कांग्रेसले नाम उपलब्ध गराएपछि राष्ट्रियसभाका समितिमा रहने सदस्यको नाम अनुमोदित
काठमाडौँ १७, साउन । राष्ट्रियसभा मातहतका चार विषयगत समितिमा रहने सदस्यको नाम लामो समयपछि टुङ्गो लागेको छ ।
राष्ट्रियसभाको आजको बैठकले अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको समितिमा रहने सांसदको नाम अनुमोदन गरेको थियो । सभाले दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा रहने सदस्यको नाम अनुमोदन गरेको हो ।
दिगो विकास तथा सुशासन समिति
इन्दु कडरिया, कमलाकुमारी वली, कविता बोगटी, कालीबहादुर मल्ल, खिमकुमार विक, चक्रप्रसाद स्नेही, दीनानाथ शर्मा, प्रमिलाकुमारी, भैरवकुमार श्रेष्ठ, महेशकुमार महरा, मुक्ताकुमारी यादव, रमेशजंग रायमाझी, डा विमला राई र सरिता प्रसाईं रहेका छन् ।
विधायन व्यवस्थापन समिति
अनिता देवकोटा, उदया शर्मा पौडेल, जीतेन्द्रनारायण देव, ठगेन्द्रप्रकाश पुरी, नन्दा चपार्इं, परशुराम मेघी गुरुङ, बद्रीप्रसाद पाण्डे, मीना बुढा, युटोल तामाङ, रामलखन चमार, वृषेशचन्द्र लाल, शेरबहादुर कुँवर, सिंहबहादुर विश्वकर्मा र हरिचरण शिवाकोटी सदस्य छन् ।
प्रत्योजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति
अगमप्रसाद बान्तवा, चन्द्रबहादुर खड्का, दुर्गाप्रसाद उपाध्याय, नरपति लुवार, नैनकला ओझा, बलरामप्रसाद बाँस्कोटा, राधेश्याम अधिकारी, रामनारायण बिंडारी, विन्दादेवी आले राना, विना पोखरेल, शान्तिकुमारी अधिकारी, सुमनराज प्याकुरेल र हरिराम चौधरी चयन भएका छन् ।
राष्ट्रिय सरोकार तथा समन्वय समिति
कोमल ओली, खिमलाल भट्टराई, खेमराज नेपाली, जीवन बुढा, तारादेवी भट्ट, दीपा गुरुङ, दिलकुमारी रावल, धनकुमारी खतिवडा, प्रकाश पन्थ, रमेशप्रसाद यादव, राजकुमार कुँवर, रामचन्द्र राई, रामप्रीत पासवान र सुरेन्द्रराज पाण्डे रहेका छन् ।
राष्ट्रियसभाको अर्को बैठक यही साउन २१ गते बिहान ११ बजे बस्नेछ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












