्माण गर्न थाल्यो भने वातावरण र वनसम्बन्धी कानूनले काम गर्न दिँदैन”, उनले भने, “त्यस्ता कानूनलाई संशोधन गरेर विकास निर्माण सहज किसिमले गर्न पाउने वातावरण निर्माण गर्नुपर्यो ।”
उनले सर्वोच्च अदालतले दिने आदेशले पनि विकास निर्माणको काममा ढिलासुस्ती भएको भन्दै शक्तिशाली विकास निर्माण आयोग बनाएर काम गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले असार मसान्तसम्म ७७ प्रतिशतमात्र विकासतर्फ पूँजीगत खर्च भएकाले पर्याप्त मात्रामा खर्च हुन नसकेको बताए ।
उहाँले विकास आयोजनालाई नतिजामुखी बनाउन र समयमा पूरा गरे÷नगरेको चाँडै अनुगमनमाथि अनुगमन गर्न थालिएको बताए ।
कतिपय काम अन्तिम समयमा गर्नाले विकास निर्माणमा राम्रोसँग हुन नसकेकाले अब त्यसो गर्नेलाई निरुत्साहित गरिने उनले बताए ।
कार्यक्रममा महालेखा परीक्षक कार्यालयका पूर्व परीक्षक सुकदेव भट्टराईले नेपालमा समयमै आयोजना सम्पन्न गर्नमा समस्या भएकाले सुधार गर्नुपर्ने बताए । उनले समयमा आयोजना सम्पन्न नहुँदा राज्यलाई खर्बाैंको नोक्सान भएकाले निरन्तर अनुगमन गरेर समयमा नै आयोजना सम्पन्न गराउनुपर्ने बताए ।
कार्यक्रममा अलि अस्गर मिकरानीले असार मसान्तमा काम परम्परालाई बन्द गर्नुपर्ने बताए । प्रशासनिक पत्रकार मञ्चका अध्यक्ष सागर पण्डितले एक हप्तामा रु ५० अर्बको विकास निर्माण हुने भन्दै यसलाई रोक्नुपर्ने बताए। उनले समृद्ध नेपाल बनाउनका लागि विकास निर्माणको काम आर्थिक वर्ष शुरु हुँदा नै गर्नुपर्ने धारणा राखे।
प्रेस काउन्सिल नेपालका सदस्य गोविन्द चौलागाईं र उपभोक्ता मञ्च नेपालका रञ्जन खनालले विकास निर्माण गर्दा नियमित अनुगमन हुनुपर्नेमा जोड दिए
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












