ताजा समाचार

भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !

काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ।

मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको एनएल ०१ एल २४५३ नम्बरको भारतीय ग्याँस बुलेटले बागमती प्रदेश ०६–००५ प ३०५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक लमजुङको मध्यनेपाल–३ बस्ने ५२ वर्षीय राजकुमार श्रेष्ठ र पछाडि सवार उनकी छोरी १८ वर्षीया राइना श्रेष्ठ घाइते भएका थिए।

गम्भीर घाइते भएकी श्रेष्ठको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रवीन्द्र खनालले जानकारी दिए।

राजकुमारको भने पुरानो मेडिकल कलेजमै उपचार भइरहेको छ। ग्यास बुलेट र चालक प्रहरीको नियन्त्रणमा छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org