ताजा समाचार

अस्थिर राजनीतिकमा रमाउने बानि भएका वर्गलाई यो स्थिरता मन परेन:अध्यक्ष प्रचण्ड

काठमाण्डाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले देश निर्मानणको महाअभियान लम्किरहेको सरकार झिनामसिना अनाबश्यक कुरामा अल्झेर कसैको अगाडी नझुक्ने बताएका छन् । राजधानीमा आयोजित नेत्रहीन संघको रजत महोत्सव र पर्यटन व्यवसायीसँगको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएको हो ।

अध्यक्ष प्रचण्डले भने, ‘सानातिना कुराले अनावश्यक ढंगले वातावरण नखलबलियोस भन्ने सोचेका छाै। कसैको माग र जिद्धिका अगाडि सरकार झुक्ने कुरा सम्भव छैन । जिद्धी कसेर यही हुनुपर्छ भन्ने कुरा प्रजातन्त्र होइन ।’

अध्यक्ष प्रचण्डले अराजकता र अस्थिरताको संस्कृतिमा  रमाउने बानि भएका वर्गलाई यो राजनीतिक स्थिरता मन नपरेको आरोपसमेत लगाए । ‘अस्थिरता र अराजकतामा रमाउनेहरु र अस्थिरता र अराजकताबाट ब्रम्हलुट मच्चाएर करोडौं, अर्बौं कुम्ल्याउनेहरु अहिले त्यति खुसी छैनन्’, उनले भने ।

साथैं, उनले विकास र समृद्धिको कदमलाइ  अवरोध गर्ने कुरा प्रजातन्त्र नभएको बताए । अध्यक्ष प्रचण्डले नकारात्मक ढंगबाट राजनीति गर्नेहरुलाई निरुत्साहीत गर्ने र स्थिरता र समृद्धिको वातावरण बनाउने तिर पार्टी र सरकार केन्द्रित भएको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org