कामदार समस्या सुल्झाउन मलेसियाली मन्त्री नेपाल आउँदै, ‘जी टु जी’मा छलफल हुने
काटमाडाैं २०, साउन । नेपालले मलेसियामा कामदार पठाउन रोक लगाएपछि मलेसिया सरकारले चासो व्यक्त गरेको छ। मलेसिया सरकारको पहलमा नेपालले छलफलका लागि त्यहाँका मानव संशाधनमन्त्री एम कुलासेगरनलाई निम्तो पठाएको छ।
श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत मलेसिया सरकारलाई मन्त्रीको भ्रमणका लागि निम्तो पठाएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
नेपालले मलेसिया जाने कामदारमाथि रोक लगाएपछि त्यहाँका मानव संशाधनमन्त्री कुलसेगरनले छलफलको लागि तयार रहेको बताएका थिए। उनले छलफल खुल्ला रहेको र मलेसिया सरकार सरकारी तवरबाट कामदार लैजान तयार रहेको भन्दै ‘जी टु जी’को प्रस्ताव गरेका थिए।
विदेशी कामदारलाई मलेसिया लैजान मलेसियाको अघिल्लो सरकारले लागु गरेको एकद्वार प्रणालीले विदेशी कामदारबाट अर्बौ लुटिएको ठहर गर्दै नेपालले मलेसियामा कामदार पठाउन रोक लगाएको थियो।
मलेसिया सरकारसँग मिलेर खोलिएका भीएलएन, जीएससी, वान स्टप सेन्टर लगायतले पाँच वर्षमा नेपालीबाट अर्बौँ लुटेको समाचार आएपछि श्रम विभागले कामदार पठाउन रोक लगाएको हो।
भिसा प्रक्रियाका लागि मलेसिया सरकारले खडा गरेका संयन्त्रहरुलाई खारेज नगर्दा सम्म कामदार नपठाउने निर्णय सरकारले गरेको थियो। मलेसियाको श्रम बजारमा नेपाली कामदारले ठूलो हिस्सा ओगट्छन्। नेपालले कामदार नपठाउँदा मलेसिया सरकार दबाबमा पर्दै आएको छ।
मलेसियाले नेपालसामु द्विपक्षीय श्रम सम्झौताको प्रस्ताव समेत राखेको छ। यसअघि मलेसियाका मानव संशाधनमन्त्री कुलशेखरनले प्रतिवन्धबारे नेपाललाई पुनःविचार गर्न आग्रह गरेका थिए। उनले समस्या समाधानका लागि मलेसिया सरकारले ठोस योजना ल्याउँने बताउँदै आएका छन्।
समस्या समाधानका लागि उनी स्वयं नेपाल आउन चाहेपछि श्रम मन्त्रालयले भ्रमणको निम्तो पठाएको मन्त्रालय स्रोतले जनायो।
उनको नेपाल भ्रमणका क्रममा द्विपक्षीय श्रम सम्झौता र कामदार पठाउन ‘जी टु जी’ मोडालिटीको विषयमा छलफल हुने बताइएको छ।
त्यहाँका अधिकारीहरुले मलेसियास्थित नेपाली दुतावासका अधिकारीहरुसँग समस्या समाधानका विषयमा छलफल गरेका थिए। मलेसियाली अधिकारीहरुले आवश्यक सुधारको प्रतिवद्धता व्यक्त गरेका थिए।
गत साता मलेसियास्थित नेपाली दुतावासका अधिकारीहरुसँग त्यहाँका वेस्टिनेट एसडीएन बीएचडीका प्रमुख कार्यकारी अधिकृत इस्माइल मोहड नुरले छलफल गरेका थिए। बेस्टीनेट मलेसियामा कामदार नियुक्तिका लागि आवश्यक प्राविधिक सहयोग गर्ने संस्था हो। यो आफैमा कामदार नियुक्त गर्ने संस्था नभए पनि यसले कामदारहरुको वायोमेट्रिक स्कृनिङ गर्दै आएको छ।
उनले समस्या समाधानका लागि तयार रहेको बताए पनि सहमति हुन सकेको थिएन। नेपाली दुतावासका अधिकारीहरुले समस्याको समाधान दुई देशको सरकारबीचको छलफलबाट हुने जवाफ दिएका थिए।
यसैबीच नेपालको कामदार समस्याको समाधानका लागि मलेसियाको क्याविनेटमा शुक्रबार छलफल भएको छ। छलफलमा के निष्कर्ष निकालियो, सार्वजनिक भने भएको छैन।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












