ताजा समाचार

प्रधानमन्त्री ओलीको कांग्रेसलाई प्रश्न: सुनुवाई समितिको काम सुन्ने मात्रै हो ?

काठमाडाैं १७, साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई  प्रमुख प्रतिपक्षी दलले अल्पमतबाट निर्णय गर्ने थलो बनाउन खोजेको भन्दै आक्रोश पोखेका छन् ।

बिहीबार तुलसीलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको  २१ औँ तुलसीलाल स्मृति दिवस कार्यक्रममा बोल्दै सरकारलाई असफल बनाउन प्रतिपक्षी दलले जनतालाई ‘अधिनायकवादको हल्ला’ फिँजाएको तर, अधिनायकवादको हल्लामा खिया लागिसकेको जनाएका छन् ।

‘बहुमतले काम गर्न नहुने रे । अल्पमतको इच्छाअनुसार चल्नु पर्ने रे’ भन्दै कांग्रेस प्रति खनिएका आोलीले प्रधानन्यायाधीशको संसदीय सुनुवाईमा कांग्रेसले अवरोध गरेको जनाएका छन् । ‘सुनुवाई समितिको काम हो सुन्ने मात्र हो । जस्तो आयो त्यस्तै अनुमोदन गर्नुपर्छ भन्दै अवरोध भइरहेको छ,’ उनले प्रश्न गरे, ‘जस्तो आयो त्यस्तै अनुमोदन गर्ने भए किन सुनुवाई समिति चाहियो ?’

लोकतान्त्रिक भनिएको शक्तिले नै संसदीय अभ्यासमाथि नै हमला गर्न खोजेको आरोप लगाउँदै कांग्रेसलाई लोकतन्त्रको मरम बुझ्न आग्रह गरेका छन् ।

प्रधानन्यायाधीशको नाम संवैधानिक परिषदमा वरिष्ठताका आधारमा पठाएको भन्दै उनको नाम अनुमोदन गर्ने नगर्ने जिम्मा सुनुवाई समितिको भएको र समिति सार्वभाैम भएकाले अनावश्यक खिसिटिउरी नगर्न कांग्रेसलाई सचेत गराएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org