देशकै जेठो वीर अस्पताल १२९ औं वर्ष प्रबेश
काठमाण्डाै १२, साउन । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले आजबाट १२८ औं वसन्त पार गरेको छ । साउन १२ बाट वीर १२९ औं वर्षमा प्रवेश गरेको हो ।
सर्वसाधारण जनताका लागि भनेर श्री ३ वीर शमशेरले १९४६ साल साउन १२ गते स्थापना गरेको वीर अस्पताल मुलुककै सबैभन्दा जेठ र ठूलो अस्पताल हो ।
विगत दुई वर्षदेखि वीर अस्पतालले सर्वसाधारणको उपचारमा थप सेवा र सुविधाका साथै प्रविधि थप्दै लगेको छ । ६ सय बेडको अत्याधुनिक अस्पताल भवन निर्माणसमेत शुरु भएको छ ।
डा. भूपेन्द्र बस्नेत निर्देशक बनेसँगै अत्याधुनिक प्रविधिको विस्तार र सेवा पनि विस्तार भएको वीरमा छाती, बाथ रोग र हेमाटोलोजीसम्बन्धी विशेषज्ञ सेवा शुरु भएको छ ।
इमर्जेन्सी विस्तार कार्य भइरहेको छ भने इमजेन्सीलाई पेपरलेस बनाउने प्रक्रिया पनि अगाडि बढेको छ । रक्तक्यान्सर सेवा, क्यान्सर स्क्यानिङ सेवा, २४ घण्टा नै हेमोडाइलाइसिस सेवा र एचाईभी तथा हेपाटाइटिस पोजेटिभ बिरामीको पनि डाइलोसिस सेवा शुरु भएको अस्पताल प्रशासनले जनाएको छ ।
पछिल्लो समय वीर अस्पतालको टिकट काउन्टरलाई डिजिटलाइज गराइएको छ भने रिफर भएर आउने बिरामीको लागि छुट्टै विशेषज्ञ टिकटको व्यवस्था पनि गरिएको छ । दुईवटा सिटीस्क्यान मेसिन जडान भइसकेको छ । त्यस्तै एमआरआई सेवा सञ्चालनमा आएको छ । एबीजी सेवा, इमर्जेन्सीमा अत्याधुनिक मेसिन जडान भएको स्थापना दिवसका अवसरमा अस्पतालले जनाएको छ ।
नेपालमा नै नभएको ग्याँस्टो.मेडिसिनको एलास्ट्रोग्राफी, आन्द्रा तथा खाना नलीको रोग पत्ता लगाउने म्यामोम्याट्री, कलेजोको कडापन पत्ता लगाउने फाइब्रोस्क्यान, फोक्सोमा मेसिन घुसाएर भिडियो एक्सरे गर्ने इबस सेवा पनि वीरमा शुरु भएका छन् ।
त्यसैगरी वीरले क्यान्सर रेडियसन थेरापीका लागि अत्याधुनिक कोबाल्ट मेसिन खरिद प्रक्रिया अगाडि बढाएको अस्पतालले जनाएको छ ।
म्ुलुकभर स्वास्थ्य बीमा लागू भएसँगै वीरले पनि स्वस्थ्य वीमा सेवा लागू गरेको छ । वीरले आफ्नै अत्याधुनिक २४ घण्टे औषधि पसल पनि शुरु गरेको छ । सामाजिक अभियन्ताहरुको सहयोगमा वीर अस्पताल रङ्रोगन गरी आकर्षित बनाइएको छ । वीर अस्पतालको इमर्जेन्सी कक्षको अगाडि पुरानो नर्सिङ क्याम्पस भएको स्थानमा १७ रोपनी जग्गामा ६५० शैयाको अन्तर्राष्ट्रिय मापदण्डको भवन निर्माण शुरु भइसकेको छ भने भक्तपुरको दुवाकोटमा रहेको ५७० रोपनी जग्गामा १००० शैयाको अस्पताल निर्माणका लागि प्रक्रिया अगाडि बढेको छ ।
जापान सरकारको सहयोगमा पुरानो आईसीयू पछाडि अत्याधुनिक सेवा प्रदान गर्नका लागि १०० शैयाको छ्ट्टै भवन निर्माण भइरहेको छ । उक्त निर्माण कार्यको ४० प्रतिशत काम समाप्त भएको छ । उक्त भवनमा ३०–४० वेडको आईसीयू निर्माण हुने हुँदा आईसीयूको समस्या केही हदसम्म भए पनि कम हुने देखिन्छ ।
आर्थिक वर्ष ०७२÷०७३ मा तीन लाख १० हजार एक सय छ विरामीले वीरबाट उपचार सेवा पाएकोमा ०७३÷०७४ तीन लाख ८३ हजार छ सय ८३ विरामीले सेवा पाएका थिए । त्यसैगरी गएको आर्थिक वर्ष २०७४÷०७५ मा भने वीरबाट चार लाख एक हजार दुई सय नौ जनाले उपचार सेवा पाएको अस्पतालले जानकारी द्यिएको छ ।
सेवा र सुबिधा विस्तारसँगै विरामीको चाप पनि बढेको अस्पतालले जनाएको छ । यद्यपी अस्पतालमा आर्थिक अनियमितता र बेरुजु भने नघटेको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ । केही अनियमितताको सतर्कता केन्द्रले छानविन गरिएको छ ।
न्याम्सको उपकुलपति गणेश गुरुङकमाथि प्रतिष्ठान कार्यालय र ट्रमा सेन्टरमा अनियमिताको आरोप लागेको छ । वीर अस्पतालको इमर्जेन्सीको शाखाको विस्तारित रुपमा भारत सरकारको सहयोगमा निर्माण भएको ट्रमा सेन्टरलाई नर्सिङ होमभन्दा महँगो बनाएर अलग्गै सन्चालन गरेको आरोप गुरुङमाथि छ ।
ट्रमा सेन्टरमा कर्मचारी भर्नामा रकम असुली, अनियमित टेण्डर गरी उपकरण खरिद र वीरामीले प्रयोग गर्ने पाता, किला काँटा र धागोमा समेत कमिसनको लेनदेन हुने गरेको भन्दै उपकुलपति गुरुङ, खरिद इकाई प्रमुख भगवती थपलिया र ट्रमा सेन्टरका प्रमुख प्रमोद उपाध्याय विरुद्ध परेको उजृुरीको छानविन भइरहेको छ ।
प्रतिष्ठान र ट्रमामा भएको अनियमितताको सम्बन्धमा खरिद सम्बन्धि हेर्ने राष्ट्रिय निकाय सार्वजनिक खरिद अनुगमन कार्यालयको पुनरावलोकन समिति र महालेखाको २०७४ को प्रतिवेदनले पनि छर्लङ्ग पारेको छ ।
‘सिटि स्क्यान मेसिन खरिद प्रकरण र ट्रमामा गरिएको कर्मचारी भर्ना प्रक्रियामा अनियमितता देखिएको छ । अबको केही दिनमा नै प्रतिवेदन सार्वजनिक हुँदैछ । सम्पूर्ण जानकारी त्यसमा नै हुन्छ । अहिल्यै सबै कुरा बताउन मिल्दैन ।’ सतर्कता केन्द्रका एक कर्मचारीले भने । नेपाल सरकारबाट अवकाश पाइसकेका भिसी डा. गुरुङ हालसम्म यूनिट चिफ कै रुपमा कार्यरत छन् ।।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












