मधेस आन्दोलन र मधेसी जनताको भावना समेटेर संविधान संशोधन हुन्छ:अध्यक्ष प्रचण्ड
काठमाडाैं २०, साउन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान संविधान पूर्ण नभएकाले संशोधनको तयारी भएको बताएका छन् । आइतबार बाराको कलैया उपमहानगरपालिकामा सडक शिल्यान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मधेस आन्दोलन र मधेसी जनताको भावना समेटेर संविधान संशोधन गरिने बताए ।
‘संविधान पूर्ण होइन, यो परिवर्तन हुन्छ । संविधान एउटा गतिशिल दस्तावेज हो, समय र मागअनुसार परिवर्तन गर्न सकिन्छ’ प्रचण्डले सम्बोधनका क्रममा भने, ‘मधेसका जनताका सहि माग सम्बोधन गर्न संविधान संशोधनको प्रकृया अघि बढ्छ ।’
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओली, उपेन्द्र यादवबीच केही समयपहिले एक राजनीतिक सहमति भएको भन्दै उक्त सहमतिमा मधेस आन्दोलनका समयमा जनताले गरेको माग बमोजिम संविधान संशोधन गर्ने सहमति भएको उल्लेख गर्दै हिमाल, पहाड र तराईका जनताको संविधान बनाउने प्रतिवद्धता जनाए ।
उनले राजपा समेतको सहमतिमा संविधान संशोधन गरिने बताए । ‘राजपासँग पनि कुराकानी भइरहेको छ । फोरमसँग भएको सहमति जस्तै राजपासँग पनि छलफल गरेर संविधान संशोधन गरिन्छ, यसमा मधेसका जनता ढुक्क भए हुन्छ’ प्रचण्डले भने ।
उनले मधेसका जनतामा नागरिकताको समस्या रहेको भन्दै त्यो समस्या समाधानका लागि पनि चाँडै प्रक्रिया अघि बढ्ने विश्वास दिए । ‘नागरिकताका सवालमा प्रधानमन्त्री, गृहमन्त्री र म आफैंबीच भर्खरै छलफल भएको छ । त्यो छलफलमा तुरुन्त समस्या समाधान गर्न सरकारले काम थाल्छ ।
फरक प्रसंगमा अध्यक्ष प्रचण्डले पहाडमा केही प्राकृतिक गडबडी भए त्यसको असर मधेसमा पर्ने भन्दै चुरे संरक्षण कार्यक्रमलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाएको बताए
Comments
अरु समाचार
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...
-
मधेसका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिने !
काठमाडाैं । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत प्रयोजनका लागि...
-
वीरगञ्जबाट भन्सार छली गरेको दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद !
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल पर्सा र पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले भन्सार छली गरेर गोदाममा राखेको भन्दै दुई हजार...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...












