विश्व बैंकले प्रत्येक वर्ष १५ प्रतिशत सहयोग बढाउने
काठमाडाैँ २३, साउन । मुख्य दातृ निकाय विश्व बैंकले नेपाललाई दिने सहयोग बढाउने भएको छ। सन् २०१९ देखि ०२३ सम्मको देशीय साझेदारी खाका(कन्ट्रि पार्टनरशीप फ्रेमवर्क)मा दीर्घकालिन लगानी वार्षिक १५ प्रतिशत बढाउने उल्लेख गरिएको छ।
सार्वजनिक संस्थाको सुधारदेखि रोजगारी सिर्जनासम्मका कार्यक्रममा प्रत्येक वर्ष सहयोग बढाउँदै जाने उल्लेख गरिएको उक्त दस्तावेजलाई अन्तिमरुप दिन अर्थमन्त्री डा युवराज खतिवडा विश्व बैंकको निमन्त्रणामा अमेरिका पुगेकाछन्।
अहिले २३ परियोजनामा २ अर्ब ७० करोड अमेरिकी डलर लगानी रहेको छ। विभिन्न क्षेत्रका चालु ति आयोजनासँगै अन्य क्षेत्रमा पनि विश्व बैंकले लगानी गर्ने प्रतिबद्धता जनाएको छ।
बैंकले विशेषगरी तीन क्षेत्रमा लगानी गर्ने भएको छ। सार्वजनिक संस्था सुदृढिकरण, निजी क्षेत्रको रोजगारी बृद्धि केन्द्रित र समावेसीताको क्षेत्रमा लगानी गर्ने उसको प्रतिबद्धता रहेको छ।
पाँच वर्षको सहयोग पछि ९० प्रतिशत कर संलकन रियल टाइममा आउने, सातै प्रदेशमा लैगिंक समानता योजना हुने, २५ जिल्लामा विद्युतीय पञ्जिकरण सुविधा पुग्ने बताइएको छ।
रोजगार केन्द्रित कार्यक्रमको प्रतिफलमा ५ लाखले सुधारिएको उर्जा पाउने, १ हजार २१० किलोमिटर सडक निर्माण÷स्तरोन्नती हुने, ११ हजार साना तथा मझौला व्यवसायी, ५ सय कृषि उत्पादक समूह, ६ लाख जनता वित्तीय पहुँचमा हुने र ५ लाख मोबाइल बैंकिङ प्रयोगकर्ता थपिने विश्व बैंकको विश्वास छ।
दीर्घकालिन लगानी वर्षमा १५ प्रतिशत बढाउने प्रतिबद्धता जनाएको बैंकले ७ प्रतिशतले पुँजिकरण बढ्ने विश्वास लिएको छ।
मुख्य सीमा नाका पार गर्न बढीमा साढे एकदिनमा झर्ने र यो बीचमा २० प्रतिशत पर्यटन बढाउन सहयोग पुग्ने साझेदारी खाका उल्लेख गरिएको छ। विद्यालय बाहिर रहेका २० प्रतिशतलाई नियमित कक्षामा ल्याउने, ११ लाख घरपरिवारलाई स्वच्छ खानेपानीमो पहुँचमा ल्याउने विश्व बैंकले घोषणा गरेको छ।
Comments
अरु समाचार
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
खाडीका ७ देशमा पुनः श्रम स्वीकृति दिने निष्कर्षमा सरकार
कठमाण्डौ – सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब, र टर्कीएमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम...
-
जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने
काठमाडौं । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले व्यापक भौतिक तथा आर्थिक क्षति पुर्याएपछि सरकारले...
-
ग्यास सिलिण्डर कालोबजारी नियन्त्रणका लागि विभाग सक्रिय, ६ हजार सिलिन्डर बरामद
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको हरिसिद्धि स्थित श्रीराम ग्यास उद्योगको गोदामबाट ठूलो मात्रामा ग्यास सिलिन्डर लुकाएर...
-
पेट्रोलमा १५ रुपैयाँ र डिजेल र मट्टीतेलमा १० रुपैयाँ बढ्यो
काठमाडाैँ । मध्यपूर्वी क्षेत्रमा तनाव चर्किरहेका बेला नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले एकैपटक पेट्रोलमा प्रतिलिटर १५...
-
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय...
-
चार लेन सडक निर्माणका लागि विद्युत् पोल हटाइँदै
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । सरकारले...
-
ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध
काठमाडौं । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध गरेको छ ।...












