सातामा १ घण्टा जनतासंग उर्जा मन्त्रि
काठमाण्डाै १२, साउन । प्रत्येक साताको शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले हटलाइनमार्फत उपभोक्तासँग प्रत्यक्ष कुराकानी गर्ने भएका छन् ।
झण्डै एक वर्ष अघिदेखि ऊर्जा क्षेत्र मन्त्रालय र यसको मातहतका नेपाल विद्युत् प्राधिकरण र विद्युत् विकास विभागलगायतका सेवाबारे उपभोक्ताको गुनासो सुन्नका लागि हटलाइन सेवा सुरु गरेकोमा प्रत्येक शुक्रबार मन्त्री आफैले उपभोक्तासँग कुरा गर्न लागेका हुन् । आगामी शुक्रबार अर्थात् १८ साउनदेखि प्रत्येक शुक्रबार १२ बजेदेखि १ बजेसम्म उपभोक्ताको गुनासो तथा जिज्ञासाबारे ऊर्जामन्त्री पुनले हटलाइनमार्फत साक्षत्कार कार्यक्रम गर्न लागेको मन्त्रीको सचिवालले जनाएको छ ।
“हटलाइन सेवा सुरु भएको एक वर्ष पुग्न लागे पनि प्रभावकारी नभएकाले ऊर्जा क्षेत्रमा जनताका गुनासा सुन्न र त्यसको समाधानका लागि मन्त्रीज्यूले प्रत्येक शुक्रबार १२ बजेदेखि १ बजेसम्म हटलाइनमार्फत प्रत्यक्ष कुराकानी गर्न लाग्नुभएको हो,” मन्त्रीका प्रेस संयोजक रोशन खड्काले भने, “यसबाट उपभोक्तालाई प्रभावकारी रूपमा सेवा प्रदान गर्नका लागि सहयोग पुग्छ, गुनासोको आधारमा त्यसको सम्बोधन गर्ने र समाधान भएपछि सम्बन्धित गुनासोकर्तालाई समेत जानकारी दिने गरी हटलाइनलाई प्रभावकारी बनाउन लागिएको छ ।”
मन्त्रालयका अनुसार, शुक्रबार ऊर्जामन्त्रीसँग निःशुल्क हटलाइन नम्बर ११५१ का साथै ०१–४२००६४१-४२ मा प्रत्यक्ष कुराकानी गर्न पाउने व्यवस्था गरिएको छ । उपभोक्ताले विद्युत् सेवाका साथै सिँचाइ र वैकल्पिक ऊर्जाबारे समेत गुनासो र जिज्ञासा राख्न पाउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । विशेषगरी मिटर नपाएको, पोलको व्यवस्था नभएको, विद्युत् चुहावट भएको, लो भोल्टेजको कुरा बिजुलीमा समस्या आएको, ट्रान्सफर्मरमा समस्या आएको, समयमै विद्युतीकरण हुन नसकेको लगायतका गुनासो गर्दै आएका छन् ।
१५ भदौ २०७४ देखि सञ्चालनमा ल्याइएको हटलाइनमा सेवाका लागि १२ कर्मचारीको व्यवस्था गरिए पनि हाल ५ कर्मचारीमात्र छन् । हाल गुनासो आएपछि कर्मचारीहरूले विद्युत् प्राधिकरणलगायतका सम्बन्धित निकायलाई जानकारी दिएर त्यहाँमार्फत कारबाही भएपछि सम्बन्धित गुनासो कर्तालाई जानकारी दिने गरेका छन् । गुनासो सम्बोधनका क्रममा लामो समय लाग्ने गरेको र यसकै कारण पछिल्लो समयमा गुनासो गर्नेको संख्या घट्दै गएपछि प्रत्यक्ष रूपमा मन्त्री स्वयंले उपभोक्तासँग साक्षात्कार गरेर प्रभावकारी बनाउने लक्ष्य मन्त्रालयको छ
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












