हाँस्दै प्रवेश गरेका मन्त्री जब भावुक हुदैँ भने-“देश र जनताका लागि राजीनामा”
काठमाडौं ९,साउन । कानुनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन् । नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि उनले मंगलबार राजीनामा दिएका हुन् ।
दिउँसो २ बजेपछि मन्त्रालयमा पत्रकार सम्मेलन सुरु भयो । तामाङसँगै उपस्थिति थिइन् पत्नी उषकला राई । हाँस्दै पत्रकार सम्मेलनमा प्रवेश गरेका तामाङले आफ्ना कुरा पनि हाँस्दै राखे । मन्त्रालय सम्हालेको छोटो समयमा आफूले गरेको कामको फेहरिस्त सुनाए । ३ असोजसम्म सबै कानुन बनाउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार काम गरेको बताए । मौलिक हकसँग सम्बन्धित १५ वटा कानुन बनेर अगाडि बढिसकेको जानकारी दिए ।
सार्वजनिक पद धारण गरेका सबैले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानुन मन्त्रिपरिषदमा दर्ता भइसकेको, प्रदेश तहलाई १७ वटा कानुन बनाएर पठाएको, स्थानीय तहका न्यायिक समितिका लागि आवश्यक कानुन पनि पठाइसकेकोलगायतको प्रगति सुनाउँदै गर्दा उनी रोकिए । यी सबै कामहरू अन्तत्वगत्वा‘भन्दै भावुक बनेका उनी केहीबेर बोल्न सकेनन् । उनका आँखाबाट आँशु झर्न थाल्यो ।
सुशासन कायम गर्न र भ्रष्ट्राचार अन्त्य गर्न कानुनमा सुधार गर्नुपर्ने आफ्नो मान्यता रहेकाले सोहिअनुसारको कानुन बनाउने काम गरेको बताए । समयमा सम्पति विवरण नबुझाउने २५ जना न्यायाधिसलाई ५ हजारका दरले जरिवाना लगाउने न्यायपरिषदबाट निर्णय गराइएको बताए ।
आफुले मन्त्रीपदमा रहेर गरेका प्रगतिबारे जानकारी गराउनेक्रममा उनले यी सबै कामहरू अन्तत्वगत्वा….। भन्दै पुनः भावुक भए । पटक पटक आँशु पुछ्दै बोल्ने प्रयत्न गरेपनि उनको गला अवरुद्ध भइरह्यो । अन्ततः सम्हालिएर बोल्दै उनले समयसिमा भित्रै मौलिक हक कार्यान्वयन गर्ने कानुन बन्ने दृढता व्यक्त गरे ।
सिन्धुपाल्चोकको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद तामाङले गत २ चैतमा मन्त्रीको रुपमा सपथ लिएका थिए
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












