जोशी राजनीतिक दाउपेचको सिकार या असक्षम, उनी प्रधानन्यायाधीस नहुने पक्कापक्कि
काठमाडौं १४, साउन । सर्वोच्चका वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई प्रधानन्याधीश नबनाउने तयारी भइरहेको सत्तारुढ दल नेकपाका एक शीर्ष नेताले बताएका छन् ।
प्रस्तावित प्रधानन्यायाधीश जोशीबारे निर्णय गर्न संसदीय सुनुवाई विशेष समितिको बैठक दिउँसो २ बजे बोलाइएको छ । यसअघि दुई पटक बैठक स्थगित भएको थियो ।
आजको बैठकले भने जोशीबारे निर्णय गर्ने सुनुवाई समितिका एक सदस्यले बताए । स्रोतका अनुसार जोशीको सिफारिस अस्वीकृत गर्ने सत्तारुढ दल नेकपाको तयारी छ ।
‘शैक्षिक प्रमाणपत्र मात्र होइन, फैसलाहरु पनि विवादमा छन्’ ,‘आकस्मिक कुनै घटना क्रम भएन भने अस्वीकृत गर्ने सम्भावना छ ।’
नेकपाका शीर्ष नेताहरुले आइतबार राति पार्टीका सांसदहरुलाई त्यही सन्देश पठाएको स्रोतको दाबी छ । ‘यदि पर्याप्त कारण र आधार छ भने संसदीय सुनुवाई समितिले अस्वीकृत पनि गर्न सक्छ है भन्ने सन्देश दिन खोजिएको हो,’ जोशीलाई प्रधानन्यायाधीश नबनाउने संकेत गर्दै नेकपाका ति नेताले भने ।
त्यसअघि नेकपाले राजीनामा दिएर सम्मानजनक निकास दिन जोशीलाई सन्देश पठाएका थिए । तर, उनले त्यसलाई बेवास्ता गरेपछि अस्वीकृत गर्ने रणनीति बनेको हो ।
१५ सदस्यीय सुनुवाई समितिमा सत्तारुढ दल नेकपाका ९ र सत्ता साझेदार फोरमको एक सांसद छन् ।
Comments
अरु समाचार
-
चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
कांग्रेस नेता डा. शेखर कोइराला समूहको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक बस्दैछ । कोइरालाले आफ्नो समूहको बागमती प्रदेशस्तरी भेला बोलाएका हुन्...
-
अध्यादेश सम्बन्धमा संविधानविद्हरूसँग राय लिँदै राष्ट्रपति पौडेल
काठमाडौं । सरकारले संसद् रोकेर एकैपटक ६ वटा अध्यादेश सिफारिस गरेपछि अप्ठेरोमा परेका राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुविद्हरूसँग परामर्श...
-
कांग्रेस सभापति गगनले सरकारलाई दिए चेतावनी, भने- रवैया देखाइरहे मुठी कसेर सडकमा आउँछौँ
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले मधेशका जनताको अधिकार खोसेको बताएका छन्। सर्लाही पुगेका थापाले पार्टीको कार्यक्रममा...
-
सम्पत्ति छानविन आयोगको टीओआर तयार: “महाअभियाेग लागेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेरदेखि लोकमानसिंह कार्की र दीप बस्न्यातसम्म आयाेगकाे राडारमा”
सम्पत्ति छानविन आयोगको टीओआर तयार: "महाअभियाेग लागेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेरदेखि लोकमानसिंह कार्की र दीप बस्न्यातसम्म आयाेगकाे राडारमा” काठमाडाैं । वालेन्द्र...
-
एमाले प्रमुख सचेतकमा सांसद ऐनबहादुर महर
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) संघीय संसदीय दलले प्रतिनिधिसभाका सदस्य ऐनबहादुर महरलाई प्रमुख सचेतकमा मनोनयन गरेको छ।संघीय संसदीय दलको कार्यालय...
-
आज २०औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाण्डौ । आज २०औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । वि.सं २०६३ वैशाख ११ गते तत्कालीन राजा...
-
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित
काठमाडौं । सरकारले संसद् अधिवेशन स्थगन गर्न भन्दै राष्ट्रपति कार्यालयमा अर्को सिफारिस गरेको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसारको...












