बदमासीको पराकाष्ठा ! राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिका घरमै लगेर फेरि लेखियो
काठमाडाैँ २३, साउन । राष्ट्रिय परीक्षा बोर्डमा कतिसम्म लापरबाही र बदमासी हुन्छ भन्ने तथ्य सार्वजनिक भएको छ । बोर्डका कर्मचारीको मिलेमतोमा कक्षा ११ को उत्तरपुस्तिका घरमै लगेर लेखेको पाइएपछि अहिले प्रहरीले अनुसन्धान थालेको छ ।
०७४ साल जेठमा सञ्चालन भएको कक्षा ११ को परीक्षामा ललितपुरको डिएभी सुशील केडिया विश्व भारती उच्च माविका विद्यार्थीको उत्तरपुस्तिका बोर्डको कार्यालयबाट घरमा गरेर उत्तर लेखेर पुनः कार्यालयमा ल्याएको पाइएको हो ।
बोर्डका कर्मचारीको सहयोगमा डिएभी सुशील केडिया स्कुलकी एक छात्राको पाँच विषयको उत्तरपुस्तिका बोर्डको कार्यालयबाट बाहिर लगेर नयाँ उत्तर लेखेर पुनः कार्यालयमा ल्याएको पाइएको हो ।
विज्ञान विषयको फिजिक्स, केमेस्ट्रि, म्याथ, जुलोजी र बोट्नी विषयको कोडिङ र डिकोडिङ भएको उत्तरपुस्तिका कार्यालयबाट लगेर लेखाएर कार्यालयमै ल्याइएको थियो । उत्तरपुस्तिकाको बाहिरको कभर परिवर्तन गरी पाँच विषयको उत्तर बाहिरबाट लेखाएर ल्याइएको थियो ।
अनुसन्धान गर्दै प्रहरी
परीक्षा बोर्डमा पुगिसकेको उत्तरपुस्तिका घरमा ल्याएर त्यसको बाहिरी कभरबाहेक अरु परिवर्तन गरी पुन उत्तर लेखेर कार्यलयमा पुर्याएको यस घटनाको ललितपुर प्रहरीले छानविन गरिरहेको छ । महानगरिय प्रहरी परिसर ललितपुरका प्रवक्ता डिएसपी नरेन्द्र चन्दले घटनाको अनुसन्धान भइरहेको बताए । उनले तीन जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको बताए । उनले भने–‘३ जना विरुद्ध मुद्दा चलिरहेको छ, उनीहरु अहिले धरौटीमा रिहा भएका छन् । यसमा अरुको पनि संलग्नता छ कि छैन भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।’
कार्यालयमा आइसकेको उत्तरपुस्तिका बाहिर लगेर लेखाइएको सूचना आएपछि बार्ड बैठकले नै प्रहरीलाई छानविन गर्न जिम्मा लगाएको थियो । बोर्डका पदाधिकारीले उत्तरपुस्तिका काण्डबारेमा जानकारी पाएपछि केही समय अघि तत्कालिन परीक्षा नियन्त्रक डम्बर बतासलाई परीक्षा नियन्त्रकबाट सरुवा गरेको छ । बोर्डका एक कार्यालय सहयोगीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ भने तत्कालिन परीक्षा नियन्त्रक बतासको लापरबाही देखिएको भन्दै बयान लिएको छ । स्रोतका अनुसार केहि अन्य अभियुक्तहरु फरार रहेका छन् ।
यसरी भएको थियो घटना
घटनाको अनुसन्धान जारी रहेको भन्दै प्रहरीले परीक्षक र अभियुक्तको नाम खुलाएको छैन । ती परीक्षार्थीको उत्तर पुस्तिका अरु विद्यार्थीको भन्दा फरक देखेर कार्यालयमा रिपोर्ट गरेपछि बोर्डले छानविन समिति गठन गरेको थियो ।
ति विद्यार्थीको अङ्ग्रेजी बाहेक सबै उत्तरपुस्तिका शंकास्पद पाइएपछि छानविन समितिले सम्बन्धीत विद्यार्थीलाई बोलाएर सोधपुछ पनि गरेको थियो । विद्यार्थीको बयानले शंकास्पद बनाइरहेका बेला विद्यार्थीले कपीमा नलेखिकन छोडेको र पछि अरुले लेखिदिएको बयान दिएपछि झनै संकास्पद भएको बोर्डका एक कर्मचारीले बताए । ती विद्यार्थीको रिजल्ट पनि रद्ध भएको छ । बोर्डले छानविनका लागि प्रहरीलाई जिम्मा लगाएको छ । ती विद्यार्थीले कक्षा ११ को परीक्षा पुनः दिएकी छन् ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












