युरोप क्षेत्रको आर्थिक विकासमा सुस्तता
ब्रसेल्स, बेल्जियम १६, साउन । यस आर्थिक वर्षको दोस्रो त्रैमासिकमा युरोप क्षेत्रको आर्थिक विकासमा सुस्तता छाएको मङ्गलबार सार्वजनिक तथ्याङ्कले देखाएको छ । वासिङ्टनका कारण निम्तिएको विश्व व्यापार समस्याले युरोप क्षेत्रको अर्थतन्त्रलाई समेत घाइते बनाउने सम्भावना बढेको हो ।
‘अमेरिका पहिला’ भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र व्यापारमा बढ्दो संरक्षणवादी नीतिका कारण युरोप क्षेत्रको आर्थिक विकाससमेत खतरा रहेको युरोपेली केन्द्रीय बैङ्क तथा अन्तरराष्ट्रिय मुद्रा कोषलगायतका प्रमुख आर्थिक संघसंस्थाले चेतावनी दिएका छन् ।
अप्रिलदेखि जुनसम्मको दोस्रो त्रैमासिकको समयमा युरोपका १९ मुलुकले प्रयोगमा ल्याएको एकल मुद्रा यूरोमा ०.३ प्रतिशतले सुस्तता आएको देखिएको छ । हुनत यस आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा आर्थिक वृद्धिदर ०.४ प्रतिशत रहेको युरोपेली यूनियन (इयू)को आर्थिक तथ्याङ्कसम्बन्धी अध्ययन तथा मूल्याङ्कन गर्ने निकाय यूरोस्टाटले जनाएको छ ।
वार्षिक आधारलाई नियाल्दा यूरो क्षेत्रको आर्थिक विकास गत वर्षको प्रथम तथा दोस्रो त्रैमासिक अवधिको २.५ बाट २.१ विन्दुमा झरेको छ । यो युरोप क्षेत्रको अर्थतन्त्रमा सुधार आउने भन्ने यस क्षेत्रका आर्थिक विश्लेषकका प्रक्षेपणको विपरीत हुनगएको छ । यूरो क्षेत्रका विश्लेषकले गत वर्षभन्दा यस वर्ष आर्थिक सूचकाङ्कमा वृद्धि देखिने बताउँदै आएका थिए ।
“यस वर्ष विश्व व्यापार बजार क्षेत्रमा देखिएको अनिश्चितताले यूरो क्षेत्रको अर्थतन्त्रसमेत घाइते पारिदिएको छ,” इन्टरनेशनल नेदरल्याण्ड ग्रुपले सञ्चालन गरेको बैङ्क (आइएनजी)का वरिष्ट अर्थशास्त्री बर्ट कोलिजनले बताए ।
“आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा वास्तविक निर्यात वृद्धिमा सुस्तता आएको छ यसमा सबैले भन्ने गरेको व्यापार विवाद एक विश्वस्त कारक मानिएको छ,” उनले थपे ।
युरोपेली केन्द्रीय बैङ्कका प्रमुख मारियो ड्रागीले गत बिहीबार नै संरक्षणवादको नकारात्मक प्रभाव यूरो क्षेत्रको आर्थिक वृद्धिका लागि प्रमुख तगारो बन्ने र यस वर्ष यूरो क्षेत्रको अर्थतन्त्रमा सन् २०१७ मा जस्तो वृद्धि नहुने प्रक्षेपण गरिसकेका थिए ।
अन्तरराष्ट्रिय मुद्रा कोषका प्रमुख अर्थशास्त्री मौरिस असफेल्डले जुलाइमा एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा वर्तमान संरक्षणवादी व्यापार नीतिका कारण युरोप क्षेत्रको व्यावसायिक क्षेत्रमा समस्या थप बढ्ने र यसले विश्वको आर्थिक वृद्धिलाइसमेत प्रभावित तुल्याउने चेतावनी दिएका थिए ।
ह्वाइट हाउसमा भएको वार्तामा इयू र संयुक्तराज्य अमेरिकाले व्यापार युद्धलाई मत्थर बनाउने गरी सम्झौता गरेको घोषणासँगै केही दिनमै आएको तथ्याङ्कको विश्लेषण गर्दै आर्थिक जानकारले सहमतिलाई कमजोर निर्णय बताएका थिए । उनीहरूले यसबाट युरोप आर्थिक विकासको समस्या थप तनावग्रस्त बन्ने धारणा व्यक्त गरेका थिए ।
“व्यापार तनाव तन्किने र तप तीब्र बन्ने सम्भावना हाललाई टरेको छ । आर्थिक वर्षको दोस्रो अवधिमा अब आर्थिक वृद्धिका लागि थप लागिपर्ने र देखिएका नकारात्मक सूचकलाई सम्बोधन गर्नुपर्ने अवस्था आएको छ,” नेतिक्सस बैङ्कका डर्क सुमाकरले भने ।
व्यापारमा देखिएको अनिश्चितताले गर्दा गत हप्ता इसिबीका गभर्नरहरू ब्याजदर इतिहासमै सबैभन्दा न्यून बनाउने निर्णय लिन बाध्य भए । उनीहरूले यही अक्टोवरदेखि ‘गुणात्मक सहयोग’का लागि वा ठूलो सङ्ख्यामा गोदाममा थन्किएर रहेको समानलाई किन्ने योजनालाई अघि बढाएका छन् । यसबाट वर्षको अन्त्यसम्ममा आर्थिक वृद्धिलाई निकै प्रोत्साहित गर्ने र आर्थिक वृद्धिमा देखिएको समस्यालाई निकै हदसम्म समायोजन गर्न सकिने धारणासहितको योजना बैङ्कहरूले ल्याएका हुन् ।
