प्रधानमन्त्री ओलीको कांग्रेसलाई प्रश्न: सुनुवाई समितिको काम सुन्ने मात्रै हो ?
काठमाडाैं १७, साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई प्रमुख प्रतिपक्षी दलले अल्पमतबाट निर्णय गर्ने थलो बनाउन खोजेको भन्दै आक्रोश पोखेका छन् ।
बिहीबार तुलसीलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको २१ औँ तुलसीलाल स्मृति दिवस कार्यक्रममा बोल्दै सरकारलाई असफल बनाउन प्रतिपक्षी दलले जनतालाई ‘अधिनायकवादको हल्ला’ फिँजाएको तर, अधिनायकवादको हल्लामा खिया लागिसकेको जनाएका छन् ।
‘बहुमतले काम गर्न नहुने रे । अल्पमतको इच्छाअनुसार चल्नु पर्ने रे’ भन्दै कांग्रेस प्रति खनिएका आोलीले प्रधानन्यायाधीशको संसदीय सुनुवाईमा कांग्रेसले अवरोध गरेको जनाएका छन् । ‘सुनुवाई समितिको काम हो सुन्ने मात्र हो । जस्तो आयो त्यस्तै अनुमोदन गर्नुपर्छ भन्दै अवरोध भइरहेको छ,’ उनले प्रश्न गरे, ‘जस्तो आयो त्यस्तै अनुमोदन गर्ने भए किन सुनुवाई समिति चाहियो ?’
लोकतान्त्रिक भनिएको शक्तिले नै संसदीय अभ्यासमाथि नै हमला गर्न खोजेको आरोप लगाउँदै कांग्रेसलाई लोकतन्त्रको मरम बुझ्न आग्रह गरेका छन् ।
प्रधानन्यायाधीशको नाम संवैधानिक परिषदमा वरिष्ठताका आधारमा पठाएको भन्दै उनको नाम अनुमोदन गर्ने नगर्ने जिम्मा सुनुवाई समितिको भएको र समिति सार्वभाैम भएकाले अनावश्यक खिसिटिउरी नगर्न कांग्रेसलाई सचेत गराएका छन् ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












