प्रधानमन्त्री ओलीको प्रश्न– देउवा जी, अधिनायकवाद कहाँ देख्नुभयो ?
काठमाण्डाै १२, साउन । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली कांग्रेसलाई लक्षित गर्दै खोइ कहाँ आयो अधिनायकवाद भन्दै प्रश्न गरेका छन्।
कांग्रेससँग अरु कुनै एजेण्डा नभएर अधिनायकवाद आयो भन्दै हिँडेको ओलीले बताए।
‘सपनामा देखे कि, विपनामा देखे। खोइ, कता आयो अधिनायकवाद ?’ प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘अरु एजेण्डा केही छैन। अधिनायकवाद आयो भनेर हुन्छ ?’
सरकारलाई बदनाम गर्न, मजाकमा उडाउन खोजिएको भन्दै उनले विरोधीलाई सुध्रन आग्रह गरे। अन्टुफ र जिफन्ट एकता संयोजन समितिले राजधानीमा शनिबार गरेको प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री ओलीले अनुभवी कम्युनिष्ट नेताहरुले पार्टी र सरकार हाँकेको दाबी गरे ।
मजदूरको जीवनमा पहिलेभन्दा सुधार आएको उनले बताए ।
‘गरिबीको फाइदा उठाएर मजूदरहरूलाई ठग्ने प्रवृत्तिलाई अब सरकारले रोक्छ’ प्रधानमन्त्री ओलीले भने । विकासको अभियानमा कृषिलाई व्यवसायिक र आधुनिकीकरण बनाइने उनले बताए । रोजगारीको खोजीमा युवाहरू विदेशिनु नपर्ने उनको दाबी छ ।
मजदूर वर्गीय आन्दोलनलाई कांग्रेसले अधिनायकवाद नाम दिएको प्रधानमन्त्रीको भनाइ छ ।
‘मजदूर वर्गीय आन्दोलनलाई उनीहरूले अर्को नाम दिन्छन्, अधिनायकवाद’ ओलीले भने, ‘प्रतिक्रियावादी तत्वहरूले कहिलेकाहीँ आफू अनुकूल व्याख्या गर्ने गरेका छन् । मजदूरहरूको दिन फर्किन्छ भन्दा केहीलाई पीर पर्छ ।’
प्रधानमन्त्री ओलीले सरकार स्वतन्त्र न्यायालयको पक्षमा रहेको बताए ।
‘संसदीय सुनुवाइ भइरहेको छ । दुई अध्यक्षले सुनुवाइ रोक्यो भन्छन् यस्तो होइन’ उनले भने । सरकार बनेपछिका पाँच महिना अवधिमा गरिब बनाए जसरी नै विरोधीहरू सरकारविरुद्ध उफ्रेको प्रधानमन्त्रीको भनाइ छ ।
राजधानी काठमाण्डुका सडक दुई वर्षभित्र स्तरोन्नति गरिसक्ने प्रधानमन्त्री ओलीले जानकारी दिए ।
‘दुई वर्षभित्र काठमाण्डुका सडक हेर्न लायक हुन्छ’ उनले भने, ‘शिलान्यास गरेर छाडेको धरहरामा झार उम्रेको छ । तर यो छिट्टै बनाउँछौं । रानीपोखरीलगायत सम्पदा पनि बनाइन्छ ।’
देशका विभिन्न नदीमा रहेका तुइन विस्थापन गरेको भन्दै प्रधानमन्त्री ओलीले तुइन विस्थापन ठूलो कुरा नभए पनि पछौटेपन, पीडा र आँशु अन्त्य हुनु राम्रो पक्ष रहेको बताए । सामाजिक सञ्चालमा सरकारविरुद्ध व्यंग्य हान्ने काम भइरहेको उनले बताए ।
‘रेल ल्याउने कुरा गर्न हुँदैन ? तुइन हटाउन हुँदैन ?’ प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘कागजको डुंगा बनाएर सरकारविरुद्ध मजाक उडाएको छ । हेर्दै जानु सरकारले यी सबै कामहरू पूरा गर्छ ।’
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












