राष्ट्रिय बाणिज्य बैंक र नेको इन्सुरेन्सबीच बैंकासुरेन्स संझौता सम्पन्न, बैंकका सबै ग्राहकले बीमा सेवा पाउने
काठमाडाैं ३, साउन । नेको इन्सुरेन्स लि. र राष्ट्रिय बाणिज्य बैंकबीच बैंकासुरेन्स संझौता भएको छ ।
नेको इन्सुरेन्स र राष्ट्रिय बाणिज्य बैंककाबीच भएको बैंकासुरेन्स संझौताले देशभर रहेका दुई सय बढी बैंकका शाखाका ग्राहकले नेकोबाट सहज रुपमा बीमा सेवा पाउने नेको इन्सुरेन्सले जनाएको छ ।
नेको इन्सुरेन्सले सेवा विस्तार गर्दै नेपालको एकमात्र सरकारी पूर्ण स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक मुख्य प्रवर्द्धक रहने गरि बैंकासुरेन्स गरेको हो ।
सम्झाैतामा नेको इन्सुरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री विश्वराम तिमिला तथा राष्ट्रिय बाणिज्य बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री किरण कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
२४ वर्ष अघि राष्ट्रिय बाणिज्य बैंक मूख्य प्रवर्द्धक रही स्थापना भएको नेको इन्सुरेन्स लि. ले बिगत २२ बर्षदेखि निरन्तर रुपमा ग्राहकको सेवामा समर्पित रही बीमा बजारमा अग्रणी भूमिका खेल्दै आएको छ ।
हाल कम्पनीको प्रवर्द्धकमा राष्ट्रिय बाणिज्य बैंकको २०५, कृषि विकास बैंकको १.६५, महतो समूहको २२५, बिनायक समूहको १३५ शेयर स्वामित्व रहेको छ भने यस कम्पनीले नियामक निकायले तोकेको पूँजी कायम गरी १ अर्व १७ करोड चुक्ता पूँजी पु¥याएको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












