सगरमाथामा फोहर बढ्यो, सरोकारवाला निकाय चिन्तित
काठमाण्डाैँ ९, साउन । विश्वव्यापी तापमान र जलवायु प्रदूषणको प्रभावले सर्वोच्च शिखर सगरमाथासहितका हिमालमा परेको प्रभावप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)ले मंगलबार आयोजना गरेको सफा सगरमाथा अभियान विषयक अन्तक्र्रियाका वक्ताले नेपालको पर्यटन प्रवद्र्धनमा हिमालको पहिलो भूमिका भएकाले तीनको संरक्षणमा र सफाइको लागि प्रभावकारी कार्यक्रम ल्याइनुपर्ने खाँचो औँल्याइयो ।
नेपालको पहिचान सगरमाथा भए पनि सगरमाथाको फोहर र वावातवरणीय समस्याका कारण सगरमाथालगायत अन्य हिमाल जोखिममा पर्दै गएको उनीहरुको धारणा थियो ।
कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले लागि सगरमाथा र अन्य हिमालको संरक्षण र सम्वद्र्धन बिना नेपालको पर्यटनले गति लिन नसक्ने बताए ।
उनले सरकारले सन् २०१८ लाई स्वच्छ नेपाल अभियान शुरु गरिसकेको जानकारी दिँदै सफा सगरमाथाको लागि महाभियान चलाइने उद्घोष गरे । नेपालको आफ्नो कारणले मात्र नभई विश्वव्यापी समस्याका कारण नेपालले पनि त्यसको असर भोग्न परेको भन्दै मन्त्री बस्नेतले यस विषयमा विकसित राष्ट्रसँग आफ्ना कुरा राख्ने र नेपालले त्यसबाट लिन सक्ने फाइदाबारे सरकारले पहल गर्ने उल्लेख गरे ।
नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङछिरिङ शेर्पाले जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण नेपालका हिमनदी जोखिममा रहेको र यसले नेपाली जनजीवनलाई असर गरिरहेको बताए ।
उनले सगरमाथाको सरसफाइ चुनौतीपूर्ण कार्य भएको बताउँदै आफूहरुले व्यक्तिगत पहलमा फोहर संकलन गर्दै आएको बताए । नेपाल वायुसेवा निगमका सञ्चालक समिति सदस्य निमानरु शेर्पाले नेपालको पहिचाननै सगरमाथा भएकाले यसको सफाइ आवश्यक भएको बताए । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल) का अध्यक्ष कमल सापकोटाले नेपाल गाउँ नै गाउँको देश भएको हुनाले ग्रामीण पर्यटनको विकासमा ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा सगरमाथा आरोही कल्पना महर्जनले आफूले सगरमाथा अरोहण गर्दा देखेको फोहरले गर्दा सफा सगरमाथा अभियान शुरु गर्न लागिएको बताए ।
नाटोजका अध्यक्ष शिव अधिकारीले सगरमाथा सफाइ अभियानलाई राष्ट्रियरुपमा अघि बढाइनुपर्नेमा जोड दिए ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












