अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) एकता गर्न तीन यस्तो बन्यो उपसमिति (नामसहित)
काठमाडाैं १०, साउन । पार्टी एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) बीच एकता गर्न तीन उपसमिति गठन गरिएको छ ।आज बसेको दुई विद्यार्थी एकता कार्यदलको बैठकले राजनीतिक तथा शैक्षिक कार्यदिशा निर्माण, विधान मस्यौदा र संगठन समायोजन उपसमिति गठन गरेको अनेरास्ववियुका अध्यक्ष नवीना लामाले बताइन् ।
उपसमितिलाई १० दिनभित्रमा कार्यदललाई प्रतिवेदन बुझाउन भनिएको छ । उपसमितिले प्रतिवेदन बुझाएपछि एकता प्रक्रियालाई अन्तिम रुप दिइनेछ ।
क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतका अनुसार राजनीतिक तथा शैक्षिक उपसमितिमा अनेरास्ववियुबाट महेश बर्तौला, शैलेश लामा, ओसिम आलम, मकर खड्का र झपीन्द्र खत्री तथा क्रान्तिकारीबाट तिलकराज भण्डारी, पञ्चा सिंह, रविकिरण यादव, मिलन एमसी र तुकमान महरा रहेका छन् । विधान मस्यौदा उपसमितिमा अनेरास्ववियुबाट रश्मी आचार्य, सुनिता बराल, आरसी लामिछाने र सुदेश पराजुली तथा क्रान्तिकारीबाट सुरेन्द्र बस्नेत, दीपक देवकोटा, विजय गौतम र दीपेश पुन रहेका छन् ।
संगठन समायोजन उपसमितिमा अनेरास्ववियुबाट ऐन महर, आरती लामा, समिक वडाल र सुदर्शन शिवाकोटी तथा क्रान्तिकारीबाट उत्तम अधिकारी, दीपक जोशी, इन्द्र भुसाल र जिपी मैनाली रहेका छन् ।
कार्यदलमा तत्कालीन नेकपा एमालेबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा अनेरास्ववियुका इन्चार्ज रवीन्द्र अधिकारी र अनेरास्ववियुका अध्यक्ष तथा सांसद नवीना लामा एवम् क्रान्तिकारीबाट अध्यक्ष रञ्जित तामाङ र क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्ल रहेका छन् । पार्टी एकता भएको तीन महिनाभित्र भातृसंगठन एकता गर्ने नेकपाले जनाएको थियो ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












