दरबार हाइस्कूल भवन शिलान्यास
काठमाडौँ १८, साउन । नेपालको आधुनिक शिक्षाको अग्रणी शैक्षिक संस्था दरबार हाइस्कूल (भानु माध्यामिक विद्यालय) भवनको भूकम्प गएको तीन वर्षछि शिलान्यास भएको छ ।
विसं २०७२ वैशाखको विनाशकारी भूकम्पले १६५ वर्ष पुरानो सो विद्यालयको भवनलाई क्षति पु¥याएको थियो । सो भवनमा संस्कृत मावि पनि सञ्चालित रहेको थियो । हाल ती दुवै विद्यालय वाल्मीकि विद्यापीठको भवन रहेको चौरमा प्रि–फ्यावमा सञ्चालित छ । आज यहाँ आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि चीनका राजदूत यु होङ्ले संयुक्तरुपमा भवनको शिलान्यास गरे।
ऐतिहासिक रानीपोखरीको पश्चिम दिशामा रहेको करीब नौ रोपनी जमीनमा भवन बन्नेछ । चारतले यस भवनमा ४० कक्षाकोठा बन्नेछन् । २० महिनाको अवधिमा करीब रु ८५ करोड लागतमा भवन बन्नेछन् ।
सो अवसरमा मन्त्री पोखरेलले नेपालको आर्थिक एवं सामाजिक विकासमा चीनको सहयोग महत्वपूर्ण रहेको बताए । उनले चीन सरकारले भूकम्पबाट क्षति भएका शैक्षिक एवं पुरातात्विक धरोहर पुनःनिर्माण गर्न २५ वटा परियोजनामा सहयोग गरेकामा विशेष धन्यवाद दिँदै भवन निर्माणपछि विद्यालय सम्पूर्णतामा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
मन्त्री पोखरेलले तोकिएको समयमा विद्यालय भवन गुुणस्तरीयरुपमा तयार हुनेमा आफू विश्वस्त रहेको चर्चा गर्दै शैक्षिक उन्नयनमा दरबार हाइस्कूलको भूमिका अहम रहेको छ भने ।
नेपालका लागि चीनका राजदूत यु होङ्ले चीनले भूकम्पले क्षति पु¥याएका नेपालका संरचनालाई पुनःनिर्माण गर्न सहयोग गरेका २५ वटा परियोजनामध्ये हालसम्म दुई वटा सम्पन्न भएका, १७ वटा निर्माणाधीन अवस्थामा रहेका र छ वटाको सम्भाव्यता अध्ययन भइरहेको जानकारी दिए ।
उनले नेपालको आर्थिक एवं सामाजिक विकासमा चीनले आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्दै आएको चर्चा गर्दै नेपालमा तीन तहको निर्वाचन सम्पन्न भई राजनीतिक स्थायित्व आएकामा चीन खुशी व्यक्त गर्दछ भने ।
विसं १९१० मा राणाका छोराछोरी पठनपाठन गराउन तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाका पालामा देशकै पहिलो विद्यालय स्थापना भएको थियो । शुरुमा विद्यालयमा पढ्न राणा प्रधानमन्त्रीले नै इच्छ्याइएको व्यक्ति हुनु पर्दथ्यो । विसं २००७ मा प्रजातन्त्र आएपछि जनताको छोराछोरीले विद्यालयमा प्रवेश पाएका थिए ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