यो योजना इटालियाली बैङ्करहरूले समीक्षकलाई अचम्मित तुल्याउने गरी एक महिना पहिले ल्याएको कार्यक्रमलाई पछ्याएर ल्याइएको हो । वृहत पूँजी प्रोत्साहन कार्यक्रमले अपेक्षा गरेभन्दा पनि छिटो यही डिसेम्बरसम्ममा आर्थिक वृद्धिलाई निकै माथि उठाउने आँकलन गरिएको छ ।
क्यापिटल इकोनोमिक्सका जेनिफर म्याककेआउनले भन्नुभयो, “हामीले वर्षको अन्त्यसम्म आर्थिक वृद्धिलाई पहिलेकै अवस्थामा पु¥याउन केही महत्वपूर्ण भूमिका निर्वाह गर्ने आशा गरिएको थियो । तर अहिले देखिएको निरन्तरको सुस्तताले निश्चय पनि इसिबीलाई सतर्क अवस्थामा रहेको देखाएको छ ।”
इसिबीको सावधानीलाई यूरोस्टाटको मुद्रा सङ्कुचनबारे मङ्गलबार सार्वजनिक गरिएको तथ्याङ्कसँग परीक्षणमा राखिने छ जसले इसिबीको दुई प्रतिशतको लक्ष्यलाई पार लगाउनेछ ।
यूरोस्टाटले यूरो क्षेत्रको मुद्रास्फीतिलाई जुलाईसम्ममा इन्धनको मूल्यलाई उच्च २.१ प्रतिशतमा पु¥याउने जनाएको छ । यो अर्थ विश्लेषकले गरेको अनुमानभन्दा केही मात्रमा बढी हो ।
यूरोस्टाटले पनि जुनमा यूरो क्षेत्रको बेरोजगार दर ८.३ प्रतिशतमा खुम्चिने बताएको थियो ।
सन् २०१६ को सेप्टेम्बरमा प्रतिकात्मक मानिएको १०.० प्रतिशतको बेरोजगार समस्याको सीमारेखा उक्त क्षेत्रमा बिस्तारै बिस्तारै घटिरहेको छ । यद्यपि यो दर वित्तीय सङ्कटपूर्वको दर (७.५ प्रतिशत) भन्दा अझै पनि औषतमा उच्च रहेको छ ।
एकल मुद्रा प्रयोग गर्ने १९ युरोपेली मुलुकमध्ये मे महिनामा सबैभन्दा कम बेरोजगार दर जर्मनीमा रहेको यूरोस्टाटको तथ्याङ्कमा देखिएको थियो । मेमा जर्मनीको बेरोजगार दर ३.४ प्रतिशत रहेको तथ्याङ्कमा छ ।
त्यस्तै यूरोलाई एकल मुद्राका रूपमा अवलम्बन गरेका १९ मुलुकमध्ये सबैभन्दा उच्च बेरोजगार दर ग्रीसमा रहेको देखिएको छ । ग्रीसले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार अप्रिलमा ग्रीसको बेरोजगार दर २०.२ प्रतिशत थियो । अर्को सङ्कटग्रस्त युरोपेली मुलुक स्पेनको बेरोजगार दर १५.२ प्रतिशत रहेको छ ।
Comments
अरु समाचार
-
भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा गरे प्रदर्शन
बुटवल । बुटवलमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा प्रदर्शन गरेका छन् । नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासी संघर्ष...
-
समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु गरेको छ । समितिका अनुसार, बुधबार...
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
काठमाडौंस्थित नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम शुरु
काठमाडौं । काठमाण्डौका नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम आज आज (शुक्रबार) देखि शुरु भएको छ ।...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
ढुक्क हुनुस्, सुकुम्बासीलाई चाँडै जग्गा वितरण गर्छौं : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुम्बासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने भन्दै ढुक्क रहन आश्वासन दिएका...
-
नेप्से झन्डै दुई अंकले बढ्दा पाँच अर्ब २७ करोडको सेयर किनबेच
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेप्सेमा झिनो अंकले सुधार आएको छ । अघिल्लो दिन १७ दशमलव शुन्य...
-
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
बागमती । लामो समयदेखि आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग कच्चा पदार्थ अभावमा बन्द भएको छ । गत महिना...












