विश्व बैंकले प्रत्येक वर्ष १५ प्रतिशत सहयोग बढाउने
काठमाडाैँ २३, साउन । मुख्य दातृ निकाय विश्व बैंकले नेपाललाई दिने सहयोग बढाउने भएको छ। सन् २०१९ देखि ०२३ सम्मको देशीय साझेदारी खाका(कन्ट्रि पार्टनरशीप फ्रेमवर्क)मा दीर्घकालिन लगानी वार्षिक १५ प्रतिशत बढाउने उल्लेख गरिएको छ।
सार्वजनिक संस्थाको सुधारदेखि रोजगारी सिर्जनासम्मका कार्यक्रममा प्रत्येक वर्ष सहयोग बढाउँदै जाने उल्लेख गरिएको उक्त दस्तावेजलाई अन्तिमरुप दिन अर्थमन्त्री डा युवराज खतिवडा विश्व बैंकको निमन्त्रणामा अमेरिका पुगेकाछन्।
अहिले २३ परियोजनामा २ अर्ब ७० करोड अमेरिकी डलर लगानी रहेको छ। विभिन्न क्षेत्रका चालु ति आयोजनासँगै अन्य क्षेत्रमा पनि विश्व बैंकले लगानी गर्ने प्रतिबद्धता जनाएको छ।
बैंकले विशेषगरी तीन क्षेत्रमा लगानी गर्ने भएको छ। सार्वजनिक संस्था सुदृढिकरण, निजी क्षेत्रको रोजगारी बृद्धि केन्द्रित र समावेसीताको क्षेत्रमा लगानी गर्ने उसको प्रतिबद्धता रहेको छ।
पाँच वर्षको सहयोग पछि ९० प्रतिशत कर संलकन रियल टाइममा आउने, सातै प्रदेशमा लैगिंक समानता योजना हुने, २५ जिल्लामा विद्युतीय पञ्जिकरण सुविधा पुग्ने बताइएको छ।
रोजगार केन्द्रित कार्यक्रमको प्रतिफलमा ५ लाखले सुधारिएको उर्जा पाउने, १ हजार २१० किलोमिटर सडक निर्माण÷स्तरोन्नती हुने, ११ हजार साना तथा मझौला व्यवसायी, ५ सय कृषि उत्पादक समूह, ६ लाख जनता वित्तीय पहुँचमा हुने र ५ लाख मोबाइल बैंकिङ प्रयोगकर्ता थपिने विश्व बैंकको विश्वास छ।
दीर्घकालिन लगानी वर्षमा १५ प्रतिशत बढाउने प्रतिबद्धता जनाएको बैंकले ७ प्रतिशतले पुँजिकरण बढ्ने विश्वास लिएको छ।
मुख्य सीमा नाका पार गर्न बढीमा साढे एकदिनमा झर्ने र यो बीचमा २० प्रतिशत पर्यटन बढाउन सहयोग पुग्ने साझेदारी खाका उल्लेख गरिएको छ। विद्यालय बाहिर रहेका २० प्रतिशतलाई नियमित कक्षामा ल्याउने, ११ लाख घरपरिवारलाई स्वच्छ खानेपानीमो पहुँचमा ल्याउने विश्व बैंकले घोषणा गरेको छ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












