मधेस आन्दोलन र मधेसी जनताको भावना समेटेर संविधान संशोधन हुन्छ:अध्यक्ष प्रचण्ड
काठमाडाैं २०, साउन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान संविधान पूर्ण नभएकाले संशोधनको तयारी भएको बताएका छन् । आइतबार बाराको कलैया उपमहानगरपालिकामा सडक शिल्यान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मधेस आन्दोलन र मधेसी जनताको भावना समेटेर संविधान संशोधन गरिने बताए ।
‘संविधान पूर्ण होइन, यो परिवर्तन हुन्छ । संविधान एउटा गतिशिल दस्तावेज हो, समय र मागअनुसार परिवर्तन गर्न सकिन्छ’ प्रचण्डले सम्बोधनका क्रममा भने, ‘मधेसका जनताका सहि माग सम्बोधन गर्न संविधान संशोधनको प्रकृया अघि बढ्छ ।’
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओली, उपेन्द्र यादवबीच केही समयपहिले एक राजनीतिक सहमति भएको भन्दै उक्त सहमतिमा मधेस आन्दोलनका समयमा जनताले गरेको माग बमोजिम संविधान संशोधन गर्ने सहमति भएको उल्लेख गर्दै हिमाल, पहाड र तराईका जनताको संविधान बनाउने प्रतिवद्धता जनाए ।
उनले राजपा समेतको सहमतिमा संविधान संशोधन गरिने बताए । ‘राजपासँग पनि कुराकानी भइरहेको छ । फोरमसँग भएको सहमति जस्तै राजपासँग पनि छलफल गरेर संविधान संशोधन गरिन्छ, यसमा मधेसका जनता ढुक्क भए हुन्छ’ प्रचण्डले भने ।
उनले मधेसका जनतामा नागरिकताको समस्या रहेको भन्दै त्यो समस्या समाधानका लागि पनि चाँडै प्रक्रिया अघि बढ्ने विश्वास दिए । ‘नागरिकताका सवालमा प्रधानमन्त्री, गृहमन्त्री र म आफैंबीच भर्खरै छलफल भएको छ । त्यो छलफलमा तुरुन्त समस्या समाधान गर्न सरकारले काम थाल्छ ।
फरक प्रसंगमा अध्यक्ष प्रचण्डले पहाडमा केही प्राकृतिक गडबडी भए त्यसको असर मधेसमा पर्ने भन्दै चुरे संरक्षण कार्यक्रमलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाएको बताए
Comments
अरु समाचार
-
वीरगन्जमा तनाव, मधेसभर बढाइयो सुरक्षा सतर्कता
काठमाडौं । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...











