विश्वलाई शान्तिको दिशामा डोर्याउन बुद्धदर्शन ग्रहण गर्नुपर्नेमा जोड: प्रधानमन्त्रि अोलि
काठमाण्डाै १२, साउन । धम्मावती गुरुमाँको ८५ औँ शुभजन्मोत्सवको अवसरमा यहाँको नघलस्थित धर्मकीर्ति विहारले विहार परिसरमा सप्ताहव्यापी अभिधर्म पाठको आयोजना गरेको छ।
अभिधर्म पाठको अन्तिम दिन आज प्रधानमन्त्री केपी शर्मा ओली धर्मकीर्ति विहार पुगेर बौद्धविद्धान धम्मावती गुरुमाँको ८५ औँ शुभजन्मोत्सवका अवसरमा उनलाई शुभकामना व्यक्त गर्दै सुस्वास्थ्यको कामना गरे।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले धम्मावती गुरुमाँलाई बुद्धको प्रतिमुर्ति प्रदान गरे।
प्रधानमन्त्री ओलीले ५५ वर्षअघि स्थापना भएको बौद्ध परियती शिक्षामा १० कक्षा उत्तीर्ण गरेका एक सय ५० जना गुरुमाँ तथा उपासक उपासिकालाई सम्मान गरे।
उनले भिक्षु बोधिज्ञानबाट प्रवचन दिँदै अशान्तपूर्ण अहिलेको युगमा विश्वलाई शान्तिको दिशामा डोर्याउन बुद्धदर्शन ग्रहण गर्नुपर्नेमा जोड दिए।
नेपालमा महिला शिक्षामा जागरण ल्याउने धम्मावती गुरुमाँको ८५ बर्ष प्रवेशको उपलक्ष्यमा उनई शुभकामना दिन उपासक उपाशिका तथा शुभेच्छुकहरुको विहारमा ठूलो भीड लागेको छ।
जहाँनिया राणाको कठोर शासनकालमा शिक्षा आर्जन गर्ने तथा बुद्ध धर्मको बारेमा ज्ञान हासिल गर्ने उद्देश्यले विसं २००६ सालमा बर्माको राजधानी रंगुन पुगेका बौद्धविद्धान धम्मावती गुरुमाँ आजदेखि ८५ बर्षमा प्रवेश गरेकी हुन्।
महिलाले अक्षर पढ्न हुँदैन भन्ने त्यसबेलाको सामाजिक बन्धनलाई तोडेर महिनौं दिन हिंडेर रंगून पुगेका धम्मावतीले बर्मामा (हालको म्यान्मार) बुद्ध धर्मको गहन अध्ययन गरेकी थिइन्। म्यानमारका प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीले पनि उनई गुरुको रुपमा सम्मान गर्दै आएकी छन्
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












