प्रधानन्यायाधिश नियुक्तिमा सुनुवाई समिति अयोग्य या जोशी बलिया ?
काठमाडाैं १७, साउन । प्रधानन्यायाधिश नियुक्ति प्रकरणले दिन प्रतिदिन नयाँ रहस्यहरु बाहिर आइरहेका छन् । संसदिय सुनुवाई समितिका सदस्यमाथी पेस्तोल तेर्स्याउने देखि बैठक स्थगनका कुरासम्म आइपुग्दा विभिन्न प्रश्नको घेराबन्दिले सत्तापक्ष र प्रतिपक्ष दुवै दललाई नराम्ररी मडारेको छ ।
कामूप्रधानन्यायाधिश दीपकराज जोशीको न्यायिक योग्यता, क्षमता र शैक्षिक प्रमापत्र लगायतका कुराहरु मिडियामा छरपष्ट रुपमा आइरहेका छन् । तर, संसदिय सुनुवाई समिति भनेको सार्वभाैम र अधिकार सम्पन्न समिति हो । यसले यसरी प्रक्रिया लम्ब्याइरहनुमा कुनै रहस्य छैन भनेर यसै भन्न सकिने अवस्था छैन् । कांग्रेसले ने क पा र ने क पाले कांग्रेसलाई देखाएर यसरी अदालतलाई राजनीतिकरण गर्नुले यसको प्रभाव राष्ट्रिय रुपमा मात्र नभइ अन्तराष्ट्रियस्तरमा समेत पर्छ ।
न्याय सम्पादान हुने पवित्र स्थानलाई यसरी राजनीतिक दलदलमा फसाउनु भनेको लोकतन्त्रलाई जोखिममा पार्नु पनि हो । यस्तै वेला हो देशमा अशान्ति र गृह युद्धजस्ता कुराहरुले प्रशय पाउने । फेरी नेपालमा विभिन्न समुह, पार्टीले बेलाबेलामा मुलुकमा गृहयुद्ध हुने भन्दै यसको तयारी भइरहेको समेत भन्दै आएका छन् तर, सत्तारुढ दल, र विपक्षी भने अनावश्यक खिचातानीमा नै अल्मलिएर खिसिटिउरी गर्न मै व्यस्त छन् ।
विगत केहि दिन देखि चलेको प्रधानन्यायाधिश नियुक्ति प्रकरण विवादले झन आम मानिसको विश्वास खस्कदै गएको छ । तर, प्रधानन्त्री आोली अध्यक्ष रहेको संवैधानिक परिषद्ले जोशीलाई प्रधानन्यायाधिसमा सिफारिस गरेर विवादको बीजारोपण गरेको कुरामा कुनै आशंका नै छैन ।
यता सत्तारुढ दलका नाै सदस्य छन भने फोरमका एक सदस्यले समेत सहयोग गर्ने भएपछि १० अर्थात स्पष्ठ बहुमत (दुईतिहाइ) पुग्छ । तर, कांग्रेसले असमति जनाएको बहाना बनाउदै सत्तारुढ दलले समितिलाई अनिर्णयको बन्दी बनाएको छ । यसरी ने क पाका सदस्यहरु नेतृत्वको निर्देशन पर्खेर बसिरहने हो भने समिति किन ? नेतृत्व समेत समिति सदस्यहरुलाई स्पष्ठ निर्देशन दिन सकेको छैन ।
∗∗∗
अहिले अधिकांस समिति सदस्यहरु मिडियामा आएको कुराहरुलाई आधार बनाएर आफ्नो धारणा बनाउने गरेका छन् । मिडियामा आएको कुराजति सवै विश्वसनिय र भरपर्दो छन् भनेर सोच्नु पनि गलत हुनसक्छ, किनकी मिडिया अहिले विभाजित छन् कोहि जोशीको पक्षमा चर्को सपोर्ट गरिरहेका छन भने कोहि उनको चर्को विरोध । अर्को पक्ष, मिडियालाई एउटा छुट के छ भने स्रोतका अनुसार, उच्च स्रोत बताउछ, नाम नखुलाउने सर्तमा, समाचारको अन्त्यमा प्रश्नवाचक चिन्ह लगायतका कुराहरु राखेर समाचार प्रकाशित गर्यो बस्यो ।
आम मानिसहरु अहिले बढ्दो सामाजिक संजालको प्रयोग र इन्टरनेटको सहज उपस्थितिले गर्दा धारणा बनाउन यस्तै फोरमको प्रयोग गरेर आफ्ना विचारहरु राख्ने गरेका हुन्छन् । यस्तो अवस्थामा संचार माध्यमले खेलेको भुमिकालाई मिनिमाइज गर्न त मिल्दैन तर, एक सार्वभाैम तथा अधिकार सम्पन्न समिति यसरी अनिर्णयको बन्दी बन्नु पक्कैपनि राम्रो कुरा मान्न सकिदैन । जनताको म्यान्डेट पाएर आएकाले आफ्नो क्षमता प्रदर्शन गर्ने भनेकै यस्तै ठाँउमा हो तर, नेतृत्वको मुख ताकेर बस्नाले हाम्रा अन्य नेताको धोति खुस्किने डर यत्तिकै छ ।
पछिल्लो समयमा भएका घटनाक्रमलाई हेर्ने हो भने जोशीको अपमानजनक विदाई हुनेमा कुनै आशंका छैन तर, उनी यति कुरा थाहा पाउँदा पाउँदै राजीनामा गरेर किन निस्कन चाहन्न त ? यो विषय रहस्यमय बन्दै गएको छ । नेपालको न्यायालय क्षेत्रमा देखिएको यो संकटलाई सरल ढंगले निकास दिन नसकेमा यहाँ नेपाली कांग्रेस, ने क पा लगायतका अन्य दलहरु अशफल भएको भन्न कसैलाई अनुमति मागि राख्नु पर्ने छैन् ।
प्रधानन्याधिश नियुक्तिमा सुनुवाई समिति अयोग्य या जोशी बलिया यो भने अबको केहि दिनमै थाहा हुनेछ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












