चितवनमा तीनपाङ्ग्रे सवारी सञ्चालनमा रोक
चितवन, १ साउन । भरतपुर महानगरपालिकाले आफ्नो क्षेत्रमा सवारी दुर्घटना बढाएको जनाउँदै मुख्य शहरी क्षेत्रमा तीनपाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाएको छ ।
यही साउन ५ गतेदेखि राजमार्ग, बाइपास सडक र मुख्य शहरी क्षेत्रमा दिउँसो र राति तीनपाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाइएको हो । जेठ अन्तिम साता नै सर्वदलीय बैठकले उक्त निर्णय गरेको थियो ।
महानगरपालिका प्रमुख रेणु दाहालले केही सीमित ठाउँबाट बाटो काट्न दिइने भए पनि पोखरा बसपार्क, पुल्चोक, शहीदचोक, लायन्सचोक, क्याम्पस गेट, चौबीसकोठी, हाकिमचोक, बसपार्क चोक हुँदै वाइपास सडक तथा नारायणगढ बजारको मिलनरोडलगायत मुख्य शहरी क्षेत्रमा तीनपाङ्ग्रे सञ्चालनमा रोक लगाइएको बताइन् । भित्री सडकमा भने तीनपाङ्ग्रे सञ्चालन गर्न सकिने छ ।
महानगरपालिकाका इञ्जिनीयर विराट घिमिरेले इ–रिक्सा, ट्याम्पो, अटो रिक्साजस्ता तीनपाङ्ग्रे सवारीलाई निषेध गरिएकाले प्रमुख शहर र बजार क्षेत्र व्यवस्थित हुने बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जिल्लामा पाँच हजार हाराहारीमा तीनपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रहेको र यसबाट धेरै दुर्घटना हुने गरेको छ भन्दै उनले सीमित ठाउँबाट बाटो काट्न दिएर राजमार्ग र वाइपास सडकमा सञ्चालनमा रोक लगाइएको बताए ।
तीनपाङ्ग्रे सवारी साधनले जथाभावी बाटो काट्ने, साइड नदिने, तीव्र गतिमा चलाउने जस्ता कारणले जिल्लामा हुने बढी दुर्घटना हुने गरेको छ । महानगरपालिकाका उपप्रमुख पार्वती शाहले मुख्य शहरी क्षेत्रमा फुटपाथ बन्नाका साथै कार पार्किङ व्यवस्थापन भएपछि बजार व्यवस्थित हुने बताइन् । केही समयपछि मोटरसाइकल पार्किङ पनि व्यवस्थित गराइने बताइएको छ ।
Comments
अरु समाचार
-
सुकुम्वासीको डिजिटल लगत के हो ? धमाधम संकलन गर्दै सरकार
काठमाण्डौ - सरकारले सुकुम्वासी तथा भूमिहीनहरूको समस्या समाधान गर्न एकीकृत डिजिटल लगत सङ्कलन गर्ने भएको छ । काठमाण्डौ उपत्यकाका भूमिहीन...
-
अन्तिम कारोबार दिन पनि बढेर रोकियो नेप्से, २७ अंकले बढ्दा तीन अर्ब २८ करोडको शेयर किनबेच
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि नेप्से बढेर रोकिएको छ । अघिल्लो दिन छ दशमलव ९४ अंकले...
-
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
भरतपुर । सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसेपछि आज...
-
भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा गरे प्रदर्शन
बुटवल । बुटवलमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा प्रदर्शन गरेका छन् । नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासी संघर्ष...
-
समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु गरेको छ । समितिका अनुसार, बुधबार...
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
काठमाडौंस्थित नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम शुरु
काठमाडौं । काठमाण्डौका नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम आज आज (शुक्रबार) देखि शुरु भएको छ ।...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...












