देशकै जेठो वीर अस्पताल १२९ औं वर्ष प्रबेश
काठमाण्डाै १२, साउन । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले आजबाट १२८ औं वसन्त पार गरेको छ । साउन १२ बाट वीर १२९ औं वर्षमा प्रवेश गरेको हो ।
सर्वसाधारण जनताका लागि भनेर श्री ३ वीर शमशेरले १९४६ साल साउन १२ गते स्थापना गरेको वीर अस्पताल मुलुककै सबैभन्दा जेठ र ठूलो अस्पताल हो ।
विगत दुई वर्षदेखि वीर अस्पतालले सर्वसाधारणको उपचारमा थप सेवा र सुविधाका साथै प्रविधि थप्दै लगेको छ । ६ सय बेडको अत्याधुनिक अस्पताल भवन निर्माणसमेत शुरु भएको छ ।
डा. भूपेन्द्र बस्नेत निर्देशक बनेसँगै अत्याधुनिक प्रविधिको विस्तार र सेवा पनि विस्तार भएको वीरमा छाती, बाथ रोग र हेमाटोलोजीसम्बन्धी विशेषज्ञ सेवा शुरु भएको छ ।
इमर्जेन्सी विस्तार कार्य भइरहेको छ भने इमजेन्सीलाई पेपरलेस बनाउने प्रक्रिया पनि अगाडि बढेको छ । रक्तक्यान्सर सेवा, क्यान्सर स्क्यानिङ सेवा, २४ घण्टा नै हेमोडाइलाइसिस सेवा र एचाईभी तथा हेपाटाइटिस पोजेटिभ बिरामीको पनि डाइलोसिस सेवा शुरु भएको अस्पताल प्रशासनले जनाएको छ ।
पछिल्लो समय वीर अस्पतालको टिकट काउन्टरलाई डिजिटलाइज गराइएको छ भने रिफर भएर आउने बिरामीको लागि छुट्टै विशेषज्ञ टिकटको व्यवस्था पनि गरिएको छ । दुईवटा सिटीस्क्यान मेसिन जडान भइसकेको छ । त्यस्तै एमआरआई सेवा सञ्चालनमा आएको छ । एबीजी सेवा, इमर्जेन्सीमा अत्याधुनिक मेसिन जडान भएको स्थापना दिवसका अवसरमा अस्पतालले जनाएको छ ।
नेपालमा नै नभएको ग्याँस्टो.मेडिसिनको एलास्ट्रोग्राफी, आन्द्रा तथा खाना नलीको रोग पत्ता लगाउने म्यामोम्याट्री, कलेजोको कडापन पत्ता लगाउने फाइब्रोस्क्यान, फोक्सोमा मेसिन घुसाएर भिडियो एक्सरे गर्ने इबस सेवा पनि वीरमा शुरु भएका छन् ।
त्यसैगरी वीरले क्यान्सर रेडियसन थेरापीका लागि अत्याधुनिक कोबाल्ट मेसिन खरिद प्रक्रिया अगाडि बढाएको अस्पतालले जनाएको छ ।
म्ुलुकभर स्वास्थ्य बीमा लागू भएसँगै वीरले पनि स्वस्थ्य वीमा सेवा लागू गरेको छ । वीरले आफ्नै अत्याधुनिक २४ घण्टे औषधि पसल पनि शुरु गरेको छ । सामाजिक अभियन्ताहरुको सहयोगमा वीर अस्पताल रङ्रोगन गरी आकर्षित बनाइएको छ । वीर अस्पतालको इमर्जेन्सी कक्षको अगाडि पुरानो नर्सिङ क्याम्पस भएको स्थानमा १७ रोपनी जग्गामा ६५० शैयाको अन्तर्राष्ट्रिय मापदण्डको भवन निर्माण शुरु भइसकेको छ भने भक्तपुरको दुवाकोटमा रहेको ५७० रोपनी जग्गामा १००० शैयाको अस्पताल निर्माणका लागि प्रक्रिया अगाडि बढेको छ ।
जापान सरकारको सहयोगमा पुरानो आईसीयू पछाडि अत्याधुनिक सेवा प्रदान गर्नका लागि १०० शैयाको छ्ट्टै भवन निर्माण भइरहेको छ । उक्त निर्माण कार्यको ४० प्रतिशत काम समाप्त भएको छ । उक्त भवनमा ३०–४० वेडको आईसीयू निर्माण हुने हुँदा आईसीयूको समस्या केही हदसम्म भए पनि कम हुने देखिन्छ ।
आर्थिक वर्ष ०७२÷०७३ मा तीन लाख १० हजार एक सय छ विरामीले वीरबाट उपचार सेवा पाएकोमा ०७३÷०७४ तीन लाख ८३ हजार छ सय ८३ विरामीले सेवा पाएका थिए । त्यसैगरी गएको आर्थिक वर्ष २०७४÷०७५ मा भने वीरबाट चार लाख एक हजार दुई सय नौ जनाले उपचार सेवा पाएको अस्पतालले जानकारी द्यिएको छ ।
सेवा र सुबिधा विस्तारसँगै विरामीको चाप पनि बढेको अस्पतालले जनाएको छ । यद्यपी अस्पतालमा आर्थिक अनियमितता र बेरुजु भने नघटेको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ । केही अनियमितताको सतर्कता केन्द्रले छानविन गरिएको छ ।
न्याम्सको उपकुलपति गणेश गुरुङकमाथि प्रतिष्ठान कार्यालय र ट्रमा सेन्टरमा अनियमिताको आरोप लागेको छ । वीर अस्पतालको इमर्जेन्सीको शाखाको विस्तारित रुपमा भारत सरकारको सहयोगमा निर्माण भएको ट्रमा सेन्टरलाई नर्सिङ होमभन्दा महँगो बनाएर अलग्गै सन्चालन गरेको आरोप गुरुङमाथि छ ।
ट्रमा सेन्टरमा कर्मचारी भर्नामा रकम असुली, अनियमित टेण्डर गरी उपकरण खरिद र वीरामीले प्रयोग गर्ने पाता, किला काँटा र धागोमा समेत कमिसनको लेनदेन हुने गरेको भन्दै उपकुलपति गुरुङ, खरिद इकाई प्रमुख भगवती थपलिया र ट्रमा सेन्टरका प्रमुख प्रमोद उपाध्याय विरुद्ध परेको उजृुरीको छानविन भइरहेको छ ।
प्रतिष्ठान र ट्रमामा भएको अनियमितताको सम्बन्धमा खरिद सम्बन्धि हेर्ने राष्ट्रिय निकाय सार्वजनिक खरिद अनुगमन कार्यालयको पुनरावलोकन समिति र महालेखाको २०७४ को प्रतिवेदनले पनि छर्लङ्ग पारेको छ ।
‘सिटि स्क्यान मेसिन खरिद प्रकरण र ट्रमामा गरिएको कर्मचारी भर्ना प्रक्रियामा अनियमितता देखिएको छ । अबको केही दिनमा नै प्रतिवेदन सार्वजनिक हुँदैछ । सम्पूर्ण जानकारी त्यसमा नै हुन्छ । अहिल्यै सबै कुरा बताउन मिल्दैन ।’ सतर्कता केन्द्रका एक कर्मचारीले भने । नेपाल सरकारबाट अवकाश पाइसकेका भिसी डा. गुरुङ हालसम्म यूनिट चिफ कै रुपमा कार्यरत छन् ।।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











