अस्थिर राजनीतिकमा रमाउने बानि भएका वर्गलाई यो स्थिरता मन परेन:अध्यक्ष प्रचण्ड
काठमाण्डाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले देश निर्मानणको महाअभियान लम्किरहेको सरकार झिनामसिना अनाबश्यक कुरामा अल्झेर कसैको अगाडी नझुक्ने बताएका छन् । राजधानीमा आयोजित नेत्रहीन संघको रजत महोत्सव र पर्यटन व्यवसायीसँगको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएको हो ।
अध्यक्ष प्रचण्डले भने, ‘सानातिना कुराले अनावश्यक ढंगले वातावरण नखलबलियोस भन्ने सोचेका छाै। कसैको माग र जिद्धिका अगाडि सरकार झुक्ने कुरा सम्भव छैन । जिद्धी कसेर यही हुनुपर्छ भन्ने कुरा प्रजातन्त्र होइन ।’
अध्यक्ष प्रचण्डले अराजकता र अस्थिरताको संस्कृतिमा रमाउने बानि भएका वर्गलाई यो राजनीतिक स्थिरता मन नपरेको आरोपसमेत लगाए । ‘अस्थिरता र अराजकतामा रमाउनेहरु र अस्थिरता र अराजकताबाट ब्रम्हलुट मच्चाएर करोडौं, अर्बौं कुम्ल्याउनेहरु अहिले त्यति खुसी छैनन्’, उनले भने ।
साथैं, उनले विकास र समृद्धिको कदमलाइ अवरोध गर्ने कुरा प्रजातन्त्र नभएको बताए । अध्यक्ष प्रचण्डले नकारात्मक ढंगबाट राजनीति गर्नेहरुलाई निरुत्साहीत गर्ने र स्थिरता र समृद्धिको वातावरण बनाउने तिर पार्टी र सरकार केन्द्रित भएको बताए ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












