केरुङ– काठमाडौं रेलमार्गको प्रारम्भिक सम्भाव्यता रिपोर्ट तयार
काठमाडौं २२, साउन । चीनले केरुङ– काठमाडौं रेलमार्गको प्रारम्भिक सम्भाव्यता रिपोर्ट तयार गरेको छ । भदौ १५ भित्र रिपोर्ट बनाउने लक्ष्यसहित काम गरेको चिनियाँ प्राविधिक टोलीले प्रक्षेपितभन्दा झण्डै एक महिनाअघि नै काम सकेको हो ।
चिनियाँ कम्पनी चाइना रेल्वे फस्र्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटले तयार पारेको रिपोर्टले के–के निश्कर्ष निकाल्यो भन्ने जानकारी नेपाललाई अहिलेसम्म दिइएको छैन । यसबारे जानकारी लिन आगामी भदौ ४ गते नेपाली भौतिक पूर्वाधार मन्त्रालय एवं रेल्वे विभागका अधिकारीहरु चीन जाँदैछन् ।
रेल्वे विभागका एक उच्च अधिकारीका अनुसार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिवसहितको टोली चीन जाने तयारी भएको जानकारी दिए ।
‘प्रारम्भिक सम्भाव्यता अध्ययनबाट के–के निश्कर्ष प्राप्त भयो भन्ने प्रिजेन्टेशन चिनियाँ पक्षले गर्नेछ । त्यसपछि केरुङ–काठमाडौं रेल्वे निर्माणको योजना अघि बढाउन सकिने हाम्रो विश्वास छ,’ ती अधिकारीले भने ।
रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययनका लागि सबै खर्च चिनियाँ पक्षले व्यहोरेको छ । केरुङ–काठमाडौं रेलमार्ग सम्भव छ वा छैन भन्ने कुरा नेपाली टोलीले प्रतिवेदन हेरेपछि मात्र थाहा हुनेछ
गत वैशाखको अन्तिम साता यातायात सचिव मधुसदन अधिकारी नेतृत्वको नेपाली प्रनिनिधि मण्डल सम्भाव्यता अध्ययन अघि बढाइहाल्ने सम्झौता गरेर फर्किएको थियो । त्यसलगत्तै जेठबाटै चिनियाँ टोली अध्ययनका लागि नेपाल आएर काम सुरु गरेको थियो ।
प्रारम्भिक प्रतिवेदनले रेल्वे निर्माणमा कसरी अघि बढ्ने भन्ने मागनिर्देश गर्नेछ । भौगोलिक कठिनाइहरु पनि यसले पत्ता लाग्ने र प्राविधिकरुपमा कस्ता पूर्वतयारी गर्नुपर्ने भन्नेबारे पनि रिपोर्टमा उल्लेख हुनेछ ।
प्रारम्भिक सम्भाव्यता अध्ययनका लागि आवश्यक सबै खर्च चिनियाँ पक्षले नै व्यहोरेको हो । यसअघि स्थलगत अध्ययनमा आएको चिनियाँ टोलीले केरुङ–काठमाडौं, काठमाडौं–पोखरा र काठमाडौं–लुम्बिनी रेलमार्ग निर्माण सम्भव रहेको बताइसकेको छ । भौगोलिकरुपमा विभिन्न कठिनाइहरु भने रहेको चीनले औंल्याइसकेको छ ।
चीनले सन् २००६ मै ११ सय किमी लामो रेलमार्ग तिब्बतको राजधानी ल्हासासम्म ल्याइसकेको छ । हाल चीनतर्फ ल्हासा–सिगात्से रेलमार्ग निर्माणाधीन छ । र, त्यसलाई नेपाल सीमाको केरुङसम्म विस्तारको काम पनि भइरहेको छ ।
उक्त मार्गलाई चीनको सहयोगमा काठमाडौंसम्म जोड्ने योजना छ । प्रारम्भिक सम्भाब्यता अध्ययनको रिपोर्टले नै रेलमार्ग बनाउन लाग्ने समय र लागत निर्धारण गर्ने विभागले जानकारी दियो ।
यो रिपोर्टपछि दुई सरकारका बीचमा रेलमार्ग कुन लगानी मोडालिटीमा बनाउने भन्नेबारे छलफल हुनेछ ।
चीनले सहुलियत ऋणमा रेलमार्ग बनाउने इच्छा देखाएको छ । नेपालले भने अनुदानमै आयोजना बनाइदिन आग्रह गरेको छ ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












