भियतनाममा आँधी र बाढी, १० जनाको मृत्यु, कैयौँ बेपत्ता
हनोई, ६ साउन । मध्य र उत्तरभियतनाममा भारी वर्षापछि आएको बाढी र आँधीका कारण ठूलो जनधनको क्षति भएको बताइएको छ ।
बाढीमा परी कम्तीमा पनि दश व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन् । त्यसैगरी सो आँधीका कारण अरु कैयौँ व्यक्ति हराएका छन् ।
दक्षिण पश्चिमी एसियाली यस राष्ट्रमा मौसमी बर्षा र आँधीमा परी बर्षेनी सयौँ व्यक्तिको मृत्यु हुने गरेको छ ।
भियतनाममा यस वर्षको शुरुदेखि हालसम्म आएको यो तेस्रो पटकको आँधी हो । बुधबारबाट आएको यस आँधीको नाम ‘सन टिन्ह’ रहेको बताइएको छ ।
भारी वर्षाका कारण राजधानी हनोइदेखि लिएर देशका सबै क्षेत्रमा बाढी आएको छ । साथमा आँधी पनि आएको छ । जसका कारण उद्धारको काम हुन सकिरहेको छैन ।
प्राप्त पछिल्लो समाचारअनुसार भियतनामको उत्तरी पहाडी प्रान्त येन बाई र तान्ह होआमा प्रकोपले बढी क्षति पु¥याएको छ ।
यी प्रान्तमा नै १० व्यक्तिको मृत्यु भएको छ । साथै उक्त प्रान्त र अरु क्षेत्रमा गरी अन्य ११ जना वेपत्ता भएका छन् ।
हाल जारी प्रकोपका कारण करिब चार हजार घर भत्किएका छन् भने हजारौँ हेक्टर खेती लगाएको जमीन नै बगाएको छ ।
मौसमविद्ले अझै पनि भारी वर्षा हुने अनुमान गरेका छन् । गत वर्ष पनि भियतनाममा जारी प्राकृतिक प्रकोपका कारण ३८९ व्यक्तिको मृत्यु भएको थियो ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












