जिम्बाब्वे चुनावः विपक्षीको समर्थकमाथि गोलीबारी, तीनको मृत्यु
काठमाडौं १७ ,साउन । जिम्बाब्बेमा राष्ट्रपति चुनावपछि राजधानी हरारेमा भएको प्रदर्शनका क्रममा ३ जनाको ज्यान गएको छ ।
निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै विपक्षी गठबन्धन एमडीसीले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा ३ जनाको ज्यान गएको हो ।
विपक्षी गठबन्धन एमडीसीले प्रदर्शनमाथि सरकारले बल प्रयोग गरेर पूर्वराष्ट्रपति रोबर्ट मुगाबेको जस्तै तानाशाह शैली अपनाएको आरोप लगाएको छ । तर राष्ट्रपति इमरसन मनंगाग्वाले हिंसा भड्कनुमा स्वयं विपक्षी दल जिम्मेवार रहेको प्रतिक्रिया दिएका छन् ।
जिम्बाब्बेमा ३७ वर्ष शासन गरेका रोबर्ट मुगाबे सत्ताच्युत भएपछि सोमबार पहिलोपटक निर्वाचन भएको थियो । निर्वाचनको परिणाममा सत्तारुढ दल जानु–पीएफ पार्टीले फराकिलो अग्रता बनाइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
तर, विपक्षी गठबन्धन एमडीसीले चुनावको स्वच्छतामाथि प्रश्न उठाएको छ । जानु–पिएफका उम्मेदवार नभएर आफ्ना उम्मेवदार विजयी भएको दाबी उसको छ । विपक्षी गठबन्धनबाट नेल्सन चामिया मैदानमा छन् ।
जानु–पिएफले फराकिलो अग्रता बनाइरहेको भए पनि अहिलेसम्म औपचारिक परिणाम सार्वजनिक भएको छैन ।
परिणाम घोषणामा भइरहेको ढिलाइप्रति अन्तर्राष्ट्रिय समुदायको चिन्ता व्यक्त गरेका छन् । चुनावको पर्यवेक्षण गरेको युरोपेली युनियनले राष्ट्रपति चुनावको नतिजा सार्वजनिकमा ढिलाइ नगर्न अाग्रह गरेकाे छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












