निजि मेडिकल कलेज राष्ट्रियकरणको पक्षमा सत्तारुढ नेकपाकै भ्रातृसंगठन
काठमाण्डाैँ ७, साउन । नेकपाका चार भ्रातृसंस्थाले निजी क्षेत्रबाट सञ्चालित सम्पूर्ण मेडिकल कलेजलाई राष्ट्रियकरण वा गैरनाफामुखी बनाउन माग गरेका छन् ।
वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा, युवा संघका अध्यक्ष रमेश पौडेल, अनेरास्ववियुकी अध्यक्ष नवीना लामा र अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले नौबुँदे संयुक्त विज्ञप्ति जारी गर्दै सबै मेडिकल कलेज राष्ट्रियकरण गर्न माग गरेका हुन् ।
स्वास्थ्यलाई राज्यको मौलिक हकका रूपमा गरिएको संवैधानिक ग्यारेन्टीको प्रावधानअनुसार निजी मेडिकल कलेजलाई राष्ट्रियकरण वा गैरनाफामुखी ट्रस्टमा रूपान्तरण गर्न माग गरिएको विज्ञप्तिमा उल्लेख छ ।
सबै प्रदेशमा सुविधासम्पन्न सरकारी शिक्षण अस्पतालको सञ्चालन, चिकित्सा शिक्षाभित्रको छात्रवृत्तिलाई न्यून आय, गरिब र लक्षित समुदाय आधारित बनाई त्यसलाई पारदर्शी ढंगले वितरण गर्न पनि माग गरिएको छ ।
स्वास्थ्य संस्थाजस्तो संवेदनशील क्षेत्रमा बन्द, हडताल गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाउन पनि उनीहरूले माग छ । जनताको करबाट तलब खाने, तर जनतालाई सेवा नदिनेलाई तत्काल कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।
Comments
अरु समाचार
-
कांग्रेस नेता डा. शेखर कोइराला समूहको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक बस्दैछ । कोइरालाले आफ्नो समूहको बागमती प्रदेशस्तरी भेला बोलाएका हुन्...
-
अध्यादेश सम्बन्धमा संविधानविद्हरूसँग राय लिँदै राष्ट्रपति पौडेल
काठमाडौं । सरकारले संसद् रोकेर एकैपटक ६ वटा अध्यादेश सिफारिस गरेपछि अप्ठेरोमा परेका राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुविद्हरूसँग परामर्श...
-
कांग्रेस सभापति गगनले सरकारलाई दिए चेतावनी, भने- रवैया देखाइरहे मुठी कसेर सडकमा आउँछौँ
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले मधेशका जनताको अधिकार खोसेको बताएका छन्। सर्लाही पुगेका थापाले पार्टीको कार्यक्रममा...
-
सम्पत्ति छानविन आयोगको टीओआर तयार: “महाअभियाेग लागेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेरदेखि लोकमानसिंह कार्की र दीप बस्न्यातसम्म आयाेगकाे राडारमा”
सम्पत्ति छानविन आयोगको टीओआर तयार: "महाअभियाेग लागेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेरदेखि लोकमानसिंह कार्की र दीप बस्न्यातसम्म आयाेगकाे राडारमा” काठमाडाैं । वालेन्द्र...
-
एमाले प्रमुख सचेतकमा सांसद ऐनबहादुर महर
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) संघीय संसदीय दलले प्रतिनिधिसभाका सदस्य ऐनबहादुर महरलाई प्रमुख सचेतकमा मनोनयन गरेको छ।संघीय संसदीय दलको कार्यालय...
-
आज २०औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाण्डौ । आज २०औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । वि.सं २०६३ वैशाख ११ गते तत्कालीन राजा...
-
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित
काठमाडौं । सरकारले संसद् अधिवेशन स्थगन गर्न भन्दै राष्ट्रपति कार्यालयमा अर्को सिफारिस गरेको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसारको...
-
आचारसंहिता कार्यान्वयन गर्न सरकारले कर्मचारीलाई दियो निर्देशन
काठमाडौं । संघीय मामिला तथा प्रशासन मन्त्रालयले कर्मचारीहरुलाई आचारसंहिता कार्यान्वयन गर्न निर्देशन जारी गरेको छ । संघीय मामिला तथा प्रशासन...
-
स्वार्थको द्वन्द देखिने गरि गृहमन्त्री गुरुङ पदासिन भएका हुन् ?
काठमाडौँ । विचौलिया दिपक भट्ट र शंकर समुहसँग पार्टनरसिप लिएका गृहमन्त्री सुधन गुरुङ ‘स्वार्थको द्वन्द देखिने’ गरि पदासिन रहेको पाइएको...












